कुकुरलाई मानिसको बफादार साथी मानिन्छ । कुकुरको यहीँ गुनको पैँचो तिर्नका लागि एउटा कम्पनीले आफ्ना कामदारहरुलाई घरमा पालेको कुकुर स्याहार गर्नका लागि एक हप्ताको तलबी विदा दिँदैछ ।

स्कटल्याण्डको एक बहुराष्ट्रिय कम्पनी ब्रुडग्सले आफ्ना कर्मचारीलाई घरको पाल्तु कुकुरसँग समय बिताउन तथा घरमा किनेको नयाँ कुकुरलाई स्वागत गर्नका लागि भन्दै एक हप्ते तलबी विदाको नियम सुरु गरेको हो ।

कम्पनीका सहसस्थापक जेम्स वाट भन्छन्ः कामकाजका बीचमा नयाँ पाल्तु कुकुरलाई समायोजन गराउनु निकै गाह्रो हुन्छ । परिवारमा सामेल भएर नयाँ कुकुरका लागि कर्मचारीहरुलाई विदा किन नदिने ? भन्ने बारेमा हामीले मनन गर्यौँ ।

ब्रुडगको स्थापना सन् २००७ मा भएको हो । यसका विश्वभर गरी ५० वटा बार छन् । कम्पनीको एउटा शाखामा त ५० पाल्तू कुकुर आफ्नो मालिकसँग बस्दछन् । एजेन्सी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!