विराटनगर । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेको हो ।
आज सुन प्रतितोला एक लाख ५० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो सुन प्रतितोला एक लाख ५० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ १५ रुपैयाँमा कायम भएको छ । हिजो चाँदी प्रतितोला एक हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।