संगालोखबर

विराटनगर । प्रहरीले विराटनगरबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समूह र लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले आज बिहान १४५ किलो गाँजा बरामद गरेको हो ।

Advertisement

विराटनगर महानगरपालिका–११ बुद्ध विहार मार्गमा बेवारिसे अवस्थामा रहेको बीआर ११ पीसी ५०१ नम्बरको गाडी जाँच गर्दा गाँजा फेला परेको थियो ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार गाडीभित्र ५ वटा झोलामा  प्याक गरेको अवस्थामा १४५ किलो गाँजा फेला परेको थियो । बरामद गाँजा र गाडीको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!