संगालोखबर संवाददाता

झापा । भारतबाट तस्करी गरेर ल्याइएको ३८ लाख रुपैयाँ बराबरको कपडा प्रहरीले बरामद गरेको छ । मेचीनगर नगरका दुई स्थानबाट प्रहरीले त्यति मूल्यको कपडा बरामद गरेको हो ।

Advertisement

सशस्त्र प्रहरी बल, १ नम्बर बराह बाहिनी सुनसरीबाट परिचालन भएको टोलीले विशेष सूचनाको आधारमा मेचीनगर–८ सालघारीबाट साढे २८ लाख तथा मेचीनगर–७ भान्साखोला क्षेत्रबाट १० लाखको कपडा बरामद गरेको हो ।

बरामद गरिएको कपडा मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ । भारतबाट अवैध रुपमा कपडा तस्करी गर्ने क्रम बढेपछि प्रहरीले निगरानी बढाएको छ ।

भारतबाट तस्करी गरिएको कपडालगायत अन्य सामग्री झापाकै बिर्तामोडलगायत बजार, सुनसरीको इटहरी, काठमाडौ्ंलगायत स्थानसम्म लैजाने गरिएको पाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!