पार्टी एकता फागुनभित्रै टुङ्ग्याउने: नेकपा (एमाले)

पार्टी एकता फागुनभित्रै टुङ्ग्याउने: नेकपा (एमाले)

काठमाडौँ, २८ माघ । नेकपा (एमाले) को आजको स्थायी कमिटी बैठकमा नेकपा (माओवादी केन्द्र) संगको पार्टी एकता फागुनभित्रै टुङ्ग्याउने विषयमा छलफल भएको छ । पार्टी कार्यालय, धुम्बाराहीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा नयाँ सरकार गठनसँगै नेकपा (माओवादी केन्द्र) सँग आगामी फागुनभित्र नै एकता गर्ने विषयमा छलफल भएको पार्टीका सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । बैठकले सरकारल...
नागा बाबाबाट हुने अश्लिलता रोक्न माग गर्दै रिट

नागा बाबाबाट हुने अश्लिलता रोक्न माग गर्दै रिट

काठमाडौँ, २८ माघ । सर्वोच्च अदालतमा शिवरात्रि पर्वका अवसरमा धर्मका नाममा नागा बाबाबाट प्रदर्शन हुने अश्लिलता रोक्न माग गर्दै रिट निवेदन दायर गरिएको छ । अधिवक्ता यज्ञमूर्ति न्यौपानेले आज मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोषलगायतलाई विपक्षी बनाई दायर गरिएको निवेदनमा सो माग गरिएको हो । रिट निवेदनमा भनिएको छ, “शिवरात्रिमा...
प्रदेश नं ३ को मुख्यमन्त्रीमा पौडेल नियुक्त

प्रदेश नं ३ को मुख्यमन्त्रीमा पौडेल नियुक्त

हेटौँडा, २८ माघ । प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले आज नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम नेकपा (एमाले) प्रदेश नं ३ का संसदीय दलका नेता डोरमणि पौडेललाई मुख्यमन्त्री पदमा नियुक्त गर्नु भएको छ । प्रदेश प्रमुख कार्यालयका सचिव चतुर्भुज ज्ञवालीले आज साँझ पत्रकार सम्मेलन गरी मुख्यमन्त्री पदको नियुक्तिको जानकारी दिनुभयो । नवनियुक्त मुख्यमन्त्री पौडेललाई सोमबार बिहान पद र गोपनियताको ...
नेपालमा ३२ हजारभन्दा बढी एचआईभी संक्रमित

नेपालमा ३२ हजारभन्दा बढी एचआईभी संक्रमित

भक्तपुर, २८ माघ ।  नेपालमा एचआईभी संक्रमितको संख्या ३२ हजार नाघेको छ । अन्तर्राष्ट्रिय कण्डम दिवसका अवसरमा आज भक्तपुरमा शुरुवात नामक संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराईएको हो । कार्यक्रममा एड्स हेल्थ केयर फाउण्डेसन (एएचएफ) का प्रतिनिधि रवि सिंहले हालैको तथ्याङ्कअनुसार ३२ हजार ७३५ एचआईभी संक्रमित रहेको र त्यसमध्ये २३ हजार एचआईभी संक्रमितको पहिचान भएको र अझै १० हजारको पहिचा...
विश्व क्रिकेट लिग: युएईले दियो ११५ रनको लक्ष्य

विश्व क्रिकेट लिग: युएईले दियो ११५ रनको लक्ष्य

काठमाडौं, २८ माघ । नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तेस्रो खेलमा नेपालसामू युएईले ११५ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । टस जितेर फिल्डिङ रोजेको नेपालले युएइलाई ३१ ओभरमा ११४ रनमा समेट्दै अलआउट गरेको हो। वर्षाले प्रभावित भएपछि ३४ ओभरमा छोट्याइएको खेलमा सोमपाल कामीले अहम्मत राजालाई ३१ ओभरमा आउट गरेसँगै युएइ ११४ रनमा समेटियो। खेलको १७ ओभरमा ...
निर्माणाधिन अरुण ३ काे आयोजना भवनमा बम विस्फोट

निर्माणाधिन अरुण ३ काे आयोजना भवनमा बम विस्फोट

संखुवासभा,२८ माघ। निर्माणाधिन बहुप्रतिक्षित अरुण तेस्रो जलविद्युत आयोजनाको भवनमा शनिबार राती अज्ञात समूहले  बम विस्फोट गराएकाे छन । अरुण ३ को निर्माणाधिन स्थल चिचिला गाउँपालिका ३ पुखुवामा रहेको भवनमा अज्ञात समूहले विस्फोट गराएको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक वेदप्रसाद गौतमले बताए । उक्त भवनमा पटकपटक आक्रमण हुँदै आएको बताइएकाे छ । यस पटक पनि मर्मत सम्पन्न भए लगत्तै आक्रमण भएको गौतमले ...
गैँडाको खागसहित दुई सैनिक पक्राउ

गैँडाको खागसहित दुई सैनिक पक्राउ

काठमाडौँ, २८ माघ ।  संरक्षित वन्यजन्तु गैँडाको खाग राखेको अवस्थामा नेपाली सेनाका कार्यरत दुई जनासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । अवैधरुपमा खरिद बिक्री गर्न भनी ओसारपसार गरी ल्याएको अवस्थामा लैनचौरबाट गैँडाको दुई थान खागसहित उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । नेपाली सेनामा कार्यरत गोरखा सिरान्चोक गाउँपालिका–२ बस्ने हरिबहादुर ढकाल र उदयपुर त्रियुगा नगरपा...
राष्ट्रिय फुटवल टिमका उपकप्तान लामाको सफल शल्यक्रिया

राष्ट्रिय फुटवल टिमका उपकप्तान लामाको सफल शल्यक्रिया

काठमाडौँ, २८ माघ । नेपाली राष्ट्रिय फुटवल टिमका उपकप्तान तथा थ्रि स्टार क्लबका कप्तान बिक्रम लामाको आज ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा सफल शल्यक्रिया गरिएको छ । दाहिने खुट्टामा चोट लागेका लामाको वरिष्ठ अर्थोपेडिक सर्जन तथा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेको टोलीले सफल शल्यक्रिया गरेको हो । लामाको आजदेखि नै फिजियोथेरापी शुरु गरिने र उहाँ उपचारपछि छ दे...
बैसरीमा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, दुई घाइते

बैसरीमा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, दुई घाइते

म्याग्दी, २८ माघ ।  म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा आज भएको बोलेरो जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बेनीदेखि शिख जाँदै गरेको ग १ ज ५७६० नम्बरको बोलेरो बेनी–जोमसोम सडकखण्डअन्तर्गत रिठाबोटमा सडकबाट करिब १०० मिटर तल कालीगण्डकी नदीको किनारमा खसेको थियो । जिप दुर्घटनामा गम्भीर घाइते भएकामध्ये दुई जनाको उपचारको क्रममा जिल्ला अस्पतालमा निधन भएको जिल्ला ट्र...
भूकम्पपीडितले अझै पाएनन् निब्र्याजी ऋण

भूकम्पपीडितले अझै पाएनन् निब्र्याजी ऋण

काठमाडौँ, २८ माघ । सरकारले भूकम्पपीडितलाई आवास पुनःनिर्माणका लागि दिएको अनुदान रकम अपुग भएमा आवास निर्माणका लागि थप ऋण दिने कार्यक्रम ल्याए पनि सो प्रभावकारीरुपमा कार्यान्वयनमा आउन सकेको छैन । यसअघि सरकारले भूकम्पमा पूर्णरुपमा घर क्षति भएकालाई रु तीन लाख अनुदान घोषणा गरेकामा यही माघ १० गतेको मन्त्रिपरिषद् बैठकले रु एक लाख थप गर्ने निर्णय गरेको थियो । भूकम्पलगत्तै अनुदानबाहेक आवश्यकताअनुसार...
पार्किङस्थलको अभावमा आकाशमा ‘होल्ड’ हुन्छन् जहाज

पार्किङस्थलको अभावमा आकाशमा ‘होल्ड’ हुन्छन् जहाज

काठमाडौँ, २८ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको पार्किङको समस्याका कारण दैनिकजसो अन्तर्राष्ट्रिय तथा राष्ट्रिय उडानमा रहेका जहाज आकाशमै ‘होल्ड’ हुने गरेका छन् । पछिल्ला दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानको संख्यामा समेत वृद्धि भएपछि विमानस्थलमा चाप परेका कारण न्यूनतम आधा घण्टादेखि अधिकतम डेढ घण्टासम्म जहाज आकाशमा नै होल्ड गर्नुपर्ने स्थिति आएको हो । ट्राफिक चाप बढेका का...
जस्तोसुकै राजनीतिक निर्णय लिन सक्छु: दाहाल

जस्तोसुकै राजनीतिक निर्णय लिन सक्छु: दाहाल

चितवन, २८ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्र र जनताको आवश्यकतानुसार आफूले जस्तोसुकै  निर्णय लिन पनि सक्ने बताउनुभएको छ । आज यहाँ आयोजित प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटनपछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले अहिलेको सन्दर्भमा आफूले अघि सारेको यो भनाइको अर्काे राजनीतिक अर्थ नलगाउन पनि आग्रह गर्नुभयो । दुई पार्टी एकीकरणका सन...
महाशिवरात्रिको सम्पूर्ण तयारी पूरा

महाशिवरात्रिको सम्पूर्ण तयारी पूरा

काठमाडौँ, २८ माघ।  पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको बताएको छ । पशुपति मन्दिर परिसरमा कोषले आज पत्रकार सम्मेलन गरेर महाशिवरात्रिको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । कोषका अनुसार दर्शनार्थीको व्यवस्थापन, ट्राफिक व्यवस्थापन, आवास, भोजन, स्वयंसेवा, सरसफाइ तथा स्वास्थ्य शिविरका साथै धार्मिक कार्यक्रम, सूचना, प्रचारप्रसार, सुरक्षालगायत सबै काम पूरा ...
नेपाल र युएइको खेल सुरु, टस जितेर नेपाल फिल्डिङमा

नेपाल र युएइको खेल सुरु, टस जितेर नेपाल फिल्डिङमा

काठमाडौं, २८ माघ  । आईसीसी वर्ल्ड क्रिकेट लिग डिजिन टू मा आइतबार हुने नेपाल र यूएईबीचको खेल ३४ ओभरमा घटाइएको छ । मैदान ओसिलो भएपछि ढिला गरी सञ्चालन हुन लागेको खेलमा ओभर घटाइएको हो । खेलमा टस जितेर  नेपालले  फिल्डिङ रोजेको छ । नेपाली समय अनुसार ४ : १० मा सुरु हुने नेपाली क्रिकेट टोलीका टेक्निकल म्यानेजर रमण शिवाकोटीले जानकारी दिए । नेपालले आज यूएईसँग खेल्ने खेल डिभिजन टू मा  तेस्रो हो । यसअघि ने...
ठगी गर्ने समूहका चारजना पक्राउ

ठगी गर्ने समूहका चारजना पक्राउ

काठमाडौँ, २८ माघ । बजार भाउभन्दा सस्तोमा सुन दिन्छु भनी प्रलोभनमा पारी रु २० लाख लिएर सुन नदिई ठगी गर्ने समूहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पीडितले दिएको उजुरीका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उपत्यकाका विभिन्न स्थानबाट २० लाख ५० हजार र बा ११ च ७६४२ नम्बरको स्विफ्ट गाडीसहित उनीहरु पक्राउ परेका हुन् । सो क्रममा पक्राउ परेका दाङ, घोराही घर भई काठमाडौँ, बूढानीलकण्ठ बस्ने...
फाइलै अघि बढेन भन्ने गुनासो आउन दिन्नौ: अध्यक्ष ओली

फाइलै अघि बढेन भन्ने गुनासो आउन दिन्नौ: अध्यक्ष ओली

काठमाडौँ, २८ माघ ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उद्योग स्थापना भई सञ्चालन हुने समयसम्म फाइल नै घुमाइरहने स्थिति अन्त्य गर्न आवश्यक रहेको बताउनुभएको छ । नेपाल व्यवस्थापन संघको ३७औँ वार्षिक साधारणसभा शुभारम्भ गर्दै उहाँले विकास र समृद्धिका लागि अब प्रयोग र परीक्षण गर्ने तथा पर्ख हेरौँ न त भन्ने समय नरहेको धारणा व्यक्त गर्नुभयो । नेपालमा लगानीको निमित्त विभिन्न ढोका चाहानुपर्ने ब...
प्रदेश ५ः मुख्यमन्त्री नियुक्तिका लागि दावी प्रस्तुत

प्रदेश ५ः मुख्यमन्त्री नियुक्तिका लागि दावी प्रस्तुत

बुटवल, २८ माघ ।  प्रदेश नं ५ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष आज दाबी पेश गरेका छन् । एमाले र माओवादी केन्द्रका बहुमत प्रदेश सदस्यको सहमतिसहित प्रदेशसभामा एमालेका संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्रीका लागि प्रस्ताव गरिएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाउन अनुरोधसहित प्...
ठगीको आरोपमा सहकारीका अध्यक्ष पक्राउ

ठगीको आरोपमा सहकारीका अध्यक्ष पक्राउ

काठमाडौँ, २८ माघ । सहकारीको नाममा लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा साइरीयस बचत तथा सहकारी संस्थाका अध्यक्ष मुकुन्दलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । कालीमाटी महानगरीय प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार क्षेत्रीले २०० भन्दा बढी व्यक्तिको रु एक करोड १९ लाख ठगी गरेको भन्दै श्रेष्ठविरुद्ध प्रहरीमा उजुरी परेको जानकारी दिनुभयो । सोभन्दा धेरै रकम उनले ठगी गरेको हुनसक्ने प्रारम्भिक ...
उद्योगमा आगलागी हुँदा १० लाख क्षति

उद्योगमा आगलागी हुँदा १० लाख क्षति

भक्तपुर, २८ माघ । भक्तपुर नगरपालिका–१० नागपोखरस्थित बाबुकाजी शिल्पकारले सञ्चालन गरेको फर्निचर उद्योगमा आज आगलागी हुँदा रु १० लाख बराबरको क्षति भएको छ । आगलागीबाट काठ चिर्ने यन्त्र तीन थान, जेनरेटर एक थान र काठलगायत अन्य सामग्रीमा क्षति पुगेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो । आगलागी महानगरीय प्रहरी परिसर भक्तपुर र प्रहरी प्रभाग ब्याँसीका प्रह...
राष्ट्रियसभा निर्वाचनको मतपरिणाम राष्ट्रपति समक्ष्य बुझाइयो

राष्ट्रियसभा निर्वाचनको मतपरिणाम राष्ट्रपति समक्ष्य बुझाइयो

काठमाडौँ, २८ माघ ।  राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको मत परिणाम आज बुझाएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रपति भण्डारीसमक्ष निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश गर्नुभएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, २०७४ बमोजिम उक्त प्रतिवेदन बुझाएको हो । राष्ट्रियसभा सदस्यको निर...
प्रदेश ६ः सभामुखमा शाहीको एक्लो उम्मेदवारी

प्रदेश ६ः सभामुखमा शाहीको एक्लो उम्मेदवारी

सुर्खेत, २८ माघ ।  प्रदेश नं ६ का सभामुखमा नेकपा(एमाले)का प्रदेशसभा सदस्य राजबहादुर शाहीको एक्लो उम्मेदवारी परेको छ । प्रदेश नं ६ प्रदेशसभा संसद् सचिवालयले आज अपराह्न २ बजेसम्म उम्मेदवारी दिने समय तोकेकामा शाहीको मात्र उम्मेदवारी परेको प्रदेशसभा संसद् सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । प्रदेश नं ६ प्रदेशसभा सभामुखमा शाहीको एक्लो उम्मेदवारी परे पनि उहाँको उम्मेदवारी सोमबार अपराह्न १...
वर्षाका कारण नेपाल र युएईको खेल समयमा शुरु भएन

वर्षाका कारण नेपाल र युएईको खेल समयमा शुरु भएन

काठमाडौँ, २८ माघ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन– २ अन्तर्गत आज हुने भनिएको नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको खेल वर्षाका कारण निर्धारित समयमा हुन सकेको छैन । नामिबियामा जारी उक्त प्रतियोगिताको खेल नेपाली समयानुसार १ बजेर १५ मिनेटमा शुरु गर्ने भनिएको थियो । दुवै टोलीका लागि आजको खेल निकै महत्वपूर्ण छ । डिभिजन–२ का शीर्ष दुई स्थानमा रहनका लागि दुवै टोलीलाई खेल जित्नै पर्ने दवाव छ । ...
प्रदेश नं ३ बाट तामाङ उपसभामुखमा निर्विरोध

प्रदेश नं ३ बाट तामाङ उपसभामुखमा निर्विरोध

हेटौँडा, २८ माघ ।  प्रदेश नं ३ प्रदेशसभा उपसभामुखका लागि प्रदेशसभा सदस्य राधिका तामाङको एक मात्र उम्मेदवारी दर्ता भएको छ । उपसभामुख पदको प्रस्तावकमा नेकपा (एमाले) संसदीय दलका नेता डोरमणि पौडेल र नेकपा (माओवादी केन्द्र) संसदीय दलका उपनेता कुमारी मोक्तानले समर्थन गर्नुभएको थियो । नुवाकोट १ (क)बाट प्रदेशसभामा निर्वाचित ३४ वर्षीय तामाङ शिवपुरी गाउँपालिका–३ का हुनुहुन्छ । पार्टीका केन्द्रीय सदस्य ए...
मोरङमा सामुदायिक वनमार्फत गरिबी न्यूनीकरण

मोरङमा सामुदायिक वनमार्फत गरिबी न्यूनीकरण

विराटनगर, २८ माघ ।  मोरङ जिल्लामा रहेको सामुदायिक वनमार्फत गरिबी न्यूनीकरणका कार्यक्रमबाट सर्वसाधारणको जीवनस्तरमा सुुधार आउन थालेको छ । वन सुुधारका लागि सरकारका तर्फबाट सामुुदायिक वन उपभोक्ता समिति गठन गरेर वन हस्तान्तरण गरेसँगै गरिबी न्यूनीकरण कार्यक्रम सञ्चालनमा आएको हो । राष्ट्रिय वनको आसपासमा बसोबास गर्ने गरिब तथा पछाडि परेका समुुदायलाई लक्षित गर्दै उनीहरुको सामाजिक तथा आर्थिक हैसियत सुु...
बेतिनी सिमसार पर्यटकीय र वनभोजस्थलका रुपमा विकास हुँदै

बेतिनी सिमसार पर्यटकीय र वनभोजस्थलका रुपमा विकास हुँदै

उर्लाबारी, मोरङ, २८ माघ ।  उर्लाबारीस्थित बेतिनी सिमसार पछिल्लो समयमा पर्यटकीय र वन भोजस्थलका रुपमा विकास हुँदै गएको छ । उर्लाबारी नगरपालिका–२ मा अवस्थित बेतिनी सिमसार क्षेत्रमा अवलोकन तथा वनभोज खान आउनेको आकर्षण बढेको छ । सिमसारमा केही समयअघिदेखि जलयात्रा सेवासमेत शुरु भएपछि आन्तरिक पर्यटक बढिरहेका छन् । सो सिमसार क्षेत्रमा दैनिक ५०० जनाको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेको बेतिनी सामुदायिक...
किबी खेतीमा आकर्षित गराउन अनुदानमा बिरुवा वितरण

किबी खेतीमा आकर्षित गराउन अनुदानमा बिरुवा वितरण

त्रिशूली, नुवाकोट, २८ माघ ।  बेलकोटगढी नगरपालिकाका किसानलाई किबी खेतीमा आकर्षित गराउन नगरपालिकाले अनुदानमा बिरुवा वितरण गर्न थालेको छ । नगरपालिकाको कृषि क्षेत्रको बजेटबाट किसानलाई ७५ प्रतिशत अनुदानमा किबीको बिरुवा वितरण गरिएको हो । चिनी रोग र उच्च रक्तचापका बिरामीलाई उपयोगी हुने यो फल रु ३५० प्रतिकिलो ग्रामका दरले बिक्री हुने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ बागवानी विकास अधिकृत छविलाल शर्म...
दुई कोरियाबीच सम्बन्ध सुधारको अपेक्षा

दुई कोरियाबीच सम्बन्ध सुधारको अपेक्षा

सोल, २८ माघ । शीतकालीन ओलम्पिक खेलको उद्घाटनका लागि दक्षिण कोरिया पुगेको उत्तर कोरियाको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डललाई स्वागतका लागि दक्षिण कोरियाका राष्ट्रिय एकतामन्त्री विमानस्थल पुग्नुभयो । उक्त प्रतिनिधिमण्डललाई स्वागतका लागि कुन स्तरका अधिकारी जाने भन्ने बारेमा दक्षिण कोरियाको मन्त्रिपरिषदमा छलफल भयो र मन्त्रीस्तरकै व्यक्तिबाट स्वागत गर्ने निर्णय पनि भयो । सोही बमोजिम दक्षिण कोरियाका र...
५०० लि. घरेलु मदिरा बरामद

५०० लि. घरेलु मदिरा बरामद

विराटनगर, २८ माघ । इलाका प्रहरी कार्यालय रानीले ‘घरेलु मदिरा नियन्त्रण अभियान’ अन्तर्गत ५०० लि मदिरा बरामद गरेको छ । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार रानी प्रहरी कार्यालयबाट खटिएको एक टोलीले शनिबार बेलुकीसम्ममा मोरङ जहदा–२ स्थित होटल र विभिन्न भट्टी पसल जाँच गर्ने क्रममा अवैध रुपमा घरेलु मदिरा उत्पादन तथा बिक्रीवितरण गरेको पाइएपछि मदिरासहित भाँडावर्तन जफत गरेको छ । प्रहरीले उक्त...
आधुनिक प्रविधितर्फ आकर्षीत हुदैँ कृशक

आधुनिक प्रविधितर्फ आकर्षीत हुदैँ कृशक

काठमाडौं, २८ माघ । खेत खनजोत नगरिकनै जिरो टिलेज प्रविधिबाट कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकाका किसानले गहुँखेती गर्दैआएका छन् । थोरै लागतमा बढी प्रतिफल हासिल हुने भएपछि यहाँका किसान जिरो टिलेज प्रविधितर्फ आकर्षित भएका हुन् । कृषि शाखा बेलौरीको प्राविधिक तथा आर्थिक सहयोगमा बेलौरी– २, ६, ७ र ८ का किसानले १० बिघाभन्दा बढी जग्गामा जिरो टिलेज प्रविधि अपनाएर गहुँखेती गरेका छन् । धान काटेको खेतमै खनज...
डिभिजन २ क्रिकेट : नेपाल युएईसँग भिड्दै, नेपाललाई जित्नैपर्ने दबाव

डिभिजन २ क्रिकेट : नेपाल युएईसँग भिड्दै, नेपाललाई जित्नैपर्ने दबाव

काठमाडौं, २८ माघ ।  नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तेस्रो खेलमा नेपालले आज युएईको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउसो १ः१५ विन्डहकमा सुरु हुनेछ। अघिल्लो खेलमा  ओमानसँग व्यहोरेको हारले गर्दा नेपाललाई यो खेल जित्नैपर्ने दबाव छ । नामिबियामा जारी प्रतियोगितामा नेपालको ब्याटिङ चल्न सकिरहेको छैन । तीव्र गतिको बलिङलाई सहयोग गर्ने पीचमा नेपालका प्रमुख ब्याट्सम्यानहरुले प्रत...
राष्ट्रियसभा चुनावको अन्तिम परिणाम आज राष्ट्रपतिलाई बुझाइने

राष्ट्रियसभा चुनावको अन्तिम परिणाम आज राष्ट्रपतिलाई बुझाइने

काठमाडौं, २८ माघ । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको अन्तिम परिणाम आज राष्ट्रपति समक्ष बुझाउँदैछ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने तीनजना बाहेक अन्य ५६ जनाको नाम राष्ट्रपति समक्ष पेश गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रियसभाको निर्वाचनसँगै राजनीतिक दलले संघीय संसदमा पुर्याउनुपर्ने ३३ प्रतिशत महिलाको कोटा निर्धारण भइसकेकाले अब निर्वाचन परिणाम बु...
error: Content is protected !!