के तपाईं पनि पटक–पटक कुनै कारण बिना मोबाइल चेक गरिरहनुहुन्छ ? यस्तो नगर्दा तपाईंलाई असजिलो महसुस हुन्छ ? यदि यस्तो हुन्छ भने विश्वास गर्नुहोस् तपाईं डिप्रेशनको शिकार हुनसक्नुहुन्छ ।

Advertisement

अमेरिकी साइकोलोजिकल असोसिएसनको एक सर्वेक्षणमा सार्वजनिक भए अनुसार ८६ प्रतिशत युवा पटक–पटक फोन चेक गर्दछन् । यसका कारण उनीहरु डिप्रेसनको शिकार हुने गर्दछन् ।

साइकोलोजिस्ट डा. आर्यन साहूका अनुसार यदि कुनै व्यक्ति पटक–पटक बिना कारण मोबाइल चेक गरिरहन्छ भने ती व्यक्तिले तुरुन्त डाक्टरको सल्लाह लिनुपर्छ । किनभने यो बानी पछि गएर कुनै रोगको कारण बन्नसक्छ ।

मोबाइलको अत्यधिक प्रयोगले आँखा र दिमागमा नकारात्मक प्रभाव पर्ने गर्दछ । आँखा कमजोर हुन्छ भने निर्णय लिने क्षमता प्रभावित हुने गर्दछ ।

कहिले पनि अबेर राती र बिहान उठ्ने बित्तिकै मोबाइल चेक गर्नुहुँदैन । यो समय तपाईंको आफ्नो समय हो । दिमागलाई पनि आरामको लागि समय चाहिन्छ ।

पटक–पटक फोन चेक गर्ने तपाईंको बानीले तपाईंलाई तनावमा राखिरहन्छ । नोटिफिकेसनका साथै मेसेजको प्रतिक्षामा फोन चेक गर्ने बानीले तनाव बढ्ने गर्दछ ।

मोबाइलसँगको यो लगावले निकै तनाव पैदा गर्छ । यसबाट बच्नका लागि आफूलाई प्रविधिबाट टाढा राख्ने बानी बसाल्नुहोस् वा डिजिटल डिटक्स ष्र्न आवश्यक छ ।

डिजिटल डिटक्समा खानाको टेबलमा फोनको प्रयोग नगर्ने । राती सुत्न जानुभन्दा पहिले फोन स्विच अफ गर्नेजस्ता बानी समावेश हुन्छन् ।

महत्वपूर्ण काम सिद्धाएपछि मोबाइल फोन प्रयोग नगर्ने कोसिस गर्नुहोस् । सानो तिनो हिसाब, फोन नम्बर सम्झनका लागि फोनको साटो आफ्नो दिमागको प्रयोग गर्नुहोस् ।

सुत्नेबेला मोबाइल फोनको प्रयोग नगर्न कोसिस गर्नुहोस् नभए निन्द्रा नपुगेर तनावको कारण हुनसक्छ । घर पुगेपछि स्मार्टफोनको इन्टरनेट बन्द गर्नुहोस् ।

आफूलाई केही समयका लागि स्मार्टफोनबाट टाढा राख्नुहोस् । अर्लाम सेट गर्नुहोस् र आफूलाई फोनबाट टाढा राख्नुहोस् ।

केही महत्वपूर्ण जानकारी नछुटोस् भन्नका लागि पहिला नै आफ्नो साथीभाइ आफन्तलाई आफू कहिले फोनसँग सम्पर्क हुनुहुन्न भन्ने बारे जानकारी दिनुहोस् ।

केही दिनका लागि फेसबुक, ह्वाट्सएप र यस्ता एप्स डिसेबल गर्नुहोस् जसको नोटिफिकेसनका कारण तपाईं डिस्टर्ब हुनुहुन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!