काठमाडौं । प्राचिन पुर्विय दर्शनमध्ये सामुन्द्रिक शास्त्र एउटा यस्तो शास्त्र हो । जसले मानिसको शरीरको प्रत्येक अंगको आकार प्रकारको आधारमा उसको आचरण, स्वभाव, व्यवहार, भविष्य आदिबारे जानकारी गराउँदछ। साथै, मानिसको शिरदेखि पाउसम्मका हरेक अंग विशेष लक्षणको हुने र ती अंगहरुबाट मानिसको गुण पहिल्याउन सक्ने हुन्छ। हामी यहाँ कुन कन्या कस्ती छन् भनेर कसरी थाहा पाउने त भन्ने कुरो बताउँदैछौँ।

Advertisement

१. जुन कन्याका आँखा हरिणका जस्ता समान हुन्छन् सेतो भागको अन्तमा हल्का रातो हुन्छ यस्ता कन्या भाग्यशाली र सुखभोग पाउने हुन्छन् ।

२. जुन कन्याको जिब्रो रातो र कोमल हुन्छ उ आफुले त सुख भोग गर्छिन् नै सम्पूर्ण परिवारलाई पनि सुख प्रदान गर्न सक्ने हुन्छिन् ।

३. जुन कन्याको नाभी गहिरो र भित्रैबाट उठेको जस्तो देखिन्छ त्यस्ता कन्या पनि आफु र आफ्ना परिवारलाई सुख दिने खालकी हुन्छिन् ।

४. नाकको अघिल्लो भागमा कोठी हुने कन्या धन धान्यले पूर्ण हुन्छिन् ।

५. पैतालामा कमल चक्र एवम् शङ्खका चिन्ह हुने कन्या शुभफलदायी मानिन्छिन् । यस्ता कन्याका पति कि त ठूला व्यापारी कि त राजनेता हुन्छन् ।

६. जुन कन्याको कुर्कुच्चामा सर्पको आकार हुन्छ त्यस्ता कन्या भाग्यशाली हुन्छन् यस्ता कन्यालाई सधैं इश्वरको कृपा रहीरहेको हुन्छ ।

७. जुन कन्याको पैतालामा त्रिकोण को चिन्ह हुुन्छ ति कन्या अत्यधिक चलाख हुन्छिन भनिएको छ । यस्ता कन्याले आफ्नो बुद्धि र समझदारीले सम्पूर्ण परिवारलाई खुशी राख्न सक्छिन् ।

८. नाभिको तल्लोपट्टि कोठी भएका कन्याहरु भाग्यशाली एवम् सुखी जीवन विताउने हुन्छन् ।

९. समुन्द्र शास्त्रका अनुसार जुन कन्या को खुट्टाका औंला उठेको, गोलो, रातो रातो देखिन्छ त्यस्ता कन्या भाग्यशाली हुन्छन्। -दैनिक नेपाल

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!