विराटनगर । आज सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । आज तोलामा एक हजार तीन सय रुपैयाँ बढेर सुनको मूल्य हालसम्मकै उच्च भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ६१ हजार आठ सय रुपैयाँ कायम भएको छ ।
हिजो सुन तोलामा एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी एक हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।