- संगालोखबर सम्वाददाता

धनकुटा । देशभरका २५ जिल्लामा शनिवारदेखि हात्तीपाईले (फाईलेरिया) रोग बिरुद्धको औषधी खुवाउँन सुरु गरिएको छ । धनकुटा, तेह्रथुम, भोजपुर, पाँचथर, ईलाम लगायत जिल्लामा हात्तीपाइलेको औषधी खुवाउँने तीन दिने अभियान चलाईएको हो ।

यसैवीच धनकुटाका तीन नगरपालिका र चारवटै गाउँपालिकामा हात्तीपाईले (फाईलेरिया) रोग बिरुद्धको औषधी खुवाउँन सुरु गरिएको छ । धनकुटामा यसपटक करिव डेढलाख मानिसलाई हात्तीपाइले रोग बिरुद्धको औषधी खुवाउँने लक्ष राखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

Advertisement

७५ हजार महिला र ७१ हजार पुरुषलाई औषधी खुवाउँने लक्ष राखिएको जिल्ला स्वास्थ्य प्रमुख डा.मदनकुमार उपाध्यायले जानकारी दिए ।

धनकुटा अस्पतालमा हात्तीपाइलेको औषधी खुवाउँन बसेका स्वास्थ्यकर्मीहरु । तस्वीर-संगालोखबर

हात्तीपाईले रोग बिरुद्धको औषधी खुवाउँनका लागि जिल्लामा २ सय स्वास्थ्यकर्मी र ९ सय ३० जना स्वयंसेवक परिचालन गरिएको छ ।

धनकुटा नगरपालिकामा करिव १ सय केन्द्रसहित जिल्लाभर ४ सय ८० केन्द्रवाट औषधी वितरण भईरहेको छ । दुई बर्ष मुनिका वालवालिका, गर्भवती महिला, सिकिस्त बिरामी र छारे रोगका बिरामी बाहेक सम्पुर्णले यो औषधी खान मिल्ने डा. उपाध्यायले बताए ।

हात्तीपाइले रोग निवारणको अभियान सफल पार्न औषधी सेवनका लागि जिल्ला स्वास्थ्य कार्यालयले जिल्लावासीमा आग्रह गरेको छ । महालक्ष्मी नगरपालिकाको लेगुवामा ६ जना र पाख्रीवास नगरपालिकाको घोर्लिखर्कमा १ गरी धनकुटामा हाल ७ जनामा हात्तीपाइले रोग भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका मलेरिया ईन्सपेक्टर प्रेम भट्टराईले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!