विनोद विष्ट/संगालोखबर


काठमाडौं । काठमाडौं तिनकुनेमा राजावादीहरूले गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

सभाका लागि विभिन्न ठाउँबाट मानिसहरू तीनकुनेतर्फ आइरहेका छन् । अर्कोतर्फ समाजवादी मोर्चाले पनि प्रदर्शन गरिरहेको छ । काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Advertisement

प्रहरीले काठमाडौँको तीनकुनेबाट केही प्रदर्शनकारीलाई पक्राउ पनि गरेको छ । निषेधित क्षेत्र तोडेर बानेश्वरतर्फ प्रवेश गर्न खोजेपछि उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ । अहिले राजावादीको कार्यक्रम बिथोलिएको छ । 

तस्बिर : विनोद विष्ट/संगालोखबर

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!