- संगालोखबर संवाददाता

पाल्पा, २५ माघ । पाल्पाको दोभान गाबिसमा सोमवार राति जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १५ जना घाईते भएका छन ।

दोभान–२ को देउरालीबाट बिहेमा बाजा बजाएर फर्कदै गरेको लु.१ ज.२६८९ नंम्बरको जिप दोभान–४ श्रीडाँडामा दुर्घटना भएको हो ।

Advertisement

दुर्घटनामा परी दोभान–२ का २६ वर्षीय यमबहादुर गाहा, ४१ वर्षीय जसवीर बाकाबल, ३१ वर्षीय मीनबहादुर थापा र ४२ वर्षीय हरिप्रसाद रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा परी घाईते भएकाहरुको लुम्विनी अञ्चल अस्पताल, चौराहा अस्पताल बुटवल लगायतमा उपचार भईरहेको छ । घाईते मध्ये सात जनाको अवस्था गंभीर छ ।

जिप सडकबाट करिव १ सय २० मिटर तल भीरमा खसेको छ । कच्चि बाटोमा अत्याधिक भारका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!