दोलखा । दोलखालाई केन्दविन्दु बनाएर बुधवार बिहान पराकम्प गएको छ ।
बिहान ५ बजेर २३ मिनेटमा ३.९ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पको एक बर्ष नौ महिना पछि आज पनि पुनः पराकम्प गएको हो ।
उक्त बिनाशकारी भूकम्पपछि चार रेक्टर स्केलभन्दा माथिका चार सय भन्दा बढी परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।