Advertisement

चन्द्रौटा (कपिलवस्तु । एक साता पहिले बेपत्ता भएका प्रहरी हबल्दारको शव आज फेला परेको छ ।
शिवराज नगरपालिका– ३ खरेन्द्रपुरमा रहेको जवाइ खोलाको किनारमा हबल्दार एकबहादुर खासुको शव फेला परेको हो खरेन्द्रपुरका महिलाले जङ्गलमा साग टिप्न गएका बेला शव देखेर वडा प्रहरी कार्यालय चन्द्रौटालाई खबर गरेका थिए । शव परीक्षणका लागि तौलिहवा पठाइएको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्र भट्टराईले जानकारी दिनुभयो ।

कपिलवस्तुको बहादुरगन्जमा कार्यरत ३८ वर्षीय खासु यही जेठ ८ गते दिउँसोदेखि बेपत्ता भएको इलाका प्रहरी कार्यालय बहादुरगन्जका प्रहरी नायब निरीक्षक दीपेन्द्र गिरीले जानकारी दिनुभयो । बिदा लिएर आफ्नो घर अर्खाखाँचीको ढिकुरा जानेक्रममा उनी बाटोबाटै हराएका थिए । मानसिक बिरामी हबल्दार खासु “घरमै आराम गर्छु, त्यतै औषधि गराउँछु” भनी हिँडेको थिए ।

खासु दुई महिनादेखि मानसिक रोगी बनेका थिए । उनलाई परिवारको जिम्मा लगाउनाको साटो त्यत्तिकै जान दिइएकाले प्रहरी कार्यालय दोषी भएको उनका परिवारले बताएको छ । खासुका श्रीमती तथा एक एक छोरी र छोरा छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!