काठमाडौं । जिल्ला अदालत सिराहाले सीके राउतलाई १० दिन थुनामा राख्न अदालतले म्याद दिएको छ ।

Advertisement

बिहीबार जनकपुरबाट पक्राउ परेका राउतलाई आज शुक्रबार अदालतमा उपस्थित गराइएको थियो । राज्य विरुद्धको संगठित अपराधमा मुद्दा चलाउने तयारीमा रहेको प्रहरीले अनुसन्धानका लागि १० दिनको म्याद पाएको इलाका प्रहरी कार्यलय लाहानका डीएसपी राजकुमार केसीले बताए ।

यसअघि राज्य विरुद्धको अपराधमा विषेश अदालतमा मुद्दा चलाएपनि उनी छुटेका थिए ।

यो पटक भने संगठित अपराधमा मुद्धा चलाइने भएको छ । ‘अदालतले हामीलाई राज्य विरुद्धका संगठित अपराधमा मुद्दा चलाउन अनुसन्धानका लागि १० को म्याद दिएको छ । त्यही अनुसार अनुसन्धान सुरु हुन्छ’ डीएसपी केसीले अनलाइनखबरसँग भने ।

संगठित अपराध अन्र्तगतको मुद्दा चलाउन ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सक्ने कानुनी व्यवस्था छ ।

राउतविरुद्ध इलाका प्रहरी कार्यलय लहानले नै मुद्धा दायर गरेकोले त्यहीँको हिरासतमा राखेर अनुसन्धान अगाडी बढाउने बताएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!