संगालोखबर
फाइल तस्वीर

विराटनगर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक साताभित्रमा सार्वजनिक हुने भएको छ  । राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजा प्रकाशन अघिको अन्तिम तयारी भइरहेको छ ।

बोर्डका परीक्षा नियन्त्रक (कक्षा १० तर्फ) नन्दलाल पौडेलले उत्तरपुस्तिका परीक्षणबाट तयार भएको परीक्षाको प्राप्ताङ्कलाई कम्प्युटरमा प्रविष्टी गरेर रुजु गर्ने काम भइरहेको जानकारी दिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहतका कर्मचारीबाट प्राप्ताङ्कलाई रुजु गर्ने काम भइरहेको जनाइएको छ । प्राप्ताङ्क रुजु गर्ने काम करिब ४० प्रतिशत सकिएको छ  ।

Advertisement

यो सकिएपछि फेरि अन्तिम पटक रुजु गरिन्छ । अन्तिम रुजु पनि सकिएपछि नतिजा प्रकाशन तयारी गरिन्छ  । असार १४ गतेभित्रै नतिजा प्रकाशन गर्ने तयारी भएको पौडेलको भनाइ छ ।

बोर्डका अनुसार एसइईमा यो वर्ष पाँच लाख चार हजार ४१४ जना विद्यार्थीले रजिस्ट्रेसन फाराम भरेका थिए  । फाराम भरेकामध्ये चार लाख ७६ हजारले मात्रै प्रवेशपत्र लिएका थिए  । प्रवेशपत्र लिएकामध्ये परीक्षामा चार लाख ७० हजारको हाराहारीमा मात्रै उपस्थिति भएको बोर्डले जानकारी दिएको छ  ।

यस पटकदेखि परीक्षार्थीको प्राप्ताङ्कलाई आठवटा ग्रेडमा विभाजन गरेर नतिजा प्रकाशन गरिने छ  । गत वर्षसम्म नौवटा ग्रेडमा नतिजा प्रकाशन गर्ने गरिएको थियो  ।

यस पटकदेखि परीक्षार्थीले हरेक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र आन्तरिक मूल्यांकनतर्फ ४० प्रतिशत अंक ल्याउनै पर्छ  । दुई विषयसम्म ‘नन ग्रेडेड’ (एनजी) ल्याउनेलाई ग्रेडवृद्धिको मौका दिइने जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!