ज्याक स्प्यारो ३ सय वर्षअघि हाइटीको समुद्री डाँकुका रूपमा कुख्यात थिए । सत्रौं शताब्दीमा उनको कुख्याती विश्वभर फैलिएको थियो । तिनै पात्रको नाममा हलिउडले ब्लकबस्टर चलचित्रसमेत तयार पार्‍यो ।

Advertisement

ज्याक स्प्यारोको आत्मा अझै पनि भड्किरहेको र आफू त्यतिबेला ज्याककी प्रेमिका रहेको दाबी गर्ने आमन्दाले केही समयअघि समुद्री डुङ्गामा आत्मासँग विवाह गरिन् ।

उनले आफ्नो थरमा आमन्दा स्प्यारो लार्जसमेत लेखिन् । हाल आयरल्यान्डमा बसोबास गर्ने ४६ वर्षीया आमन्दाले पहिले पनि स्प्यारोसँग विवाह भएका कारण कुनै किसिमको डर नभएको बताएकी छिन् भने अरूलाई आत्मासँग विवाह गर्दा सचेत हुनसमेत आग्रह गरेकी छिन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!