इलाममा प्राङगारिक मल बनाउने मेसिनको परीक्षण
इलाम। फोहोरमैला प्रशोधन गरी प्राङगारिक मल बनाउने मेसिनको परीक्षण गरिएको छ ।
जिल्लाका विभिन्न स्थानबाट निस्किने फोहोरलाई व्यवस्थित गर्न इलाम नगरपालिकाले फोहोरबाट कम्पोष्ट मल बनाउने मेसिनको सफल परीक्षण गरी फोहोरमैला प्रशोधनको तयारी थालेको छ ।
विनरक इन्टरनेसनलका दावा तेञ्जी योल्मूले प्राङ्गारिक मल प्रशोधन गर्न मेसिन जडान गरिएको बताउनुभयो । उक्त मेसिनमा दैनिक सात सयदेखि आठसय किलोसम्म फोहोर पेल्न सकि...