भक्तपु, २३ माघ । कक्षा ११ को मौका परीक्षाको नतिजा आज सार्वजनिक भएको छ । यही माघ ८ गते राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले लिएको परिक्षामा ८६ दशमलव २४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

 परीक्षामा कुल ५३ हजार ५ सय ७ जना परीक्षार्थी सहभागी भएकोमा ४६ हजार एक सय ४३ जना परीक्षार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए । टिभि अन्नपुर्णमा समाचार छ । ११ को नियमित परीक्षामा एक विषयमा अनुत्तीर्ण विद्यार्थीका लागि बोर्डले मौका परीक्षा संचालन गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!