एजेन्सी । विश्वकप फुटबलअन्तर्गत समूह ‘डि’ को खेलमा अर्जेन्टिनाले नाइजेरियाविरुद्ध सुरुवाती अग्रता लिएको छ । कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् ।

Advertisement

कप्तान मेस्सीले खेलको १४औं मिनेटमा गोल गर्दै १–० गोलको अग्रता दिलाएका हुन् । अर्जेन्टिनाले सुरुवाती समयदेखि नै आक्रमक खेल खेलिरहेको छ । विश्वकपको नकआउट चरणमा पुग्नको लागि अर्जेन्टिनालाई यो खेल जित्नै पर्ने दबाब छ ।

अर्जेन्टिना र नाइजेरियाबीचको खेल रसियाको सेन्ट पिट्र्सवर्ग रंगशलामा सुरु भएको हो । एक खेलमा बराबरी खेलेको र एक खेलमा पराजित भएको अर्जेन्टिनाको १ अंक रहेको छ । यता, नाइजेरियाले भने एक खेलमा विजयी र एक खेलमा पराजित हुदै ३ अंक बटुलेको छ ।

अर्जेन्टिनाले नाइजेरियालाई पराजित गरेमा विश्वकपको नकआउट चरणमा प्रवेश गर्नेछ । तर अर्जेन्टिनाले क्रोएसिया र आइसल्यान्डसँगको नतिजामा पनि भरपर्नु पर्ने हुन्छ ।

अर्जेन्टिनाका कप्तान तथा विश्व चर्चित खेलाडी लियोनल मेस्सीका लागि आजको खेल अग्नि परीक्षा हो । मेस्सीले आजको खेलमा अर्जेन्टिनालाई विजयी गराउन सके फेरी एकपटक उनी नायक सावित हुने छन् ।

अपडेट समाचार…

विश्वकप फुटबल : नाइजेरियालाई पराजित गर्दै अर्जेन्टिना पुग्यो नकआउट चरणमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!