चितवन । भरतपुर महानगरपालिका मतगणनाका क्रममा ९० मतपत्र च्यातिएको पाइएको छ ।

Advertisement

निर्वाचन आयोगले च्यातिएको मतपत्र गन्न निर्देशन दिएपछि उम्मेदवारहरुको रोहवरमा बिहीबार शिलबन्दी खोलिएको थियो ।

भरतपुरका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले भने, ‘क्षति भएको मतपत्र ९० रहेको देखियो । म यही रिपोर्ट निर्वाचन आयोगसमक्ष पठाउँछु ।’

जेठ १४ गते मध्यराति १९ नम्बर वडाको मतगणना जारी रहेको बेला माओवादी प्रतिनिधिले मतपत्र च्यातेका थिए । १९ नम्बरमा २८९७ मत खसेको थियो ।

त्यसमध्ये १८०९ मत गणना भइसकेको अवस्थामा यो घटना भएको थियो । गणना हुन बाँकी ९९८ मत भने गन्न सकिने अवस्थामा रहेको मुख्य निर्वाचन अधिकृत न्यौपानले बताए ।

गणनामा संलग्न नेपाली कांग्रेसकी उपमेयरकी उम्मेदवार पार्वती शाहले च्यातिएको ९० मतपत्र गन्न सक्ने अवस्थामा नरहेको बताइन् । उनले भनिन्, ‘गन्न मिल्नेसम्म टेप लगाएर पनि मिलाइएको छ । तर, च्यातिएका मतपत्रहरु गन्न मिल्ने अवस्थामा छैन । एक मतले पनि हार जित हुने भएकाले पुनःमतदान गर्नुपर्छ ।’

एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले भने पुनःमतगणना गर्नु पर्ने बताएका छन् ।

मतपत्र च्यातेको अभियोगमा पक्राउ परेका मधु न्यौपाने र द्रोण सिवाकोटी जनही १-१ लाख धरौटीमा रिहा भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!