आज विजयादशमी : ९:५१ बजे टीकाको शुभसाइत
काठमाडौँ, २ कात्तिक । आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ ।
दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा र एवम् मान्यजनबाट टीका र जमरा लगाइँदैछ ।
आज विजयादशमीको टीकाको शुभसाइत बिहान ०९ः५१ बजेदेखि जुरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले...

























