संगालोखबर


विराटनगर । आज पनि सुनको मूल्य पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६१ हजार दुई सय रुपैयाँ पुगेको छ ।

एक सातादेखि सुनको मूल्यले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ । आज तोलामा पाँच सय रुपैयाँले बढेर सुनको मूल्यले पुनः नयाँ किर्तिमान बनाएको हो । हिजो सुन तोलामा एक लाख ६० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

गत शुक्रबार एक लाख ५७ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन आइतबार एक लाख ५८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै सोमबार एक लाख ५९ हजार दुई सय, मङ्गलबार एक लाख ५९ हजार सात सय, बुधबार एक लाख ६० हजार चार सय रुपैयाँ प्रतितोलामा सुन कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा उच्च दरले बढेपछि यसको प्रभाव नेपालमा पनि परेको महासङ्घले जनाएको छ । चाँदी आज पनि हिजोकै मूल्यमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य तोलामा एक हजार नौ सय ५५ रुपैयाँ तोकिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!