काठमाडौं । सरकारले आफ्नो पार्टीका कार्यकर्तामाथि निगरानी गर्न प्रहरीलाई निर्देशन दिएको प्रति विप्लव माओवादीले आपत्ति जनाएको छ ।

Advertisement

राज्यले दमनको निति लिएको आरोप लगाउँदै विप्लव माओवादीले सरकारको प्रतिरोधमा उत्रिन अपिल गरेको छ । आठौं महाधिवेशनको तयारी गरिरहेका बेला मन्त्रिपरिषदमा गृहमन्त्रीले पार्टीका गतिविधिमाथि नियन्त्रण गर्ने खालको प्रस्ताव राखेको भन्दै विप्लवले प्रतिरोधमा उत्रिन सम्पूर्ण पार्टी पंक्तिलाई अपिल गरेका हुन् ।

विप्लवले शुक्रबार बिज्ञप्ति निकालेर सरकारको यो गतिविधि महाधिवेशनमा बाधा पुर्‍याउने खेल भएको बताएका छन् र त्यसको सशक्त प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

सीके राउत तथा विप्लव माओवादीले देश टुक्र्याउने तथा देशमा संघर्ष गर्ने अभिव्यक्ति दिईरहेको भन्दै प्रहरीले निगरानीमा राखेको टिभि अन्नपुर्णमा समाचार छ । विप्लवले राज्यको दमनकारी र भ्रामक कार्यको देशव्यापी रुपमा भण्डाफोर र प्रतिरोध गर्न सम्पूर्ण पार्टी पंक्तिलाई अपिल समेत गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!