संगालोखबर

झापा । पर्यावरण संरक्षणको सन्देश फैलाउन विश्व पैदल यात्रामा निस्किएका रोहन अग्रवालले नेपालका ७३ वटा जिल्लाको भ्रमण पूरा गरेका छन् । भारतको महाराष्ट्रस्थित नागपुराका २२ वर्षीय रोहन पर्यावरण संरक्षणका लागि सचेतना जगाउँदै भारत र बंगलादेशको पैदलयात्रा सम्पन्न गरी नेपाल आएका हुन् ।

Advertisement

पश्चिम नेपालबाट पैदलयात्रा शुरु गरेका रोहन नेपालका ७३ वटा जिल्लाको भ्रमण पूरा गरी झापा आइपुगेका हुन् । अर्थ डे अर्गनाइजेशन दक्षिण भारतका महासचिव समेत रहेका उनी झापा आइपुगेसँगै बिर्तामोडस्थित उद्योग वाणिज्य संघले स्वागत सम्मान गरेको छ । संघका अध्यक्ष राजु न्यौपाने, पूर्वअध्यक्ष बलराम कार्की लगायत संघका पदाधिकारीले अग्रवाललाई संघको कार्यालयमा सम्मान गरेका हुन् ।

जलवायु परिवर्तनको असरका विषयमा जनचेतना फैलाउँदै नेपालका सबै जिल्ला पैदलयात्राबाटै पूरा गर्ने लक्ष्यसहित विश्व भ्रमणमा निस्किएका उनलाई सम्मानस्वरुप १० हजार रुपैयाँ समेत प्रदान गरिएको छ । नगद प्रदान गर्दै संघका अध्यक्ष न्योपानेले अग्रवालको विश्व पदयात्रा सफलताको शुभकामना दिए ।

२५ अगष्ट २०२० मा भारतको वनारसबाट विश्व भ्रमणको पदयात्रामा निस्किएका रोहनले हालसम्म २२ हजार किलोमिटर हिँडेर पार गरेका छन् । नेपालको पदयात्रा समापनसंगै उनी कम्वोडिया, म्यानमार, मंगोलिया हुँदै रुस जाने बताइएको छ । विश्वकै सबैभन्दा चियो ठाउँ मध्येको रुसको साइवेरियास्थित ओम्याकोन समेत हिँडेरै पुग्ने उनको लक्ष्य छ । जहाँको औसत तापक्रम माइनस ५५ डिग्री सेल्सियस हुन्छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!