- देवकला कार्की/संगालोखबर

धनकुटा । धनकुटा नगरपालिका क्षेत्रमा रहेका सामुदायिक विद्यालयलाई प्राथमिक उपचार सामग्री वितरण गरिएको छ । धनकुटा नगरपालिकाले बालवालिका लक्षित कार्यक्रम अन्र्तगत विद्यालयलाई प्राथमिक उपचार सामग्री वितरण गरेको हो ।

नगरपालिका क्षेत्र भित्र सञ्चालित २२ वटा सामुदायिक विद्यालयलाई प्राथमिक उपचारका सामग्री वितरण गरिएको धनकुटा नगरपालिकाका प्रवन्धक एवं सुचना अधिकारी नुषराज श्रेष्ठले बताए ।

Advertisement

विद्यालययका शिक्षक प्रतिनिधिलाई प्राथमिक उपचार सामग्री हस्तान्तरण गरिएको हो ।

धनकुटा नगरपालिकाका कार्यकारी अधिकृत तीर्थप्रसाद धिताल, जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख डा.मदनकुमार उपाध्याय लगायतले सामग्री हस्तान्तरण गरेका थिए ।

सो अवसरमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. उपाध्यायले प्राथमिक उपचार सामग्रीको प्रयोग विधिको वारेमा जानकारी गराएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!