- संगालोखबर सम्वाददाता

धनकुटा । हावाहुरीका कारण धनकुटाको मुर्तिढुंगामा शुक्रवार राति बिधुतको पोल भाचिदा सो क्षेत्रमा बिधुत सेवा अवरुद्ध भएको छ ।

हुरीका कारण राति करिव १० बजे महालक्ष्मी नगरपालिका–९ स्थित आहालेमा ११ हजार केभिए प्रशारण लाईनको पोल भाचिदा बिधुत सेवा अवरुद्ध भएको जीतपुर फ्यूज सेवाका प्राविधिक मनोज वरालले जानकारी दिए ।

Advertisement

पोल भाचिएपछि सिधुवामै बत्ति काटिएको छ । बिुधत अवरुद्ध हुँदा महालक्ष्मी नगरपालिकाको मुर्तिढुंगा, जीतपुर, लेगुवासहित भोजपुरको जरायोटारमा पनि बिुधत सेवा अवरुद्ध भएको छ ।

बिधुत अवरुद्ध भएपछि माध्यमिक शिक्षा परीक्षा (एसईई) का परीक्षार्थी बढी प्रभावित भएका छन । रातिको समयमा मर्मत गर्न सम्भव नभएकाले शनिवार बिहान पोल फेरेर बिधुत सुचारु गरिने प्राविधिक वरालले बताए ।

त्यस्तैगरी सुक्रवारको हावाहुरीले मुर्तिढुंगाका दुईवटा घरको छानो उडाएको छ । महालक्ष्मी नगरपालिका–९ सिरिसेका गणेश वाँनीया र देव बहादुर भण्डारीको घरको छानो उडाएको स्थानीयबासीले जनाएका छन । शुक्रवार अपरान्हको हावाहुरीले धनकुटाका बिभिन्न स्थानमा क्षति पुयाएको छ ।

यो पनि पढ्नुहोस..

धनकुटामा भीषण असिना, बालिनालीमा क्षति 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!