बीबीसी । जागिर सबैले सजिलै पाउँदैनन्, तर केही मानिस भने जागिर पाउन होइन, छोड्नका लागि निकै कसरत गर्छन्, विभिन्न अचम्मका तरिकासमेत अपनाउँछन् ।

Advertisement

जागिरबाट छुटकारा पाउनका लागि केही मानिस त आफू मरेको झुटो खबरसमेत फैलाउन पछि पर्दैनन् ।

केही मानिसहरु आफ्ना बोससँग झुटो बोल्नका लागि मानिस भाडामा लिन्छन् । कोही भने केही नभनी अफिसबाट गायब हुन्छन् । तर यी तरिका कम जोखिमपूर्ण छैनन् ।

युइशिरो ओकाजाकी र तोशियुकी निनो जागिर छोड्न निकै माहिर छन् । गत १८ महिनामा उनीहरुले १५ सय जागिरबाट राजीनामा दिएका छन् ।

टोकियोमा बस्ने यो जोडीले आफूले गरिरहेको कामबाट राजीनामा दिएका भने होइनन् । उनीहरु एक स्टार्ट–अप चलाउँछन् जसले जागिर छोड्न छट्पटाइरहेका मानिसहरुको मद्दत गर्छ ।

ओकाजाकी भन्छन्, ‘धेरैजसो मानिसहरु आफ्नो बोससँग डराउँछन् । उनीहरुलाई राम्रोसँग थाहा छ कि उनीहरुका बोसले अस्विकार गर्नेछन् ।’

‘जापानको संस्कृति अनुसार कसैले काम छोड्नु निकै नराम्रो कुरा हो । जो व्यक्ति जागिर छोड्न चाहन्छन् उनीहरुलाई लाग्छ कि उनीहरु नराम्रा व्यक्ति हुन् ।’

एग्जिट नामको कम्पनी यस्तै मौकामा काम आउँछ । ५० हजार पाउन्ड (लगभग ५२ हजार रुपैयाँ) शुल्क लिएर यहाँका ‘एक्जिक्युटिभ’ आफ्ना ग्राहकको बोसलाई फोन गर्छन् र ग्राहकको तर्फबाट राजीनामा दिन्छन् । केही मामलामा त बारम्बार फोन गरिरहनुपर्छ ।

थुप्रै पटक कम्पनी एग्जिटसँग सम्झौता गर्न चाहँदैनन् र कर्मचारी आफैंले आफ्नो कुरा भनेर राजीनामा दिनुपर्ने बताउँछन् ।

जे जसरी भएपनि जब काम बन्छ तब ग्राहक चैनको सास फेर्छन् ।

ओकाजाकी भन्छन्, ‘एकपटक मेरा एक ग्राहकले मलाई ‘भगवान’ नै भने ।’

‘ती व्यक्ति १० वर्षदेखि जागिर छोड्न चाहन्थे । त्यो कामबाट साँच्चै नै उनलाई ठूलो तनाव भइरहेको थियो ।’

ओकाजाकीका अनुसार जापानमा करिब ३० कम्पनीले यस्तो सुविधा दिइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!