साझाको अपाङ्गतामैत्री बस ‘अस्पतालदेखि अस्पतालसम्म’

साझाको अपाङ्गतामैत्री बस ‘अस्पतालदेखि अस्पतालसम्म’

ललितपुर, ८ फागुन । लगनखेलस्थित पाटन अस्पतालबाट थापाथलीस्थित प्रसूति गृह, वीर अस्पताल, कान्ति अस्पताल, शिक्षण अस्पताल हुँदै गंगालाल अस्पतालसम्म आपाङ्मैत्री बस गुड्ने भएको छ । उक्त होचो बसमा अपाङ्गता भएका व्यक्तिलाई चढ्न र ओर्लन अरुको सहयोगको आवश्यकता पर्ने छैन भने साना बालबालिका, गर्भवती महिला वा अशक्त र ज्येष्ठ नागरिकलाई पनि आवत जावत गर्न हैरान हुने छैन । सो सुविधा उपलब्ध भएपछि अस्पताल जानका ल...
विद्यालयमा स्थानीयस्तरबाटै प्राविधिक शिक्षा दिनुपर्छः राष्ट्रपति

विद्यालयमा स्थानीयस्तरबाटै प्राविधिक शिक्षा दिनुपर्छः राष्ट्रपति

गाईघाट, उदयपुर, ८ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध र आधुनिक विकसित नेपाल बनाउनका लागि विद्यालय शिक्षाको विकासलाई जोड दिनुपर्ने बताउनुभएको छ । कटारी बजारस्थित त्रिवेणी मावि स्थापनाको ५० आँै वर्ष पुगेका अवसरमा आयोजना गरिएको स्वर्ण महोत्सवको समापनका अवसरमा राष्ट्रपति भण्डारीले दक्ष जनशक्तिबाट मात्र कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र उद्योग क्षेत्रमा तीव्र गतिमा विकास हुन सक्ने बताउनुभयो...
महाधिवेशन नभएसम्म नयाँ पार्टीको अध्यक्षता आलोपालो गर्ने: अध्यक्ष दाहाल

महाधिवेशन नभएसम्म नयाँ पार्टीको अध्यक्षता आलोपालो गर्ने: अध्यक्ष दाहाल

रत्ननगर, चितवन, ८ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ पार्टीको अध्यक्षता केपी ओली र आफूले पालैपालो गर्ने बताउनुभएको छ । भरतपुरमा आज प्रेस चौतारी नेपाल र प्रेस सेन्टरले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले सैद्धान्तिक रुपमा नेपाल कम्युनिष्ट पार्टी भइसकेको भन्दै कानूनी रुपमा निर्वाचन आयोगमा दर्ता गरेपछि भन्न मिल्ने उल्लेख गर्नुभयो । ...
आगलागीपीडितलाई आर्थिक सहयोग

आगलागीपीडितलाई आर्थिक सहयोग

ताप्लेजुङ, ८ फागुन ।  आठराई त्रिवेणी गाउँपालिका–३ हाम्पाङका आगलागीपीडित तीन परिवारलाई यक्सो बृहत् एकता समाजले आर्थिक रकम संकलन गरी हस्तान्तरण गरेको छ । गत मंसिर १९ गते भएको आगलागीका कारण पूर्णरुपमा घर गुमाएका स्थानीयवासी देवमान यक्सो, रुपनारायण यक्सो र विकल्प यक्सोको परिवारलाई रु पाँच लाखभन्दा बढी आर्थिक सहयोग संकलन गरी हस्तान्तरण गरिएको हो । सोमबार एक कार्यक्रमबीच प्रतिपरिवारलाई रु एक लाख ७...
राष्ट्रियसभा सदस्यमा तीनजना मनोनयन

राष्ट्रियसभा सदस्यमा तीनजना मनोनयन

काठमाडौँ, ८ फागुन ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्यमा तीनजनाको मनोनयन गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयका अनुसार नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम डा युवराज खतिवडा (झापा), रामनारायण बिँडारी (मकवानपुर) र डा विमला पौडेल (मोरङ)लाई आज मनोनयन गर्नुभएको हो । मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारले गरेको सिफारिस फिर्ता लिई नयाँ नाम...
ट्रम्पपुत्र डोनाल्ड ट्रम्प जेआर भारत भ्रमणमा

ट्रम्पपुत्र डोनाल्ड ट्रम्प जेआर भारत भ्रमणमा

नयाँदिल्ली, ८ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जेआर एक हप्ता लामो भ्रमणका लागि मंगलबार भारत आइपु्ग्नु भएको छ । भारतको राजधानी नयाँदिल्लीमा हुन लागेको विश्व व्यापार सम्मेलनमा उहाँ सहभागी हुने भ्रमण तालिका रहेको छ । उहाँले भारतका अन्य सहरहरुको पनि भ्रमण गर्नुहुने भएको छ । राष्ट्रपति पुत्र ट्रम्पले भारतमा जग्गाको कारोबार सम्वन्धी दुई वटा परियोजना सुरु गर्नुहुने भएको...
अज्ञात समूहले राखेको बम सेनाद्वारा निष्क्रिय

अज्ञात समूहले राखेको बम सेनाद्वारा निष्क्रिय

बागलुङ, ८ फागुन । बागलुङ नगरपालिका–२ स्थित पुरानो बसपार्कमा गएराति अज्ञात समूहले राखेको बम नेपाली सेनाले निष्क्रिय पारेको छ । व्यवसायी उमेश केसीको गाडी ‘शोरुम’ अगाडि बम लेखिएको शंकास्पद वस्तु फेला परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । ‘हटकेस’मा विष्फोटक पदार्थसहित भेटिएको वस्तु बम नै भएको पुष्टि भएपछि तत्काल निष्क्रिय पारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विश्वराजसिंह थापाले जानकारी ...
राष्ट्रियसभा सदस्यमा सरकारले गरेको सिफारिस असंवैधानिकः बालकृष्ण खाँड

राष्ट्रियसभा सदस्यमा सरकारले गरेको सिफारिस असंवैधानिकः बालकृष्ण खाँड

काठमाडौँ, ८ फागुन । राष्ट्रियसभाका तीन सदस्यमा आफ्नो सरकारले पठाएको नाम फिर्ता लिएर अर्को नाम पठाएकोमा कांग्रेसले विरोध गरेको छ । कांग्रेस नेता बालकृष्ण खाँडले ओली सरकारको निर्णय असंवैधानिक र सहमतिको भावना विपरित भएको बताएका छन ।मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले राष्ट्रियसभामा तीन सदस्य मनोनयनका लागि अघिल्लो सरकारले गरेको निर्णय फिर्ता लिई नयाँ नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो...
राष्ट्रियसभा सदस्यमा खतिवडा, बिंडारी र पौडेलको नाम सिफारिश

राष्ट्रियसभा सदस्यमा खतिवडा, बिंडारी र पौडेलको नाम सिफारिश

काठमाडौँ, ८ फागुन ।  सरकारले राष्ट्रियसभा सदस्यमा तीन व्यक्तित्वको नाम सिफारिश गरेको छ । मन्त्रिपरिषद्को प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले अर्थशास्त्री डा. युवराज खतिवडा, कानूनविद् रामनारायण बिंडारी र अर्थविद् विमला पौडेल राईको नाम राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले जानकारी दिनुुभयो । उनन्साठी सदस्यीय राष्ट्रियसभामा मन्त्रिपरिषद...
राष्ट्रिय युवा शक्तिमा लोहनी

राष्ट्रिय युवा शक्तिमा लोहनी

काठमाडौँ, ८ फागुन ।  एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को जनवर्गीय संगठन राष्ट्रिय युवा शक्तिको फणिराज लोहनी (राजु) को अध्यक्षतामा गठन भएको छ । उपाध्यक्षमा राजकुमार श्रेष्ठ र राजन लामा तथा महामन्त्रीमा सुरेन्द्र सेढाइ, सुभानसिंह राई र विनोद बानियाँ हुनुहुन्छ भने कोषाध्यक्षमा सुदर्शन सिलवाललाई मनोनयन गरिएको छ । सदस्यमा विष्णु पाण्डे, गोविन्द नगरकोटी र अकलबहादुर तामाङ हुनुहुन्छ...
प्रथम मेयर कप क्रिकेट प्रतियोगिता शुरु

प्रथम मेयर कप क्रिकेट प्रतियोगिता शुरु

जितपुर, कपिलवस्तु, ८ फागुन । कपिलवस्तु नगरपालिकाको आयोजनामा प्रथम मेयर कप नकआउट टि ट्वान्टी क्रिकेट प्रतियोगिता सोमबारदेखि शुरु भएको छ । फागुन ११ गतेसम्म चल्ने प्रतियोगिताकाका विजेतालाई नगद रु २५ हजार र उपविजेता टोलीलाई नगद रु २० हजार र कप प्रदान गरिने प्रतियोगिताका संयोजक तथा कपिलवस्तु नगरपालिका–३ का वडाध्यक्ष प्रकाश गैरेले जानकारी दिनुभयो । प्रतियोगितामा नगरका आठ टोलीबीच प्रतिष्पर्धा हुने ...
अन्तर्राष्ट्रिय केःलाङ (च्याब्रुङ नाँच) महोत्सव शुरु

अन्तर्राष्ट्रिय केःलाङ (च्याब्रुङ नाँच) महोत्सव शुरु

पाँचथर, ८ फागुन । पाँचथर सदरमुकाम फिदिममा आइतबारदेखि अन्तर्राष्ट्रिय केःलाङ (च्याब्रुङ नाँच) महोत्सव शुरु भएको छ । किरात लिम्बू जातिको लोकप्रिय नाँच च्याब्रुङ नाँचको संरक्षण र विकासका लागि महोत्सवको आयोजना गरिएको महोत्सव मूल आयोजक मूल समारोह समितिले जनाएको छ । स्थानीय फिदिम माविको खेलमैदानमा महोत्सव शुरु भएको हो । महोत्सवअन्तर्गत आइतबार भारतको आसाम, सिक्किम र नेपालका विभिन्न जिल्लाबाट आएका...
प्रदेश १ काँग्रेस संसदीय दलको नेतामा कोइराला

प्रदेश १ काँग्रेस संसदीय दलको नेतामा कोइराला

इनरुवा, ८ फागुन ।  प्रदेश नम्बर १ नेपाली काँग्रेस संसदीय दलको नेतामा राजीव कोइराला सर्वसम्मत चयन हुनुभएको छ । संसदीय दलको सोमबार विराटनगरमा बसेको बैठकले कोइरालालाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो । संसदीय दलको नेताका लागि पार्टीका दुईजना आकांक्षी रहेका प्रदेश सांसद केदार कार्की र शेखरचन्द्र थापाले अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिएपछि कोइराला निर्विरोध चयन हुनुभएको नेपाली क...
जहाँ धाराबाट पानीमात्र होइन, दूध पनि आउँछ

जहाँ धाराबाट पानीमात्र होइन, दूध पनि आउँछ

काठमाडौं, ८ फागुन । लतिलपुरको इकुडोलमा भने धाराबाट पानीमात्र होइन, दूध पनि आउँछ । किसानको घरबाट दूध संकलन केन्द्रसम्म दैनिक धाउनुपर्ने बाध्यता अन्त्य गर्न यस्तो तरिका अपनाइएको हो। इकुडोलवासीले दूध संकलनका लागि यो उपाय अपनाएको १० वर्ष भइसकेको छ । २०६४ वैशाख १ गते इकुडोलका व्यवसायी भीमसेन आचार्यले दूध संकलनका लागि यो तरिका सुरु गरेका थिए । सडकको सहज पहुँच नभएका ग्रामीण क्षेत्रबाट दूध संकलन गर्न कठि...
बन्दले धनकुटाको जनजीवन पनि प्रभावित

बन्दले धनकुटाको जनजीवन पनि प्रभावित

धनकुटा, ८ फागुन । नेता, कार्यकर्ता पक्राउको बिरोधमा नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आवहन गरेको नेपाल बन्दका कारण आज धनकुटाको जनजीवन पनि प्रभावित बनेको छ । गत आईतबार बिराटनगरमा नेकपा निकट राष्ट्रिय युवा जनस्वयंसेवकको तेस्रो राष्ट्रिय सम्मेलनका क्रममा प्रहरीले नेता, कार्यकर्ता पक्राउ गरेको बिरोधमा बन्द आवहन गरिएको नेकपाका धनकुटा ईन्चार्ज आकास शर्माले जानकारी दिए । बन्...
सीमसागको राजधानीका रुपमा परिचित जिरिखिम्ती

सीमसागको राजधानीका रुपमा परिचित जिरिखिम्ती

पथरी, मोरङ, ८ फागुन । पूर्वी मोरङको पथरीशनिश्चरे–८, जिरिखिम्ती सीमसागको राजधानीका रुपमा परिचित हुन थालेको छ । किसान थोरै जमिनबाट घरको गर्जो टार्ने खर्च मात्र हैन व्यावसायिकरुपमा साग खेती गरेर आर्थिकरुपमा समृद्ध बन्दै गएका छन् । घर नजिकै बग्ने मोरङ्गीखोलाको थोरै भूगोलमा सीमसागको व्यावसायिक खेती गरी उनीहरूले एक सिजनमा रु ६० लाख आम्दानी गर्ने गरेका छन् । कात्तिकमा रोपेको सीमसागले ४५ दिनदेखि आम...
ओली प्रधानमन्त्री बनेलगत्तै सार्वजनिक स्थानमा देखिए सिलवाल

ओली प्रधानमन्त्री बनेलगत्तै सार्वजनिक स्थानमा देखिए सिलवाल

काठमाडौं, ८ फागुन । कार्यसम्पादन मूल्यांकन कीर्ते मुद्दामा प्रहरीले व्यापक खोजी गरिरहेका पूर्वडीआईजी एवं एमाले सांसद् नवराज सिलवाल केपी ओली प्रधानमन्त्री बनेलगत्तै सार्वजनिक स्थानमा देखिएका छन् । उनी सोमबार साँझ एमाले नेता माधवकुमार नेपालसँग प्रधानमन्त्री ओलीलाई भेट्न उनको सरकारी निवास बालुवाटार पुगेका थिए । सरकारी छाप दस्तखत कीर्ते मुद्दामा सर्वोच्च अदालतको आदेशपछि प्रहरीले सिलवालको व्यापक खो...
प्रदेशमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने तयारी

प्रदेशमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने तयारी

काठमाडौं, ८ फागुन। सरकारले प्रदेशमा ६० प्रतिशत कर्मचारी पठाए पनि कार्यस्थलमा भने १५ प्रतिशत मात्रै कर्मचारी पुगेका छन् । खटाएको स्थानमा कर्मचारी जान नमानेपछि सरकारले उनीहरुलाई बर्खास्त गर्ने तयारी गरेको  छ । सरकारले प्रदेशको कामकाजका लागि अहिलेसम्म एक हजार कर्मचारी खटाइसकेको छ । जसमध्ये एक सयको हाराहारीमा मात्रै कार्यस्थल पुगेका छन् । बाँकी कर्मचारी प्रदेशमा जान अटेर गरेर बसेका छन् । धेरैजसो बी...
ताप्लेजुङमा खुल्यो महिन्द्राको आधिकारिक शो रुम

ताप्लेजुङमा खुल्यो महिन्द्राको आधिकारिक शो रुम

ताप्लेजुङ, ८ फागुन । ताप्लेजुङमा महिन्द्रा गाडीको आधिकारिक शो रुम स्थापना भएको छ । नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नी इनकर्पोरेट प्रालिले सदरमुकाम फुङलिङमा ४२ औँ महिन्द्रा एण्ड महिन्द्रा शो रुमको स्थापना गरेको हो । शो रुमको सोमबार एक कार्यक्रमका बीच एक नम्बर प्रदेशसभा सदस्यद्वय बलबहादुर साम्सोहाङ, होमकुमारी साँवा र महिन्द्रा एन्ड महिन्द्राका कन्ट्री डाइरेक्टर तापस पटनायकले...
जीप दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते

जीप दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते

बाजुरा, ८ फागुन । बाजुराको बडीमालिका नगरपालिका–८ मा सोमबार साँझ जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुम्ला जिल्ला आनन्द गाउँपालिका–३ का अन्दाजी ४० वर्षका बलबहादुर बुढा र मुगु जिल्लाको खत्याड गाउँपालिका– ८ का कालीबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ । जीप दुर्घटनामा परी पाँचजना घाइते भएका छन् । घाइते हुनेमा बूढीनन्दा नगरपालिका–९ का सत्य माविका शिक्...
काँग्रेसद्वारा पार्टी हितविपरीत कार्य गर्ने तीनजनालाई कारबाही

काँग्रेसद्वारा पार्टी हितविपरीत कार्य गर्ने तीनजनालाई कारबाही

उर्लाबारी, मोरङ, ८ फागुन । नेपाली काँग्रेस मोरङ क्षेत्र नं १ ले गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी हितविपरीत कार्य गर्ने तीन जनालाई कारबाही गरेको छ । उर्लाबारीमा क्षेत्रीय सभापति खड्ग फागोको सभापतित्वमा सोमबार बसेको पार्टी क्षेत्रीय समितिको बैठकले पार्टीका क्रियाशील सदस्य भीमबहादुर राउत, रामप्रसाद सुवेदी र विपीन खड्कालाई साधारण सदस्यसमेत नरहने गरी कारबाह...
संघीय संसद्को पहिलो बैठक २१ फागुनमा बोलाइने

संघीय संसद्को पहिलो बैठक २१ फागुनमा बोलाइने

काठमाडौं, ८ फागुन । संघीय संसद्को पहिलो बैठक २१ फागुनका लागि बोलाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संविधानको धारा ९३ (१) को प्रावधानबमोजिम २१ फागुन दिउँसो ४ बजे बस्ने गरी अधिवेशन आह्वान गरेकी हुन् । बैठक नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्नेछ । प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनको नतिजा आएपछि संघीय संसद् बैठक आह्वान भएको राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रस...
एमाले–माअाेवादी पार्टी एकीकरणका लागि सातबुँदे सहमति (सहमति पत्र सहित)

एमाले–माअाेवादी पार्टी एकीकरणका लागि सातबुँदे सहमति (सहमति पत्र सहित)

काठमाडौं, ८ फागुन । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने नीतिगत सहमति भएको छ । दुई दलका नेताहरुले पार्टी एकताका सातबुँदे आधारमा हस्ताक्षर गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति अवेर एमाले र माओवादीका नेताहरुले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिपत्रमा एमाले तर्फबाट केपी ओली, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, ईश्वर पोखरेलले हस्तक्षार गरेका छन् भने माओवादी तर्फब...
पुस्तक पसलमा आगलागी हुँदा ३५ लाखको क्षति

पुस्तक पसलमा आगलागी हुँदा ३५ लाखको क्षति

सुर्खेत, ७ फागुन ।  सदरमुकाम जुुम्ला खलंगास्थित एक पुस्तक पसलमा आज बिहान आगलागी हुँदा रु ३५ लाख क्षति भएको छ । बिहान ४ः४५ बजे चन्दननाथ नगरपालिका– ५ जुम्लास्थित जिपी पुस्तक पसलमा विद्युत् चुहिएर पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले जानकारी दिनुभयो । प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा आगलागी एक घण्टापछि नियन्त्रणमा लिइएको थियो । पसलका प...
पोखरा म्याराथनमा विभागीय धावकको वर्चश्व

पोखरा म्याराथनमा विभागीय धावकको वर्चश्व

पोखरा, ७ फागुन ।  भूतपूर्व खेलाडी मञ्च नेपालद्वारा यहाँ आयोजित १२ औँ सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनमा विभागीय धावकको वर्चश्व रहेको छ । प्रतियोगितामा नेपाल प्रहरीका भूमिराज राईले ४२.१९५ किमीको दूरी दुई घण्टा ३६ मिनेट ४२.२ सेकेण्डमा पूरा गरेर प्रथम भई रु ७० हजार प्राप्त गरे । यसैगरी नेपाली सेनाका हरिकुमार रिमालले दुई घण्टा ३८ मिनेट ४६.१ सेकेण्डमा दूरी पार गर्दै दोस्रो स्थान हासिल गरी रु ४५ हज...
‘अघिल्ला सरकारका निर्णय उल्ट्याउँछु भन्नु वैधानिकतामाथि प्रश्न’: विश्वप्रकाश

‘अघिल्ला सरकारका निर्णय उल्ट्याउँछु भन्नु वैधानिकतामाथि प्रश्न’: विश्वप्रकाश

धुलिखेल, ७ फागुन ।  नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गएको सरकारले गरेको निर्णय उल्टाउँछु भन्नु वर्तमान सरकारका लागि आफ्नै वैधानिकतामाथि प्रश्न गरेसरह हुने बताउनुभएको छ । बनेपामा नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले आज प्रजातन्त्र दिवसका अवसरमा आयोजना गरेको ‘प्रजातन्त्रका लागि अपहरण’ नामक वृत्तचित्र प्रदर्शन कार्यक्रममा उहाँले विपक्षलाई पनि सँगै लैजान सके मात्रै उपलब्धि हासिल हुने छ ...
पार्टी एकता संयोजन समितिको बैठक बालुवाटारमा जारी

पार्टी एकता संयोजन समितिको बैठक बालुवाटारमा जारी

काठमाडौँ, ७ फागुन ।  नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । यही फागुन २ गते पार्टी एकता संयोजन समितिको मानभवन लतिलपुरमा बसेको बैठकमा केही सैद्धान्तिक विषयमा मिलाउन बाँकी थियो । आजको बैठकले सैद्धान्तिक र संगठनात्मक दुवै विषयमा मिलाउन कार्यदल गठन गर्ने र पार्टी एकताको मिति घोषणा गर्ने अनुमान गरिएको छ । बैठकमा प्रधानमन्त्...
‘वैचारिक र सैद्धान्तिक दृष्टिकोण स्पष्ट नहुँदा काँग्रेस पराजित’

‘वैचारिक र सैद्धान्तिक दृष्टिकोण स्पष्ट नहुँदा काँग्रेस पराजित’

काठमाडौँ, ७ फागुन ।  वैचारिक र सैद्धान्तिक दृष्टिकोण स्पष्ट नहुँदा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेस पराजित भएको बुद्धिजीवीले बताएका छन् । गणेशमान सिंह अध्ययन केन्द्रले आज यहाँ आयोजना गरेको ‘सशक्त विचार र सुदृढ संगठनको काँग्रेस’ विषयक छलफलमा सहभागी वक्ताले विधि र विधानमा पार्टी चल्न नसकेकाले काँग्रेसले हार व्यहोरनु परेको बताए । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष ...
कानून विपरीत वित्तीय कारोवार गर्ने पक्राउ

कानून विपरीत वित्तीय कारोवार गर्ने पक्राउ

काठमाडौँ, ७ फागुन ।  नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले कानून विपरीत वित्तीय कारोबार गर्ने इन्भेष्टमेन्ट प्रालिका सञ्चालकलाई पक्राउ गरेको छ । ब्यूरोबाट खटिएको टोलीले नेपाल राष्ट्र बैंक र सहकारी विभागबाट वित्तीय कारोवार गर्ने अनुमति नलिईसुनसरी र मोरङमा सञ्चालन गरेको इन्भेष्टमेन्ट कम्पनीका आठ सञ्चालकलाई कानूनी दायरा विपरीत गैरकानूनी तवरले स्थानीयवासीसँग बचत संकलन तथा ऋण प्रवाह गर्नेलगायत ...
बालुवाटारमा वाम गठबन्धनका नेताको बैठक सुुरु, आजै एकता घोषणा हुनसक्ने

बालुवाटारमा वाम गठबन्धनका नेताको बैठक सुुरु, आजै एकता घोषणा हुनसक्ने

काठमाडौं, ७ फागुन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समिति बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ। बैठक साँझ ७ बजेदेखि बस्ने भनिए पनि राति ८ बज्नलाग्दा सुरु भएको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल उपस्थित संयोजन समितिको बैठकले आजै एकताको घोषणा गर्ने बताइएको छ। बैठकमा एमालेका तर्फबाट वरिष्ठ नेताद्वय माधव ...
प्रदेश सरकार समावेशी बन्न नसकेको गुनासो

प्रदेश सरकार समावेशी बन्न नसकेको गुनासो

सुर्खेत, ७ फागुन ।  प्रदेश नं ६ का सांसदले प्रदेश सरकार समावेशी नभएको गुनासो गरेका छन् । समावेशीको कुरा गर्ने वाम गठबन्धनको सरकार बने पनि समावेशी बन्न नसकेको सांसदले आरोप लगाएका छन् । सो प्रदेशमा गठन भएको प्रदेश सरकारका लागि नेकपा (एमाले)ले चार र नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्रीसहित तीन मन्त्री पाएका छन् । माओवादी केन्द्रले आफूले पाएको भूमि व्यवस्थापन र कृषि तथा सहकारी मन्त्रालयमा रुकुमकी...
error: Content is protected !!