त्रिशूली–गल्छी आयोजनामा चिनियाँ लगानी

त्रिशूली–गल्छी आयोजनामा चिनियाँ लगानी

नुवाकोट, १० असार । सिद्धकाली पावर कम्पनी लिमिटेडले प्रवद्र्धन गर्न लागेको ७५ मेगावाट क्षमताको त्रिशूली–गल्छी जलविद्युत् आयोजना चिनियाँ लगानीमा निर्माण हुने भएको छ । चीनको आंैपचारिक भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा चिनियाँ लगानीकर्ताले ८७९ मेगावाट बराबरको नेपालको विभिन्न चार जलविद्युत् आयोजना ) निर्माण गर्ने सम्बन्धी गत बुधबार समझदारी तथा सम्झौता भएअनुसार नुवाकोट ...
तातोपानी नाका एक वर्षभित्र खुल्ने

तातोपानी नाका एक वर्षभित्र खुल्ने

काठमाडौँ, १० असार । ‘गोरखा भूकम्प’का कारण बन्द भएको नेपाल र चीन जोड्ने सबैभन्दा छोटो तातोपानी खासा नाका आगामी एक वर्षभित्र अर्थात् सन् २०१९ को मे महिनासम्ममा खुल्ने भएको छ । चीनको छदिने औपचारिक भ्रमणबाट आज स्वदेश फर्कनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गर्नुभएको विशेष पत्रकार सम्मेलनमा सो नाका खोल्ने विषयमा चीन सरकारसँग सहमति भएको बताउनुभयो । पत्रक...
इलाममा अलैँचीको बिरुवा बिक्न छाड्यो

इलाममा अलैँचीको बिरुवा बिक्न छाड्यो

इलाम, १० असार । इलाममा अलैँचीको (बिजु) बिरुवा बिक्न छोडको छ । अलैँचीको दाम घट्दै गएको र किसान आफैँसँग पर्याप्त बिरुवा भएका कारण बिरुवा बिक्न छोडेको हो । विगतका वर्षहरूमा वैशाख महिनाबाट नै बिक्री हुने बिरुवा यसवर्ष असार पहिलो हप्ता बितिसक्दासमेत नर्सरीबाट बिरुवा नबिकेको सम्बद्ध किसानहरूको गुनासो छ । जिल्लाको सबैभन्दा बढी बिरुवा उत्पादन हुने रोङ गाउँपालिका–६ जिर्मलेबाट यस वर्ष बिरुवा निकासी नभएको...
प्रदेश नं ४ को नाम ‘गण्डकी’ राख्न सुझाव, तमुवान–मगरात धर्नामा

प्रदेश नं ४ को नाम ‘गण्डकी’ राख्न सुझाव, तमुवान–मगरात धर्नामा

पोखरा, १० असार । प्रदेश नं ४ को नाम र राजधानी तय गर्न गठित समितिको प्रतिवेदन आज प्रदेशसभामा टेबुल भयो । प्रतिवेदनमा पहिलो नम्बरमा प्रदेशको नाम ‘गण्डकी’ राख्न सुझाइएको छ । दोस्रोमा तमुवान–मगरात, तेस्रोमा गोरखा र चौथोमा धवलागिरि नाम राख्न सकिने सुझाव छ । गत जेठ २१ गते नामांकन तथा प्रदेश राजधानी सुझाव संकलन समितिले विभिन्न विकल्पसहितको प्रतिवेदन प्रदेशसभामा बुझाएको थियो । यसअघि नामांकन समितिले प...
रुकुमको स्थानीय तहको काममा छायाँ सरकारको अनुगमन

रुकुमको स्थानीय तहको काममा छायाँ सरकारको अनुगमन

रुकुम, १० असार । स्थानीय सरकारले गरेका विकास निर्माणको कार्यलाई नेपाली काँग्रेसको छायाँ सरकारले अनुगमन गर्न शुरु गरेका छन् । बाँफीकोट गाउँपालिकाअन्तर्गत विभिन्न ठाउँमा भएका भौतिक पूर्वाधारको अवस्थाका बारेमा छायाँ सरकारले अनुगमन गरेको हो । विकास निर्माणको नाममा हुनसक्ने भ्रष्टाचार र अनियमिततालाई रोक्नका लागि विभिन्न योजनाको अनुगमन शुरु गरिएको यहाँका छायाँ सरकार प्रमुख हर्कसिंह खत्रीले बताउनुभयो...
आफै सवारी हाँक्न पाएपछि साउदी अरबका महिला खुशी

आफै सवारी हाँक्न पाएपछि साउदी अरबका महिला खुशी

रियाद, १० असार । साउदी अरबका महिलाहरुले आफै सवारी साधन हाँक्न पाउने भएपछि आइतबार खुशी मनाएका छन् । शनिबार मध्यरातमा शाही घोषणामार्फत् महिलाले पनि सवारी साधन चलाउन पाउने अधिकार दिइएको हो । यो घोषणापछि साउदी अरेबिया र उनीहरुसँगै विश्वभरकै महिलाहरुले खुशी व्यक्त गरेका प्राप्त समाचारमा जनाइएको छ । महिलाहरुलाई सवारी साधन चलाउन अहिलेसम्म बन्देज लगाउनेमा विश्वको एउटा मात्र मुलुक साउदी अरब बाँकी थियो ...
विप्लवको विद्यार्थी संगठनद्वारा चितवनमा अनिश्चितकालीन शैक्षिक संस्था बन्दको आह्वान

विप्लवको विद्यार्थी संगठनद्वारा चितवनमा अनिश्चितकालीन शैक्षिक संस्था बन्दको आह्वान

चितवन, १० असार । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) निकट अखिल (क्रान्तिकारी) ले आजदेखि जिल्लाका शैक्षिक संस्था अनिश्चितकालीन बन्दको आह्वान गरेपछि यहाँका निजी शिक्षण संस्था प्रभावित भएका छन् । प्रहरीले आफ्ना विद्यार्थी नेतालाई पक्राउ गरेको विरोधमा अखिल (क्रान्तिकारी) चितवनले अनिश्चितकालका लागि जिल्लाभरका शैक्षिक संस्था बन्दको आह्वान गरेको हो । विद्यार्थीको आह्वानपछि निजी शैक्षिक संस्था बन्द रहेका ...
मापदण्ड विपरीत सडक ग्राभेल हुँदा स्थानीयको आपत्ति

मापदण्ड विपरीत सडक ग्राभेल हुँदा स्थानीयको आपत्ति

उर्लाबारी मोरङ, १० असार । मोरङ उर्लाबारी–६ स्थित चन्द्रमा चोकदेखि डिपु मार्गसम्मको सडकमा मापदण्ड विपरीत गरेको ग्राभेलप्रति स्थानीयवासीले आपत्ति जनाएका छन् । उर्लाबारी नगरपालिकाको सहयोग र उपभोक्ताबाट प्रतिफिट रु ३० का दरले रकम उठाएर गरिएको ग्राभेल मापदण्ड विपरीत भएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । चार सय १७ मिटर लम्बाइको सडक ग्राभेलका लागि नगरपालिकाबाट रु तीन लाख विनियोजन भएको थियो । उक्त ...
सूचना प्रविधि अध्ययनमा छात्रवृत्ति

सूचना प्रविधि अध्ययनमा छात्रवृत्ति

विराटनगर, १० असार । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान)ले सूचना प्रविधि अध्ययनका लागि यस वर्षका लागि रु एक करोड ८३ लाखबराबरको छात्रवृत्ति प्रदान गर्ने भएको छ । सूचना प्रविधिको विस्तार ग्रामीण क्षेत्रमा पुगोस् भन्ने उद्देश्यले गरीब तथा जेहन्दार विद्यार्थीलाई क्यान नेशनल आइसिटी स्कलरसिप–२०७५ प्रदान गर्न लागिएको बताइएको छ । क्यान तथा लर्ड बुद्ध एजुकेशन फाउण्डेशनद्वारा शनिबार साँझ यहाँ आयोजित ...
दार्जिलिङ र सिलिगुरी भारतको सबैभन्दा फोहोर सहरको सूचीमा

दार्जिलिङ र सिलिगुरी भारतको सबैभन्दा फोहोर सहरको सूचीमा

काठमाडौँ, १० असार । भारतका सबैभन्दा फोहोर शीर्ष सहरमा पश्चिम बङ्गाल राज्यका मात्र १९ सहर समावेश भएका छन् । गुजरातको भद्रेश्वर भने सबैभन्दा फोहोर सहर घोषित भएको छ । यो तथ्याङ्क भारतको केन्द्रीय आवास तथा सहरी कार्य मन्त्रायलले देशव्यापी रूपमा गरेको सर्भेबाट प्राप्त भएको हो । पश्चिम बङ्गालका दार्जिलिङ, शिलिगुरी, सेराम्पुर, मध्यमग्राम, नर्थ ब्यारेकपुर, बङ्कुरा यस सूचीको शीर्ष २५ मा रहेका केही चर्चि...
सन् २०२० बाट कोरिया जान सिप अनिवार्य

सन् २०२० बाट कोरिया जान सिप अनिवार्य

काठमाडौं, १० असार । दक्षिण कोरियाले अकाएको एउटा परीक्षा पछि नेपाली कामदारका लागि सिपमा आधारित परीक्षा प्रणाली लागू गर्ने भएको छ । कोरियाले सन् २०२० देखि नेपालबाट कामदार लैजाँदा सिप र भाषा दुबैलाई परीक्षण गर्ने तयारी गरेको हो । कोरियाको मानव संशाधन विभागले यसअघि नै कामदार छनोट प्रणालीमा अंक पद्धति लगाउने घोषणा गरिसकेको थियो । यसअनुसार रोजगार अनुमति प्रणालीअन्तर्गत भाषा परीक्षा मात्रै उत्तीर्ण ग...
गर्मी मौसममा देखिने यी हुन् छाला सम्बन्धी समस्या

गर्मी मौसममा देखिने यी हुन् छाला सम्बन्धी समस्या

काठमाडौँ । मौसम परिवर्तनसँगै छालामा विभिन्न संक्रमण देखिन सक्छन् । यसकारण हरेक व्यक्तिले समय अनुसार छालाको स्याहार सुसार गर्नुपर्छ । अन्यथा गम्भीर रोग लाग्न पनि सक्छ । गर्मी मौसममा मानिसको छाला बढी चिलाउने तथा एलर्जी हुने गर्छ । छालामा कहिलेकही लक्षणबिनै पनि समस्या देखिन सक्छ । यसप्रति सचेत हुन जरुरी छ । युवा र वयस्कको तुलनामा बालबालिकाको छाला बढी संवेदनशील हुन्छ । यसकारण स्वभावत उनीहरूको छालाम...
अन्तिम १६ मा पुग्न अर्जेन्टिनाले यी अवस्था पार गर्नुपर्छ

अन्तिम १६ मा पुग्न अर्जेन्टिनाले यी अवस्था पार गर्नुपर्छ

काठमाडौँ, १० असार । उपाधिको दाबेदारका रूपमा हेरिएको अर्जेन्टिनाको विश्वकप फुटबल यात्रा कठिन बनेको छ । गएराति समूह डी अन्तर्गतको खेलमा अर्जेन्टिना क्रोएशियासँग लज्जास्पद रूपमा पराजित भएसँगै सबैको नजरमा रहेका लियोनल मेस्सीबाट आश मारेका छन् । गत संस्करणको उपविजेता समेत रहेको अर्जेन्टिनाको यो हारसँगै नकआउट चरणको यात्रा थप कठिन बनेको हो । क्रोएशिया भने यो समूहबाट नकआउट चरणमा पुगेको छ । अब अर्जेन्टिन...
१ सय ९७ वटा म्यानपावरको काम रोक्का (सूचीसहित)

१ सय ९७ वटा म्यानपावरको काम रोक्का (सूचीसहित)

काठमाडौँ, १० असार । श्रम मन्त्रालयले १ सय ९७ वटा म्यानपावरको काम कारबाही रोक्का गरेको छ। ए वान ओभरसिज,आकाश ओभरसिज, आशिष ओभरसिज, अब्बा इन्टरनेसनल म्यानपावर, बजाज ओभरसिज लगायतका १ सय ९७ वटा म्यानपावरको काम कारबाही रोक्का भएको हो। बैदेशिक रोजगारका नाममा ठगी गर्ने, तोकिएको भन्दा बढी शुल्क लिने, लाइसेन्स लिएर काम नगर्ने, कामदारहरुको समस्या समाधान नगरी पैसा मात्र आर्जन गर्ने उद्धेश्य देखिएपछि श्रम मन...
प्रधानमन्त्री ओली स्वदेश फिर्ता

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौँ, १० असार । प्रधानमन्त्री केपी शर्मा ओली चीनको छदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता हुनुभएको छ । प्रधानमन्त्री ओली आज बिहान १०ः१५ बजे स्वदेश आई पुग्नुभएको हो उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले स्वागत गर्नुभयो । प्रधानमन्त्री ओली यही असार ५ गते चीन प्रस्थान गर्न...
सप्तरीमा चट्याङ लागेर एकको मृत्यु, एक घाइते

सप्तरीमा चट्याङ लागेर एकको मृत्यु, एक घाइते

राजविराज, १० असार । सप्तरीको विष्णुपुर गाउँपालिका– ६ स्थित खेतमा चट्याङ लागेर शनिबार साँझ एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुने स्थानीय शैलेन्द्रकुमार यादवका ५० वर्षीया श्रीमती केशरीदेवी यादव रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । घरदेखि टाढा खेतमा मुगको दाल टिप्न गएको बेला यादवलाई चट्याङ लागेको थियो । यस्तै केशरीसँगै खेतमा मुगको दाल टिप्न गएकी अर्की २५ बर्षीया रिन्कु यादव चट्याङ ...
छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एकको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एकको मृत्यु

इटहरी, १० असार । सुनसरी जिल्लाको सदरमुकाम इनरुवास्थित पूर्व पश्चिम महेन्द्र राजमार्गको सडकखण्डमा शनिबार राति भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । प्रहरी कार्यालय इटहरीका ट्राफिक प्रहरी सहायक निरीक्षक टङ्क न्यौपानेका अनुसार सदरमुकाम इनरुवामा मे १ ज १९८६ नम्बरको सवारीसाधनले को २३ प ...
अक्षरांकन पद्धतिले गुणस्तर खस्कँदो

अक्षरांकन पद्धतिले गुणस्तर खस्कँदो

काठमाडौँ, १० असार । अक्षराकंन प्रणालीमा परीक्षाफल आउन थालेसँगै न्यून स्तरीकृत अंक (जिपिए) ल्याउने विद्यार्थीले पनि माथिल्लो कक्षामा भर्ना पाउने भएपनि विद्यार्थीले मेहनत गर्न छाडेको माध्यमिक परीक्षा कक्षा १० को नतिजाले देखाएको छ । तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्को मापदण्डअनुसार कक्षा ११ मा विद्यार्थी भर्नाका लागि एसइइमा डी प्सल (१ दशमलव ६) ग्रेड प्वाइन्ट एभरेज (जिपिए) ल्याउने विद्यार्थीले प...
प्रधानमन्त्रीको भ्रमणले तिब्बतसँगको ऐतिहासिक सम्बन्ध थप उचाइमा

प्रधानमन्त्रीको भ्रमणले तिब्बतसँगको ऐतिहासिक सम्बन्ध थप उचाइमा

ल्हासा, तिब्बत, १० असार । छ दिने औपचारिक चीन भ्रमणका अवसरमा तिब्बत स्वायत्त क्षेत्रको राजधानी ल्हासामा आइपुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँ रहेका नेपालीका गुनासा सुन्नुका साथै यहाँको कृषि क्षेत्रको विकासको अवलोकन गर्नुभयो । त्यसका साथै प्रधानमन्त्री ओलीसँग तिब्बत जनसरकारका अध्यक्ष छिटालाले महत्वपूर्ण वार्ता गर्नुभयो । उहाँहरुबीच दुई सरकारबीच सहयोगका बारेमा महत्वपूर्ण विचार विमर्श भय...
नेपालको हवाई क्षेत्र इयूको कालोसूचीबाट हट्दै

नेपालको हवाई क्षेत्र इयूको कालोसूचीबाट हट्दै

काठमाडौँ, १० असार । विगत पाँच वर्षदेखि युरोपेली संघ (इयू) को कालोसूचीमा परेको नेपालको हवाई उड्डयन क्षेत्र उक्त सूचीबाट चाँडै हट्ने भएको छ । इयूअन्तर्गतको युरोपेली आयोगले सन् २०१३ देखि नेपालको हवाई क्षेत्रमाथि गम्भीर सुरक्षा चासो देखाउँदै कालोसूचीमा राखेको थियो । सन् २०१३ बाटै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को गम्भीर सुरक्षा चासो (एसएससी) को सूचीमा राखेकोमा सन् २०१७ जुलाईबाट...
सार्थक मल्ल एसइईमा नेपाल टप भएको दाबी

सार्थक मल्ल एसइईमा नेपाल टप भएको दाबी

भक्तपुर, १० असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार सार्वजनिक गरेको २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको नतिजामा भक्तपुरका महेन्द्र विद्या आश्रमका छात्र नेपाल टप भएका छन् । भक्तपुरको सूर्यविनायकस्थित उक्त विद्यालयबाट एसइई परीक्षा दिएका सार्थक मल्लले जिपिए चार ल्याएर नेपाल टप भएको विद्यालयका प्रधानाध्यापक अनिल श्रेष्ठले जानकारी दिनुभयो । जिपिए ४ ल्याउने मल्ल ...
सुशील कोइराला क्यान्सर अस्पताल सोमबार देखि सञ्चालनमा आउने

सुशील कोइराला क्यान्सर अस्पताल सोमबार देखि सञ्चालनमा आउने

  नेपालगञ्ज, १० असार । बाँके जिल्लाको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले भोलि सोमबारदेखि ओपिडी सेवा शुरु गर्ने भएको छ । ओपिडी सेवा सञ्चालनका लागि अस्पताल व्यवस्थापन समितिले चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको व्यवस्थापन र सबैखाले उपकरण जडान गरिसकेको छ । अस्पताल परिसरमा शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष किस्मतकुमार कक्षपतिले ११ गत...
नेपाली सेनाका मेजर ब्राउन सुगरसहित पक्राउ

नेपाली सेनाका मेजर ब्राउन सुगरसहित पक्राउ

बाँके १० असार । नेपाली सेनाका मेजर लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । नेपाली सेनाका मेजर धिरेन्द्रजंग शाहीलाई प्रहरीको विशेष टोलीले बाँकेको ढकेरीबाट पक्राउ गरेको हो । उनीसँगै ब्राउन सुगर कारोबारी रिम पौडेल पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट ५४ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरी स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार पक्राउ परेका शाहीले आफू नेपाली सेनाको मेजर रहेको र श्रीमेयर गण ...
अर्जेन्टिनाबाट धनिया र ब्राजिलबाट चिनी आयात

अर्जेन्टिनाबाट धनिया र ब्राजिलबाट चिनी आयात

काठमाडौँ, १० असार । यतिवेला रसियामा जारी विश्वकम फुटबलको चर्चा चोकचोकमा चलिरहेको छ । विभिन्न सामाजिक सञ्जाल यसैले भरिएको छ । युवाहरु कोहि ब्राजिलको जर्सी लगाएका हिडेका छन्  कोहि अर्जेन्टिनाको । हामी उनीहरुको फुटबल जर्सि लगाएर मात्र हिड्दैनौँ । ती देशबाट आएको धनियादेखि बुलडोरसमम प्रयोग गरिरहका छौँ । तिनै देशबाट आएको खाद्यान्न हाम्रो भान्सामा पाकिरहेको हुन्छ । अर्जेन्टिना, ब्राजिल, जर्मनी, स्पेन...
नेकपाको मासिक आम्दानी १० करोड

नेकपाको मासिक आम्दानी १० करोड

काठमाडौँ, १० असार ।  पार्टी सदस्यबाट उठ्ने लेभीबाटै सत्तारुढ दल नेकपाले मासिक १० करोड रूपैयाँभन्दा बढी आम्दानी गर्ने गरेको समाचार अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ । पार्टीका संगठित सदस्यबाट मासिक सय रूपैयाँ र साधारण सदस्यबाट मासिक २० रूपैयाँका दरले लेभी उठाउने गरी पार्टी विधानको नियमावली बनाएपछि नेकपाले लेभीबाटै करोडौं रकम आम्दानी गर्ने भएको समाचारमा उल्लेख छ । नेकपाले आफ्नो नवनिर्मित पार्टीको...
एसइई परीक्षामा नियमिततर्फ ई’ ग्रेड र आंशिकतर्फ ‘ए प्लस’ कसैले ल्याएनन्

एसइई परीक्षामा नियमिततर्फ ई’ ग्रेड र आंशिकतर्फ ‘ए प्लस’ कसैले ल्याएनन्

भक्तपुर , १० असार । ग्रेडिङ प्रणालीअनुसार असार ९ गते साँझ सार्वजनिक गरिएको २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको नतिजामा नियमिततर्फ ई’ ग्रेड र आंशिकतर्फ ‘ए प्लस’ कुनै विद्यार्थीको पनि आएको छैन । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत चैत ८ गतेदेखि २० गतेसम्म साधारण तथा प्राविधिकतर्फ सञ्चालन गरेको परीक्षाको नतिजा आज ढिलो गरी पौनै आठ बजे सार्वजनिक गरेको हो । यस वर्षको पर...
२०७५ असार १० गते आइतबार/आजको राशिफल

२०७५ असार १० गते आइतबार/आजको राशिफल

वि.सं. २०७५ साल असार १० गते। आइतबार। इश्वी सन् २०१८ जुन २४ तारिख। नेपाल संवत् ११३८ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। तिथि– एकादशी, ५:५६ बजेउप्रान्त द्वादशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। सोखले खर्च बढाए पनि अतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। साथीभाइ...
धनकुटा नगर क्षेत्रको बिकासका लागि ५२ करोड बजेट (भिडियोसहित)

धनकुटा नगर क्षेत्रको बिकासका लागि ५२ करोड बजेट (भिडियोसहित)

धनकुटा, ९ असार । धनकुटा नगरपालिकाले आगामी आर्थिक बर्ष २०७५/०७६ का लागि ५२ करोड बजेट छुट्याएको छ । नगरपालिकाको तेस्रो अधिवेशनबाट पारित बार्षिक बजेट, नीति तथा कार्यक्रम शनिवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । आगामी आर्थिक बर्षका लागि ५२ करोड ८९ लाख ४३ हजार बजेट विनियोजन गरिएको नगरपालिकाका प्रवक्ता जम्सेर राईले जानकारी दिए । जसमा चालूखर्च तर्फ ३६ करोड १७ लाख र पूजीँगत तर्फ १६ करोड ७२ लाख ...
आँखाको उपचारमा नेपालको प्रगति प्रशंसनीय–उपप्रम यादव

आँखाको उपचारमा नेपालको प्रगति प्रशंसनीय–उपप्रम यादव

काठमाडौँ, ९ असार । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले नेपालले आँखाको स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण प्रगति हासिल गर्न सकेको बताउनुभएको छ । राजधानीमा सञ्चालन भइरहेको १४ औँ सार्कस्तरीय नेत्र स्वास्थ्य विज्ञानसम्बन्धी सम्मेलनमा भाग दिन आएका पाकिस्तानका नेत्ररोग विशेषज्ञहरुको सम्मानमा नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघले आज यहाँ आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उपप्...
आयकरमा समाजवाद : जति धेरै कमाई, त्यति धेरै कर !

आयकरमा समाजवाद : जति धेरै कमाई, त्यति धेरै कर !

काठमाडौँ । सरकारले सार्वजनिक गरेको आगामी वर्षको बजेटले धेरै कमाउनेलाई धेरै आयकर तिर्नु पर्ने ब्वयस्था गरेको छ र थोरै तथा मध्यम कमाई गर्नेलाई अहिले तिरिरहेको आयकरमा निकै ठूलो सहुलियत दिएको छ । अहिले सामाजिक सुरक्षाका लागि १ प्रतिशत बाहेक सरकारले वर्षमा २५ लाख रुपैयाँसम्म कमाउने ब्यक्तिबाट २५ प्रतिशतसम्म आयकर लिंदै आएको छ । तर अब साउनदेखि सरकारले सामाजिक सुरक्षाको १ प्रतिशत बाहेक १०, २० र ३० प्रत...
लिविया डुङ्गा दुर्घटनामा परेका दुई सय आप्रवासीको उद्धार

लिविया डुङ्गा दुर्घटनामा परेका दुई सय आप्रवासीको उद्धार

लिविया, ९ असार । भूमध्यसागरीय बाटो हुँदै यूरोप जाने क्रममा लिबियाली सामुद्रिक क्षेत्रमा शुक्रबार भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा पाँच जनाको मृत्यु भएको र कम्तीमा २०० जनालाई सकुशल उद्धार गरिएको लिवियाली नौसेनाले शनिबार जनाएको छ । उद्धार गरिएकामध्ये तीन बालबालिका र नौ महिला रहेका छन् । दुर्घटनामा परेका ९४ जनालाई शुक्रबार उद्धार गरिएको थियो भने बाँकि सबैजनालाई शनिबार उद्धार गरिएको छ । त्रिपोली...
error: Content is protected !!