एजेन्सी । दक्षिण भारत विचित्र खाले मन्दिर तथा हिन्दू परम्पराका लागि चर्चित छ । त्यहाँ एउटा यस्तो मन्दिर पनि छ जहाँ रोगबाट बँच्नका लागि खुर्सानीबाट अभिषेक गराइन्छ ।

Advertisement

तमिलनाडुस्थित वेलुप्पुरम जिल्लामा पर्ने इधांचवाडी गाउँमा रहेको वर्ना मुथु मरियम्मन मन्दिरमा हरेक वर्ष ८ दिनसम्म यस्तो उत्सव मनाइन्छ । जहाँ खुर्सानीको अभिषेक हेर्नका लागि ठूलो संख्या भक्तजनहरु उपस्थित हुन्छन् । मानिसहरुको स्वस्थ रहने कामना पूरा गर्नका लागि रातो खुर्सानीको अभिषेक गरिन्छ ।

मन्दिरको परम्परा अनुसार त्यहाँक तिनजना सबैभन्दा वरिष्ठ मानिसहरु दिनभर उपवास गर्दछन् अनि कपाल मुण्डन गर्दछन् । त्यसपछि मन्दिरमा ती मानिसहरुको पुजारीबाट पूजा हुन्छ ।

त्यसपछि उनीहरुको विभिन्न सामाग्रीहरुबाट अभिषेक गरिन्छ । त्यसमा चन्दन, फूलका साथै खुर्सानीले अभिषेक गरिन्छ । तिनै जनाको जिउमा रातो खुर्सानीको लेप पनि दलिन्छ । खुर्सानीको लेदो खुवाइन्छ पनि ।

अन्त्यमा उनीहरुलाई निमको पानीले स्नान गराएर मन्दिर भित्र लगिन्छ । मन्दिर भित्र उनीहरुले बलेको भुग्रोमाथि हिड्नु पर्दछ । सो गाउँमा पछिल्लो ८५ वर्षदेखि यो परम्परा चलिआएको बताइन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!