संगालोखबर

विराटनगर । मोरङको मिक्लाजुङमा भएको मोटरसाइकल दुर्घटनामा एकजना बालिकाको मृत्यु भएको छ । दुर्घटनामा उनका आमा र बुवा घाइते भएका छन् ।

Advertisement

प्रहरीका अनुसार मिक्लाजुङ गाउँपालिका–१ मा हिजो अपराह्‍न भएको दुर्घटनामा मोरङको बेलबारी–१ की ११ वर्षीया सुम्निमा धिमालको मृत्यु भएको हो । उनका बुवा ३७ वर्षीय सुनिलकुमार र आमा ३५ वर्षीया चन्द्रमाया घाइते भएका छन् ।

सुनिलकुमारले चलाएको बा २७ प १८३५ नम्बरको मोटरसाइकल घुमाउरो बाटोमा अनियन्त्रित भइ सडकबाट करिब ७० फिट तल खसेको प्रहरीले जनाएको छ । त्यसक्रममा तीनैजना घाइते भएका थिए ।

उनीहरूलाई उपचारका लागि उर्लाबारीस्थित अरनिको हस्पिटल लगिएको थियो । उपचारकै क्रममा बालिकाको मृत्यु भएको हो । घाइतेहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!