संगालोखबर

विराटनगर । कोशी प्रदेश सरकारले विभिन्न जिल्लामा ५१२ किलोमिटर पक्की सडक निर्माण गरेको छ । कोशी प्रदेश योजना आयोगका अनुसार प्रदेश सरकार बनेयता आर्थिक वर्ष २०७९–८० सम्म त्यति दूरीको सडक कालोपत्रे गरेको हो ।

Advertisement

उक्त अवधिमा करिब १ हजार ८१८ किलोमिटर ग्राभेल सडक र ५ हजार ९४५ किलोमिटर कच्ची सडक निर्माण भएको छ । योजना तर्जुमाको आधार वर्षमा प्रदेशको रणनीतिक सडक २ हजार ३८९ किलोमिटर र ग्रामीण सडक ६ हजार १२१ किलोमिटर थियो ।

प्रदेश सरकारले पाँच वर्षको अवधिमा ७६ वटा मोटरेबल पुल तथा १३८ वटा झोलुङ्गे पुल निर्माण गरेको जनाइएको छ । प्रदेशमा रहेका सबै स्थानीय तहका केन्द्र र हरेक पर्यटकीय क्षेत्रमा बाह्रै महिना सवारी सञ्चालन हुन सक्ने गरी पूर्वाधार बनाउने सरकारको लक्ष्य रहेको जनाइएको छ ।

तमोर करिडोर सडक कालोपत्रे गर्न सुरू

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!