
काठमाडौं । सुनसरी-४ का सांसद दीपककुमार साह उद्योग मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री बालेन शाहले उनको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन् ।
उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि साहको नाम सिफारिस गरिएको हो । साह चुनावअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका थिए ।
सीके राउत नेतृत्वको जनमत पार्टीबाट निष्कासनमा परेपछि उनले आफैं दल खोलेका थिए । साह अहिले प्रधानमन्त्री कार्यालयमै छन् ।

संगालोखबर 














