दुर्घटनामा एकको मृत्यु

दुर्घटनामा एकको मृत्यु

बनियानी, झापा, १८ माघ ।  झापाको हल्दीबारी–३ देउनिया पुल नजिकै ट्र्याक्टरले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दीबारी–३, जलथलका ४७ वर्षीय भीमबहादुर गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पृथ्वीनगरबाट हल्दीबारीतर्फ आउँदै गरेको मे १ त ६१७४ नंको ट्र्याक्टरले गिरीलाई बुधबार बेलुका ठक्कर दिएको थियो । ठक्करबाट गिरीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको ...
मलेशियामा दमकका विष्टको मृत्यु

मलेशियामा दमकका विष्टको मृत्यु

दमक, १८ माघ । झापा, दमक–२ का सुरेन्द्र विष्ट (फणिन्द्र) को वैदेशिक रोजगारीका सिलसिलामा मलेशियामा मृत्यु भएको छ । त्यहाँस्थित एयरपोर्टमा कार्यरत ३२ वर्षीय विष्टको गत माघ १३ गते सुतेको अवस्थामा मृत्यु भएको हो । सुतेको अवस्थामा मुखबाट फिँज निकालिरहेको अवस्थामा फेला परेपछि उपचारका लागि अस्पताल लगिएको थियो । अस्पतालमा उपचारका क्रममा विष्टको मृत्यु भएको थियो । तीन वर्षअघि रोजगारीका क्रममा मलेशिया पु...
सिमेन्ट जफत गर्दा भिडन्त

सिमेन्ट जफत गर्दा भिडन्त

रौतहट, १८ माघ । रौतहट जिल्लाको बंकुलबजारको नजिक भारतबाट अवैध रुपमा ल्याइरहेको सिमेन्ट प्रहरी चौकी, बंकुलले जफत गर्दा बुधबार स्थानीयवासी र प्रहरीबीच तनाव सिर्जना भयो । जिल्ला प्रहरी कार्यालय, रौतहटबाट थप टोली आएपछि स्थानीयवासीले प्रहरीमाथि ढुंगामुढा गर्दा प्रहरीले तीन राउण्ड हवाई फायर तथा लाठी चार्ज गरेपछि तितर बितर भएको थियो । जफत गरिएको ४० बोरा सिमेन्ट आवश्यक कारबाहीका लागि गौर भन्सार कार्य...
जिल्ला वन कार्यालयविरुद्ध अख्तियारमा उजुरी

जिल्ला वन कार्यालयविरुद्ध अख्तियारमा उजुरी

इनरुवा, १८ माघ । काठ लिलामीमा कार्यालय प्रमुख सहितका कर्मचारीले आर्थिक प्रलोभनमा परी अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुशन्धान आयोगमा जिल्ला वन कार्यालय सुनसरीविरुद्ध उजुरी परेको छ । काठ लिलामसम्बन्धी कार्यमा आर्थिक अनियमितता भएको र सर्वसाधारण नागरिक तथा दैवी प्रकोपमा परेका मानिसलाई सहुलियत दरमा काठ वितरण नगरी आर्थिक प्रलोभनमा परी कार्यालय प्रमुख सहितका अन्य कर्मचारीले लिलाम गरेको आरो...
लागुऔषध ओसारपसारमा गर्भवती तथा सुत्केरी महिला

लागुऔषध ओसारपसारमा गर्भवती तथा सुत्केरी महिला

पर्सा, १८ माघ । नेपालबाट भारततर्फ हुने लागुऔषध ओसार पसारमा कारोबारीहरुले गर्भवती तथा सुत्केरी महिलाको प्रयोग गरिरहेको खुलासा भएको छ । वीरगन्जको रजतजयन्ती चोकबाट साढे दश किलो चरेससहित आठमहिने शिशुकी आमालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरेपछि सो तथ्य खुलेको हो । वीरगन्जको रजतजयन्ती चोकबाट चरेससहित पक्राउ परेकी आठमहिने शिशुकी आमा अपसाना खातुन, रेहना खातुन र कारोबारी भारतको विहार मोतिहार नि...
संघीय नेपालको पहिलो प्रदेशसभा बैठक आज

संघीय नेपालको पहिलो प्रदेशसभा बैठक आज

मकवानपुर, १८ माघ । संघीय नेपालको पहिलो प्रदेशसभा बैठक बस्न प्रदेश नम्बर ३ को प्रदेशसभा सचिवालयमा सम्पूर्ण तयारी पूरा भएको छ । बुधबार राति अबरेसम्म सभाकक्ष व्यवस्थित गरी भवनको सरसफाइ र रंगरोगन गर्न कर्मचारी, कामदार खटिएका थिए । प्रदेश प्रमुख अनुराधा कोइरालाले बिहीबार दिउँसो १ बजेका लागि पहिलो बैठक आह्वान गरेपछि कर्मचारीहरू तयारीमा अहोरात्र जुटेका थिए । प्रदेशसभा बैठकका लागि प्रदेशसभा सचिवालय रह...
मोदीको सन्देश बोकेर स्वराज अाज आउँदै

मोदीको सन्देश बोकेर स्वराज अाज आउँदै

काठमाडौं, १८ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश लिएर विदेशमन्त्री सुष्मा स्वराज बिहीबार अपराह्न काठमाडौं आउँदै छिन् । वायुसेनाको विशेष विमानमा दुई दिनका लागि आउन लागेकी उनीसँग नवनियुक्त विदेशसचिव विजय केशव गोखले र सहसचिवद्वय सुधाकर दलेला र रबिस कुमार पनि हुनेछन् । कूटनीतिक स्रोतका अनुसार औपचारिक घोषणा नगरिए पनि प्रधानमन्त्री मोदीको विशेष दूतका रूपमा स्वराजको भ्रमण हुन लागेको हो ...
ट्रक पल्टिँदा २० गोरु मरे

ट्रक पल्टिँदा २० गोरु मरे

राजविराज, १८ माघ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर–कंकालनी नगरपालिका–१ भारदहमा बुधबार साँझ ट्रक पल्टिँदा त्यसमा लगिँदै गरिएका २० वटा गोरुको ज्यान गएको छ । सिरहाबाट मोरङको उर्लाबारीतर्फ जाँदै गरेको गोरु लोड गरिएको ना ६ ख २६४१ नंको ट्रक कोशी ब्यारेज नजिकै पल्टिएको हो । ट्रकमा राखिएका २० वटा गोरु मरेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।
प्रदेशका कार्यालय भवन मर्मतका लागि सात करोड

प्रदेशका कार्यालय भवन मर्मतका लागि सात करोड

पथरी, मोरङ, १८ माघ । १ नं प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री, मन्त्री, सभामुख र उपसभामुखको कार्यालय भवनको मर्मतका लागि रु सात करोड विनियोजन गरिएको छ । प्रदेश कार्यालय र मन्त्रालय रहने भवनको मर्मत–सम्भारसहित अन्य कामका लागि साढे सात करोड बजेट आएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख श्याम किशोर सिंहले बताउनुभयो । प्रदेश नं १ को अस्थायी राजधानीको संरचना मर्मतका लागि राज्यले स...
२०७४ माघ १८ गते बिहीबारको राशिफल

२०७४ माघ १८ गते बिहीबारको राशिफल

वि.सं. २०७४ साल माघ १८ गते। बिहीबार। इश्वी सन् २०१८ फेब्रुवरी १ तारिख। नेपाल संवत् ११३८ सिल्लागा। फाल्गुण कृष्णपक्ष। तिथि– प्रतिपदा, १७:२९ बजेउप्रान्त द्वितीया। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। अस्वस्थताले काममा बाधा पुर्याउला। बाध्यताले अलमल्याउन सक्छ। व्यापारमा समेत ठूलो उपलब्धि हासिल गर्न नसकिएला। टाढिएका सन्तानलाई आमाको या...
फुल्चोकीमा हराएका बालक भेटिए, उपचारका लागि बीएण्डबी ल्याइयो

फुल्चोकीमा हराएका बालक भेटिए, उपचारका लागि बीएण्डबी ल्याइयो

काठमाडौं, १७ माघ । स्कुलबाट फुलचोकी हाइकिङ जाँदा गत बिहीबारदेखि हराइरहेका १७ वर्षीय जोन तामाङ बुधबार फेला परेका छन्। हाइकिङ गर्न गएकाले फेला पारेको प्रहरी वृत्त सातदोबाटोका डिएसपी विनोद सिलवालले जानकारी दिए । उनलाई उपचारका लागि आज साँझ बीएण्डबी अस्पतालमा भर्ना गरिएको छ । उनलाई फुलचोकीबाट १० किलोमिटरको दूरीमा हाइकर्सले फेला पारेका थिए । ‘हामीले खोजी गरिरहेका थियौं, सबैको सहयोगले नै उनलाई फेला पा...
नेता नेपाल इरान प्रस्थान

नेता नेपाल इरान प्रस्थान

काठमाडौँ, १७ माघ । नेकपा (एमाले) का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज इरान प्रस्थान गर्नुभएको छ । इन्टरनेशनल कन्फरेन्स अफ एसियन पोलटिकल पार्टीजको सम्मेलनमा भाग लिन उहाँ आज त्यसतर्फ जानुभएको पार्टीका प्रचार विभाग सचिव विष्णु रिजालले जानकारी दिनुभयो । इरानको राजधानी तेहरानमा यही माघ १९ र २० गते हुने उक्त सम्मेलनमा एसियाका ३०० भन्दाबढी राजनीतिक दल सहभागी हुँदैछन् । पूर्वप्रधानमन...
हतियार लुट्ने पक्राउ

हतियार लुट्ने पक्राउ

बारा, १७ माघ । गत वैशाख ११ गते प्रहरीमाथि आक्रमण गरी प्रहरीको हतियार लुट्ने कलैया उपमहानगरपालिका–१२ धर्मनगरका फुलेना साह गोढलार्ई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । विगन साह र फुलेना साहको नेतृत्वमा रहेका ३०–३५ जना तस्करको समूहले प्रहरीमाथि आक्रमण गरी प्रहरीको शटगन लुटेर लगेका थिए । धर्मनगरस्थित नेपाल इँटा उद्योग छेउमै तस्करीको मालसामान प्रहरीले नियन्त्रणमा लिन खोज्दा तस्कर र प्रहरीबीच दो...
खग्रास चन्द्रग्रहण समाप्त

खग्रास चन्द्रग्रहण समाप्त

काठमाडौँ, १७ माघ । माघ शुक्ल पूर्णिमाका दिन आज खग्रास चन्द्रग्रहण लागेको छ । बेलुकी पाँच बजेर ५५ मिनेटमा चन्द्रमा उदाएकामा नेपालमा ६ बजेर ३६ मिनेटमा ईशान कोणबाट ग्रहणले छोएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणको मध्यकाल सात बजेर १७ मिनेटमा भयो । आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहण सकिएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । ग्रहणका समयमा शास्त्रीय रुपमा ...
पाकिस्तानमा शक्तिशाली भूकम्प

पाकिस्तानमा शक्तिशाली भूकम्प

इस्लामाबाद, १७ माघ ।  पाकिस्तानका विभिन्न भाग प्रभावित हुने गरी बुधबार शक्तिशाली भूकम्प गएको छ । यस भूकम्प ६.२ म्याग्निच्युडको मापन गरिएको पाकिस्तानको राष्ट्रिय भूगर्भ विभागले जनाएको छ । यस भूकम्पमा परी एक बालकको मृत्यु भएको र अन्य नौ जना घाइते भएका सो विभागले जानकारी दिएको छ । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलोचिस्तानको लसबेला जिल्लाको बेला शहरमा माटोबाट बनेका दुई वटा घर भत्किएपछि यसमा परी ए...
प्रहरी नै अनुसन्धानको घेरामा !

प्रहरी नै अनुसन्धानको घेरामा !

काठमाडौँ, १७ माघ । राजधानीमा हालै घटेका दुई छुट्टाछुट्टै घटनामा प्रहरीको पनि कमजोरी देखिएपछि प्रहरी नै अनुसन्धानको घेरामा तानिएका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौँले ती घटनाका सम्बन्धमा पाँच प्रहरीमाथि अनुसन्धान थालेको छ । बिहीबार दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा एक युवतीमाथि भएको सामूहिक बलात्कारको घटनालाई गुपचुप राख्ने प्रयास गरेको आरोपमा महानगरीय प्रहरी वृत्त, दरबारमार्गका नायब प्र...
लुटपाट गर्ने गिरोहका चारजना पक्राउ

लुटपाट गर्ने गिरोहका चारजना पक्राउ

काठमाडौँ, १७ माघ । हतियार देखाएर लुटपाट गर्ने गिरोहका चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामेछापको दोरम्बा गाउँपालिका–४ घर भएका भोजबहादुर थापामगर, सिन्धुलीको मरिन गाउँपालिका–८ बस्ने मिलन भन्ने रत्नबहादुर तामाङ, धुलिखेल नगरपालिका–१ बस्ने विष्णु भन्ने अमृत तामाङ र सोही नगरपालिकाको वडा नं १० बस्ने सानुकान्छा ब्लोन रहेका छन् । भक्तपुर सूर्यविनायक नगरपालिका–८ गणेशचोक डेरा गरी बस्...
चमेलियाको दोस्रो युनिटबाट परीक्षण उत्पादन शुरु

चमेलियाको दोस्रो युनिटबाट परीक्षण उत्पादन शुरु

दार्चुला, १७ माघ । तीस मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको दोस्रो युनिटबाट परीक्षण उत्पादन आजदेखि शुरु भएको छ । पहिलो युनिटबाट १५ मेगावाट उत्पादन गरिरहेकामा दोस्रो युनिटबाट उत्पादित बिजुली परीक्षणका लागि आज बिहान ११ बजे राष्ट्रिय प्रशारण लाइनमा जोडिएको आयोजना प्रमुख अजय दाहालले जानकारी दिनुभयो । परीक्षण शुरु भएसँगै अबको दुई साताभित्र व्यावसायिक उत्पादन थालिने आयोजनाले जनाएको छ । द...
उदयपुरका ३ पसलमा चोरी

उदयपुरका ३ पसलमा चोरी

उदयपुर, १७ माघ । जिल्लाको सदरमुकाम गाईघाटका ३ वटा पसलमा चोरी भएको छ। बुधबार विहान ३ बजेको समयमा गाईघाट हिमालय टोलस्थित व्यस्त बजारमा कुमार घिमिरेको किराना पसल फुटाएर अज्ञात समूहले ७४ हजार ५ सय रुपैंया नगद र केही सामान चोरी लगेको छ। पसल सञ्चालक घिमिरेका अनुसार पसलमा बिक्रीको पैसा र नेत्रज्योति संघको एम्बुलेन्स सञ्चालनबाट संकलित रकम राखेर घर गएका घिमिरेले विहान पसल खोल्न आउँदा सटरको ताला फुटाएर चोर...
सामूहिक बलात्कारको अनुसन्धान गर्न टोली गठन

सामूहिक बलात्कारको अनुसन्धान गर्न टोली गठन

काठमाडौँ, १७ माघ । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँ ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार भनिएको घटनाको सम्बन्धमा अनुसन्धान गर्न आज एक टोली गठन गरी काम शुरू गरेको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले जारी गरेको प्रेस विज्ञप्तिमा काठमाडौँ ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार भनिएको घटनाको सम्बन्धमा आयोगले आजै एक अनुसन्धान टोली गठन गरी काम शुरु गरेको उल्लेख छ । आयोगले यौनजन्य हिंसा त...
नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा अधिकारी निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा अधिकारी निर्वाचित

धनकुटा, १७ माघ । नेपाल राष्ट्रिय शिक्षक संगठन धनकुटाको एघारौं जिल्ला अधिवेशनले छत्रप्रसाद अधिकारीको नेतृत्वमा नयॉ कार्य समिति चयन गरेको छ । मंगलवार राति सम्पन्न अधिवेशनबाट अध्यक्ष पदका प्रत्यासी नगेन्द्र भट्टराईलाई पराजित गर्दै अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् । विजयी अधिकारीले ३ सय ९३ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी नगेन्द्र भट्टराईले ३ सय ५४ मत प्राप्त गरेको निर्वाचन समिति संयोजक रामबहा...
चन्द्रग्रहणमा विज्ञान मान्नेले खानुस्, संस्कार मान्नेले नखानुस् : खगोलशास्त्री आचार्य

चन्द्रग्रहणमा विज्ञान मान्नेले खानुस्, संस्कार मान्नेले नखानुस् : खगोलशास्त्री आचार्य

काठमाडौं, १७ माघ। बुधबार साँझ ५ :३२ देखि खग्रास चन्द्रग्रहण लाग्दै छ। चन्द्रग्रहण बेला खाना खान हुँदैन भन्ने पूर्वीय संस्कार छ। वैज्ञानिकहरूले भने ग्रहणमा खाना खाँदा के असर पर्छ? भन्ने पत्ता लगाइसकेका छैनन्। ‘ग्रहणमा खाने कि नखाने भन्ने तपाई केमा विश्वास गर्नुहुन्छ? भन्नेमा भर पर्छ,’ खगोलशास्त्री जयन्त आचार्यले भने, ‘हाम्रो संस्कारमा ग्रहण बेला खाना अशुद्ध हुने भएकाले खानु हुँदैन भन्ने छ, विज्ञ...
विद्युत् महशुल अब अनलाइनबाटै

विद्युत् महशुल अब अनलाइनबाटै

लहान, १७ माघ । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले आजदेखि अनलाइन प्रविधिबाट विद्युत् महशुल भुक्तानी सेवा शुरु गरेको छ । ग्राहकको सुविधालाई मध्यनजर गरी आजबाट अनलाइन प्रविधिबाट महशुल भुक्तानी सेवा प्रारम्भ गरिएको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख विष्णुदेवप्रसाद यादवले जानकारी दिनुभयो । वितरण केन्द्रमै आएर महशुल बुझाउँदै आएका ग्राहकले अनलाइन प्रविधिमार्फत अब इ सेवा, महालक्ष्मी...
सेनाले ऐतिहासिक हात हतियार र फोटो प्रदर्शनी गर्ने

सेनाले ऐतिहासिक हात हतियार र फोटो प्रदर्शनी गर्ने

काठमाडौँ, १७ माघ । नेपाली सेनाले ‘महाशिवरात्री तथा सेना दिवस २०७४’ को उपलक्ष्यमा यही माघ २५ देखि २७ गतेसम्म सैनिक मुख्यालयमा फोटो प्रदर्शनी गर्ने भएको छ । नेपाली सेना ‘इतिहासदेखि वर्तमानसम्म’ आधारित रहेर आयोजना हुने उक्त कार्यक्रममा सेनाको ऐतिहासिक हतियार, उपकरण, पोशाकलगायत विविध प्रदर्शनी हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । सेनाले पहिलो पटक आयोजना गर्न लागेको उक्त...
मनाङमा अझै पनि पानी घट्टको प्रयोग

मनाङमा अझै पनि पानी घट्टको प्रयोग

मनाङ, १७ माघ ।  मनाङवासी अझै परम्परागत पानी घट्टमा कुटनीपिसानी गरेर जीविकोपार्जन गर्न बाध्य छन् । जिल्लाका अधिकांश वस्तीमा बिजुली बत्ती, मोटर बाटोको सुविधा पुगे पनि दैनिक जीवनको लागि अति आवश्यक पर्ने कुटानीपिसनी आधुनिक मिल भने छैन । यस जिल्लामा धान खेती भने हुँदैन । यस जिल्लाको मुख्य बाली फापर गहु करु र आलु हुन् । उत्पादन भएका अन्नबालीलाई पिस्नको लागि खोला किनारमा पानी घट्ट बनाएर पिस्दै ग...
प्रधानन्यायाधीशबाट ज्यान मार्ने धम्की आएको भन्दै वरिष्ठ अधिवक्ता भण्डारीद्वारा प्रशासनमा निवेदन

प्रधानन्यायाधीशबाट ज्यान मार्ने धम्की आएको भन्दै वरिष्ठ अधिवक्ता भण्डारीद्वारा प्रशासनमा निवेदन

काठमाडौँ, १७ माघ ।  वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले आफ्नो ज्यान असुरक्षित भएको भन्दै प्रशासनमा निवेदन दिएका छन् । आफूलाई प्रधानन्यायाधीश गोपाल पराजुलीले ‘ज्यान मार्ने’ भन्दै धम्क्याएको र त्यसपछि अज्ञात समूह आफ्नो कार्यालयमा आएर त्रासको वातावरण कायम राखेको भन्दै उनले प्रशासनमा शान्ति सुरक्षाको बुधबार निवेदन दिएका हुन् । ‘डा. गोविन्द केसीको मुद्दाको सुनुवाई हुने दिन अपरान्ह प्रधानन्य...
स्वास्थ्य मन्त्रालयको संयुक्त समीक्षा बैठक शुरु

स्वास्थ्य मन्त्रालयको संयुक्त समीक्षा बैठक शुरु

काठमाडौँ, १७ माघ । स्वास्थ्य मन्त्रालयको एक वर्षे कार्यक्रमसहित दातृ निकायसंग वार्षिक संयुक्त समीक्षा बैठक शुरु भएको छ । मन्त्रालयको नेतृत्वमा आजदेखि शुरु भएको समीक्षा बैठकमा स्वास्थ्यका क्षेत्रमा आजसम्म भएका उपलब्धि, गर्न बाँकी काम र देखापरेका चुनौतिबारे छलफल गरिँदै छ । मन्त्रालयका अनुसार स्वास्थ्यमा ८० प्रतिशत बजेट नेपाल सरकार र २० प्रतिशत दातृ निकायको लगानी छ । उक्त मन्त्रालयसँग राष्ट्रियस...
एक महिने स्वस्थानी व्रत समापन

एक महिने स्वस्थानी व्रत समापन

काठमाडौँ, १७ माघ ।  पुस शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी व्रत आज बिहान समापन गरिएको छ । बिहान ८ बजेर ५५ मिनेटपछि चन्द्रग्रहणको सुतकले व्रत उद्यापन गर्न नहुने भएकाले त्यसअघि नैे पुस शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका व्रतालुले आज साङ्गे गरेका हुन् । त्यसै दिनदेखि शुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदारख...
प्रदेशसभाको पहिलो बैठकको तयारी तीव्रगतिमा

प्रदेशसभाको पहिलो बैठकको तयारी तीव्रगतिमा

विराटनगर, १७ माघ ।  प्रदेशसभाको पहिलो बैठक बस्ने सभाभवनको मर्मतकार्य तीव्रगतिमा भइरहेको छ । विराटनगरस्थित जिल्ला समन्वय कार्यालयको सभाभवनमा प्रदेश नं. १ को प्रदेशसभाको पहिलो बैठक बस्ने भएकाले तीव्रगतिमा त्यसको मर्मतकार्य भइरहेको छ । बैठक हुने भवनको रंगरोगनका साथै आवश्यक पूर्वाधार निर्माणका कार्यसमेत अन्तिम चरणमा पुगेको हो । रंगरोगनलगायतका कार्य सम्पन्न भएपछि कार्पेट बिछ्याउनुका साथै कुर्सी...
सूचना प्रविधिमार्फत वन व्यवस्थापन

सूचना प्रविधिमार्फत वन व्यवस्थापन

नवलपरासी, १७ माघ ।  नेपालमै पहिलो पटक नवलपरासीमा सूचना प्रविधिमार्फत वन व्यवस्थापन गर्न थालिएको छ । इन्टरनेटमा आधारित प्रविधिमार्फत जिल्लामा वन व्यस्थापनको कामअघि बढाइएको वन अधिकृत विजयराज सुवेदीले जानकारी दिनुभयो । डाटा म्यानेजमेन्ट/ ट्रयाकिङ नामाकरण गरिएको सो प्रविधिमार्फत जिल्लामा वन व्यवस्थापनको काम शुरु गरिएको र यसका लागि कार्यालयले अनलाइन मोबाइल एप्स तयार गरेर २४ वटा मोबाइल सेटमा सो प्रवि...
आगामी युग दक्षिण एशियाली युग: उपराष्ट्रपति पुन

आगामी युग दक्षिण एशियाली युग: उपराष्ट्रपति पुन

काठमाडौँ, १७ माघ । उपराष्ट्रपति नन्दबहादुर पुनले २१ आँै शताब्दीलाई दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को युग बनाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो, “यस क्षेत्र जलस्रोत तथा प्राकृतिक स्रोतमा विश्वमा नै धनी रहेको छन्, यसलाई अधिकतम उपयोग गर्दै आगामी युग दक्षिण एशियाली युग बनाउनुपर्छ ।” नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा आयोजित दक्षिण एशियाली लेखा व्यवसायी सम्मेलनको आज...
error: Content is protected !!