संगालोखबर


सर्लाही । सर्लाहीको लालबन्दीमा प्रेमिका भेट्न गएका एक युवक मृत अवस्थामा फेला परेका छन् । प्रेमिकाको कोठामा अचेत अवस्थामा भेटिएका हरिपुर्वा नगरपालिका-९ बगेवा गाउँका २० वर्षीय अमित चौधरीको मृत्यु भएको हो ।

बिहीबार साँझ लालबन्दी नगरपालिका-५ स्थित पुरानो राजमार्ग क्षेत्रमा रहेको प्रेमिकाको कोठामा चौधरी अचेत अवस्थामा फेला परेका थिए । उनलाई तत्काल उपचारका लागि मोडेल अस्पताल लालबन्दी पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

Advertisement

प्रहरीका अनुसार मृतक चौधरीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ । उनको मृत्युको कारण खुल्न सकेको छैन । प्रहरीले मृतककी प्रेमिकालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!