
विराटनगर । विराटनगर–१ पोखरीयामा आज साँझ मोटरसाइकलले ठक्कर दिँदा गाईको मृत्यु भएको छ । मोटरसाइकल चालक घाइते भएका छन् ।
भट्टा चोकबाट तीनपैनीतर्फ जाँदै गरेको प्रदेश १–०४ ००१ प ८४७९ नम्बरको मोटरसाइकलले राती करिब ८ः१५ बजे विष्णुमाया पुस्तकालय नजिक सडकमा छोडिएको गाईलाई ठक्कर दिएको हो ।
ठक्करबाट गाईको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।

संगालोखबर 













