विराटनगर । आज सुनको मूल्य घटेको छ । आज प्रतितोला ६ सय रुपैयाँले घटेर सुन तोलामा एक लाख ६० हजार ६ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
शुक्रबार सुन प्रतितोला एक लाख ६१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य हालसम्मकै उच्च थियो ।
आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा एक हजार नौ सय ४५ कायम भएको छ ।