संगालोखबर


विराटनगर । नेपाल–भारत सीमानजिक पर्ने विराटनगर महानगरपालिका–१७ मा बेवारिस अवस्थामा १६९ किलो गाँजा भेटिएको छ । ६ वटा पोका बनाएर ढुवानी गर्ने तयारीमा राखिएको उक्त गाँजा प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त टोलीले गएराति गाँजा बरामद गरेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार कसले उक्त स्थानमा गाँजा राखेको भन्ने खुलेको छैन । त्यसबारे अनुसन्धान भइरहेको उनले बताए ।

Advertisement

उक्त गाँजा भारततिर लैजाने तयारी गरिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । यसअघि विभिन्न समयमा सीमावर्ती नाका हुँदै भारततिर गाँजा लैजाने गरेका घटना भइसकेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!