खडेरीको बेलामा वर्षा  गराउन भन्दै महिलाहरुले रातमा हलो जोतेको तथा भ्यागुताको बिहे गराइदिएका समाचारहरु त हाम्रै देशमा पनि आइरहन्छन् । तर भारतमा भने यसबाहेक अर्को अनौठो चलन समेत रहेछ । त्यहाँ पानी पार्नका लागि भन्दै दुई जना केटाबीचमा बिहे गराइन्छ ।

Advertisement

भारतको बैंगलोरका ग्रामीण इलाकामा गोप्य रुपमा केटाकेटाबीच बिहे गराइन्छ वर्षाको कामना गर्दै । यो वर्ष पनि महाशिवरात्रीको दिन गाउँको मन्दिरमा यस्तै केटाकेटाबीच भव्य रुपमा बिहे गराइयो ।

वर्षाका लागि भन्दै गराइने सो अनौठो बिहेमा एकजना केटा बेहुलाको पहिरनमा सजिन्छ भने अर्को बेहुलीको पहिरनमा । अनि परम्परागत संस्कार अनुसार नै उनीहरुबीच बिहे गराइन्छ । यसो गरिसकेपछि खडेरीको समयमा वर्षात हुने मान्यता गाउँलेहरुमा छ ।

उक्त बिहेका लागि गाउँका हरेक घरबाट रकम जम्मा गरिएको थियो । गाउँका सबैलाई बिहेको चुल्हे निम्तो दिइयो । मानिसहरु प्रायः वर्षेनी हुने यस्तो पारम्परिक बिहेलाई आफ्नो रितिरिवाजको एक हिस्सा मान्छन् । यस्तो पुलिंगी बिवाहले गाउँमा सुख, शान्ति, सम्वृद्धि तथा खुसीयाली ल्याउनुका साथै पर्याप्त वर्षा हुने विश्वास गरिन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!