एजेन्सी । विश्वकप फुटबलअन्तर्गत समूह ‘डि’ को खेलमा अर्जेन्टिनाले नाइजेरियामाथि २–१ गोलको जित हात पार्दै नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले उत्कृष्ट प्रदर्शन गर्दै नकआउट चरणमा आफ्नो स्थान बनाएको हो ।

Advertisement

अर्जेन्टिनाको जितमा कप्तान लियोलन मेस्सी र मार्कुस रोजोले गोल गरे ।

कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । कप्तान मेस्सीले खेलको १४औं मिनेटमा गोल गर्दै नाइजेरियाविरुद्ध अर्जेन्टिनालई १–० गोलको अग्रता दिलाएका थिए । खेलको ३४औं मिनेटमा कप्तान मेस्सीले प्रहार गरेको फ्रिकिक नाइजेरियाका गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए ।

पहिलो हाफमा १–० गोलले अघि अर्जेन्टिना रहेको थियो । खेलको ५१औं मिनेटमा नाइजेरियाले पेनाल्टी पाएको थियो । पेनाल्टीबाट नाइजेरियाका भिक्टोर मोसेसले गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याएका थिए ।

अर्जेन्टिनाका लागि मार्कुस रोजोले खेलको ८६औं मिनेटमा गोल गर्दै २–१ गोलको जित दिलाएका हुन् ।

यसै समूहको अर्को खेलमा क्रोएसियाले आइसल्यान्डलाई २–१ गोलअन्तरले पराजित गरेको छ । खेलको पहिलो हाफमा भने दुबै टिमले गोलरिहत बराबरी खेलेका थिए । तर दोस्रो हाफमा क्रोएसियाले २ गोल गर्दा आइसल्यान्डले १ गोल फर्काउन सक्यो ।

खेलको ५३औं मिनेटमा क्रोएसियाले गोल गर्दै अग्रता बनाएको थियो । तर खेलको ७६औं मिनेटमा आइसल्यान्डले पेनाल्टीबाट गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याएको थियो । खेलको ९० औं मिनेटमा क्रोएसियाले गोल गर्दै २–१ गोलको जित हात पारेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!