प्रहरी प्रधान कार्यालयबाटै औँठाछाप प्रमाणित

प्रहरी प्रधान कार्यालयबाटै औँठाछाप प्रमाणित

काठमाडौँ, ७ फागुन । विभिन्न प्रयोजनका लागि राजदूतावासले माग्ने औँठाछाप अब प्रहरी प्रधान कार्यालयबाटै प्रमाणित गर्न थालिएको छ । यसअघि केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला सामाखुसीबाट प्रमाणित हुँदै आएको औँठाछाप अब प्रहरी प्रधान कार्यालयबाटै प्रमाणित गर्न थालिएको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो । अघिल्लो हप्ताबाट प्रमाणित गर्ने काम शुरु गरिएको उहाँले बताउन...
करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु

करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु

बैतडी, ७ फागुन । करेन्ट लागेर बैतडीमा आज बिहान एक विद्युत् कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका–६ का ५५ वर्षीय भानसिंह खत्री रहेको स्थानीय दिनेश विष्टले जानकारी दिनुभयो । बिहान पौने ८ बजे स्थानीय सुर्नयागाड जलविद्युत्को विद्युत्गृहमा फ्युज हाल्न गएका बेला करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्र बोगटीले बताउनुभयो । प्रहरीको टोली घटनास्थल प...
२०७५ फागुन ७ गते मंगलबार/आजको राशिफल

२०७५ फागुन ७ गते मंगलबार/आजको राशिफल

वि.सं. २०७५ साल फागुन ७ गते। मंगलबार। इश्वी सन् २०१९ फेब्रुवरी १९ तारिख। नेपाल संवत् ११३९ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– पूर्णिमा, २१:५० बजेउप्रान्त प्रतिपदा।  मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ। काममा केही अलमल तथा ढिलासुस्ती हुन सक्छ। तापनि, मध्याह्नदेखि स्थितिमा सुधार आउनेछ भने लगनशीलताले परिस्थितिलाई बदल्न सकिनेछ। पछि लाभ हुने...
अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा

अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा

काठमाडौँ, ६ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व अनुसन्धान विभाग ललितपुरका तत्कालीन शाखा अधिकृत रामजी रिजालविरुद्ध अकूत सम्पत्ति कमाएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार शाखा अधिृकत रिजाल विभिन्न कार्यालयमा कार्यरत रहँदा पदीय दुरुपयोग गरी रु दुई करोड ९७ लाख ३८ हजार ३१० बराबरको सम्पत्तिको स्रोत खुलेको नपाइएकाले मुद्दा दायर गरिएको हो । आयोगले गैरकानूनी रुपमा स...
दैनिक कति पटक कफि पिउने ?

दैनिक कति पटक कफि पिउने ?

तपाईं कफी पिउँन कत्तिको सौखिन हुनुहुन्छ ? हुनुहुन्छ भने याद गर्नुस एक दिनमा चार कपभन्दा बढी नपिउनुस । बढी कफी पिउँदा निद्रा लाग्दैन । र, मानसिक तथा शारीरिक समस्या पनि बढाउन सक्छ । यसले मानिसलाई डर पैदा गर्ने र मुटुको धड्कन रोक्ने सम्भावना पनि बढाइदिन्छ । कफी धेरै पिउँदा स्वास्थ्यका लागि खतरा हुने ब्रिटेनको सरकारी स्वास्थ्य संस्थाले गरेको एक अध्ययनले देखाएको छ । अनुसन्धानमा संलग्न विशेषज्ञहरूका ...
स्ववियु निर्वाचनका लागि ‘अनुगमन तथा समन्वय’ समिति

स्ववियु निर्वाचनका लागि ‘अनुगमन तथा समन्वय’ समिति

काठमाडौँ, ६ फागुन । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि शिक्षाध्यक्ष डा सुधा त्रिपाठीको संयोजकत्वमा ‘स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय’ समिति गठन गरेको छ । आज बसेको त्रिवि पदाधिकारीको बैठकले स्ववियु निर्वाचनका लागि त्रिपाठीको संयोजकत्वमा १६ सदस्यीय समिति गठन गरिएको त्रिविका रजिष्ट्रार डिल्लीप्रसाद उप्रेतिले जानकारी गराउनुभयो । उह...
लेखापरीक्षण र जीवनाशक विषादी व्यवस्थापन विधेयक पारित

लेखापरीक्षण र जीवनाशक विषादी व्यवस्थापन विधेयक पारित

काठमाडौँ, ६ फागुन । प्रतिनिधिसभाले लेखापरीक्षण विधेयक, २०७५ लाई पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा डा अर्थमन्त्री युवराज खतिवडाले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । विधेयकमाथिको छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै डा खतिवडाले लेखा परीक्षण अन्तर्राष्ट्रिय मापदण्डअनुरुप होस् र जनताले तिरेको करको पूर्णरुपले सदुपयोग गर्न सकियोस् भन्ने उद्देश्यले विधेयक ल्याइएको बताउनुभयो । ...
शेयर बजार सात अङ्कले घट्यो

शेयर बजार सात अङ्कले घट्यो

काठमाडौँ, ६ फागुन । धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । लगातार ओरालो लागेको बजार घटेर एघार सयको आसपासमा आइपुगेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक सात दशमलव २१ विन्दुले घटेर एक हजार १०२ दशमलव ५१ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत एक दशमलव आठ विन्दुले घटेर २३४ दशमलव ३६ विन्दुमा पुगेको छ । कूल १६१ कम्पनीको आठ...
कुखुरा मर्न थालेपछि कृषकलाई ठूलो क्षति

कुखुरा मर्न थालेपछि कृषकलाई ठूलो क्षति

चितवन, ६ फागुन । कुखुरामा लाग्ने एभिएन इन्फ्लूएञ्जा एच नाइनलो प्याथोजेनिक रोगको सङ्क्रमण महामारीको रुपमा बढेपछि कृषक प्रभावित बनेका छन् । रोगका कारण कुखुरा मर्ने र उत्पादन घट्ने हुँदा कृषक ठूलो मात्रामा नोक्सान व्यहोर्न बाध्य भएका हुन् । पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा दयाराम चापागार्इंका अनुसार मङ्सिरमा हेटौँडामा देखिन शुरु गरेको रोग पूर्वी चितवन हुँदै नवलपरासीसम्म फैलिएको छ । ...
प्रतिनिधिसभामा पाठक र पशुपति

प्रतिनिधिसभामा पाठक र पशुपति

काठमाडौँ, ६ फागुन । प्रतिनिधिसभा आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक आयुक्तको भ्रष्टाचार र एक लोकगायकको ‘लुट्न सके लुट’ बोलको गीतले चर्चा पाएको छ । भ्रष्टाचारमा मुछिएका आयुक्त राजनारायण पाठकले पदबाट राजीनामा गरेका सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन माग गर्नुभयो । उहाँहरुले संवैधानिक पदमा रहेर भ्रष्टाचार गर्ने व्यक्तिले पदबाट राजीनामा दिँदैमा छुट पाउन नहुनेमा पनि जोड दिनुुुुभयो । सांस...
शिक्षा र ऊर्जामन्त्रीलाई सांसदको प्रश्न

शिक्षा र ऊर्जामन्त्रीलाई सांसदको प्रश्न

काठमाडौँ, ६ फागुन । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई सम्बन्धित विषयमा प्रश्न सोध्नुभएको छ । बैठकमा सांसद डा डिला सङ्ग्रौलाले देशभरिका अधिकांश बालविकास केन्द्रमा भौतिक तथा शैक्षिक सामग्रीको अभाव छ, शिक्षकले तलब पाइरहेका छैनन् भन्दै यस्ता समस्या समाधान गर्न के कार्ययोजना छ ? भनी प्रश्न गर्न...
परिचयपत्र वितरणको खर्च आफ्नै स्रोतबाट गरिने

परिचयपत्र वितरणको खर्च आफ्नै स्रोतबाट गरिने

काठमाडौँ, ६ फागुन । सरकारले राष्ट्रिय परिचयपत्र वितरणका लागि आवश्यकपर्ने रकम आफ्नै स्रोतबाट खर्च गर्ने भएको छ । यसका लागि रु सात अर्व ५२ करोड लाग्ने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । विस २०७५/०७६ को बजेट वक्तव्यमा ‘पाँचवर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने नीति अनुरुप अगामी वर्ष १५ जिल्लामा कार्यक्रम विस्तार गरिने छ’ भन्ने उल्लेख गरिएको छ । तर विभागले तीन वर...
विवाह भन्दा खर्चिलो व्रतबन्ध !

विवाह भन्दा खर्चिलो व्रतबन्ध !

गोदावरी, ६ फागुन । मौलिक रीतिथिति र संस्कृतिमा धनी मानिएको नेपाली समाजमा सकी नसकी त्यस्ता परम्परा धान्नै पर्ने मान्यता छ । सुन्दा अचम्म लाग्न सक्छ कि पहरी जातिमा विवाह भन्दा पनि व्रतबन्ध खर्चिलो हुने गर्छ । परम्परा धान्ने नाममा कतिपयलाई ऋण नै खोज्नुपर्ने अवस्थामा पुर्याउँछ । धेरैले घरखेत बन्धकीमा राखेर परम्परा धानेका हुन्छन् । गोदावरी नगरपालिका वडा नं ४ बडिखेलका ५५ वर्षीय नरबहादुर पहरीका नाति आ...
काश्मिरमा सात जना भारतीय सैनिकको मृत्यु

काश्मिरमा सात जना भारतीय सैनिकको मृत्यु

श्रीरीनगर, ६ फागुन । भारत अधिनस्थ काश्मिरमा पृथकतावादी विद्रोहीसँग भएको भीषण गोली हानाहानमा आइतबार कम्तीमा सात जना भारतीय सैनिकको मृत्यु भएको छ । काश्मिरको पुल्वामा चार दिनअघि पनि विद्रोहीको आत्मघाती आक्रमणबाट ४१ जना अर्धसैनिकको मृत्यु भएको थियो । गत बिहीबार भएको आत्मघाती आक्रमणको अनुसन्धान एवं आक्रमणकारीको खोजीमा निस्केका सैनिकमाथि विद्रोहीले आक्रमण गरेको बताइएको छ । भिडन्तका क्रममा एक सैनिक ...
जाजरकोट अस्पतालमा शुरु भयो शल्यक्रिया सेवा

जाजरकोट अस्पतालमा शुरु भयो शल्यक्रिया सेवा

जाजरकोट, ६ फागुन । जाजरकोट अस्पतालमा आकस्मिक प्रसूति शल्यक्रिया सेवा शुरु भएको छ । जिल्ला अस्पताल ५० श्याको भए पनि विशेषज्ञ चिकित्सकको अभावमा शल्यक्रिया जिल्ला बाहिर गरिँदै आएको थियो । अस्पतालमा डाक्टर महेश सिलवाल आएपछि शल्यक्रिया सेवा सुचारु गरिएको अस्पतालका प्रमुख डा राजेन्द्र लामाले जानकारी दिनुभयो । गतवर्ष कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट काजमा आएका चिकित्सकले केही सामान्य शल्...
खानेपानी अभावले गाउँ छोड्न बाध्य

खानेपानी अभावले गाउँ छोड्न बाध्य

दमौली, ६ फागुन । तनहुँको व्यास नगरपालिका–५ चुदरेका विष्णुमाया दर्लामीको जग्गा बाँझै छ । उहाँलाई आफ्नै जग्गामा तरकारीखेती गर्न मन नभएको होइन । तर पानीको अभावमा उहाँको चाहना पूरा हुनसकेको छैन । पिउने पानी जोहो गर्न नै कठिन रहेको बताउँदै उहाँले तरकारी खेतीका लागि पानीको जोहो गर्नु त झन् कठिन रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पिउनको लागि पानी छैन, तरकारी खेतीका लागि कहाँबाट पानी ल्याउनु ? जग्गाजम...
पाँचथरमा रहेका जलविद्युत् आयोजनाले तिरेनन् बिक्री कर

पाँचथरमा रहेका जलविद्युत् आयोजनाले तिरेनन् बिक्री कर

फिदिम, ६ फागुन । पाँचथरमा रहेका जलविद्युत् आयोजनाले निर्माणका लागि खनिज पदार्थ प्रयोग गरेबापतको बिक्री कर तिर्न मानेका छैनन् ।यहाँ निर्माणाधीन पाँच जलविद्युत् आयोजनाले स्थानीय स्वायत्त शासन ऐन र नियमावलीबमोजिम बिक्री कर जिल्ला समन्वय समितिलाई बुझाउनुपर्ने भए पनि हालसम्म नबुझाएका हुन् । ती जलविद्युत् आयोजनामध्ये एउटा सञ्चालनमा आइसकेको छ भने तीन वटाको निर्माण अन्तिम चरणमा पुगेको छ । पाँचवटै आयोजन...
बालश्रमिक राख्नेलाई सरकारी सेवा सुविधा नदिने

बालश्रमिक राख्नेलाई सरकारी सेवा सुविधा नदिने

डोटी, ६ फागुन । दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले नगरक्षेत्रमा बसोबास गर्ने जोकसैले कुनै पनि बहानामा बालश्रमिक राखेलाई नगरपालिकाबाट प्रदान गरिने सरकारी सेवा सुविधा नदिने बताउनुभएको छ । बालश्रम निषेध गराउन नगरपालिकाको सामाजिक विकास समितिले आयोजना गरेको सरोकारवालासँगको अभिमुखीकरण तथा अन्तक्र्रिया कार्यक्रममा नगरप्रमुख मलासीले नगरपालिकामा बालश्रमिक राख्ने कुरा ‘फेसन’को रुपमा अगाडि बढिरह...
गाउँपालिकाद्वारा प्याराग्लाइडिङ परीक्षण उडान

गाउँपालिकाद्वारा प्याराग्लाइडिङ परीक्षण उडान

खलङ्गा, ६ फागुन । न्यूपारा वल्र्ड प्राइभेट लिमिटेड पोखरा, कर्णाली एरोडाइनामिक रिसर्च सेन्टर जुम्ला र तातोपानी गाउँपालिकाद्वारा जुम्लामा प्याराग्लाइडिङ परीक्षण उडान शुरु गरिएको छ । सम्भाव्यता स्थानका लागि परीक्षण उडान शुरु गरिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा जुम्लाका विभिन्न स्थानमा परीक्षण उडान गरी सम्भावित स्थान खोजी गर्न अनुमति दिएअनुसार जुम्लाको तातोपानी गाउँपालिकाले पर्यटन ...
निरुता, उत्तम र दीलिप ‘दर्पण छायाँ’ को सिक्वेल बनाउँदै

निरुता, उत्तम र दीलिप ‘दर्पण छायाँ’ को सिक्वेल बनाउँदै

साल २००१ मा प्रदर्शनमा आएको सुपरडुपर हिट फिल्म ‘दर्पण छायाँ’ का हरेक दृश्यले दुई दशकपछि पनि दर्शकको दिमागमा उस्तै राज गरिरहेको छ । अहिले पनि यो फिल्म हेरिरहँदा नहाँस्ने र नरुने सायदै नहोलान् । निरुता सिंह, उत्तम प्रधान र दीलिप रायमाझीको जोडी विर्सन त झन् कसले पो सक्छ होला र ! तीनै स्टार्सको करिअरका लागि यो फिल्म कोशेढुंगा साबित भएको थियो । निर्देशक तुलसी घिमिरेले दुई दशकपछि ‘दर्पण छायाँ’ को लोक...
विश्वकप क्वालिफायर : नेपालको लक्ष्य ग्लोबल क्वालिफायर

विश्वकप क्वालिफायर : नेपालको लक्ष्य ग्लोबल क्वालिफायर

काठमाडौँ, ६ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला एशिया क्वालिफायर छनोट खेल मङ्गलबारदेखि थाइल्याण्डमा शुरु हुँदैछ । प्रतियोगिता एशियाली राष्ट्रका लागि सन् २०२० मा हुने टी–२० विश्वकप र २०२१ मा हुने ५० ओभरको विश्वकपका लागि शुरुआती खुड्किलो हो । प्रतियोगितामा एशियाका सात राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । आयोजक थाइल्याण्डसँगै नेपाल, युएई, मलेशिया, चीन, हङकङ र कुवेतले राउण्ड रोबिन ...
काँग्रेसमा कोइराला परिवारको चहलपहल : विरासत फर्काउन यसरी गर्दैछन् शक्ति आर्जन

काँग्रेसमा कोइराला परिवारको चहलपहल : विरासत फर्काउन यसरी गर्दैछन् शक्ति आर्जन

नेपालको राजनीतिमा सँधै केन्द्रमा रहँदै आएको कोइराला परिवारले गुमेको विरासत पुनःस्थापित गर्न सक्रियता बढाएको छ । राजनीतिमा कोइराला परिवारको उपस्थिति र प्रभाव कमजोर देखिएको बेला विगतको विरासत पुनः स्थापित गर्न कांग्रेसका महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्यद्वय डा. शेखर कोइराला र सुजाता कोइरालाले सक्रियता बढाएका हुन् । तत्कालिन पार्टी सभापति सुशील कोइरालाकोे निधनपछि ०७२ फागुन तेस्रो सात...
वेस्ट इन्डिजका बिस्फोटक ब्याट्सम्यान क्रिस गेलद्वारा सन्यासको घोषणा

वेस्ट इन्डिजका बिस्फोटक ब्याट्सम्यान क्रिस गेलद्वारा सन्यासको घोषणा

एजेन्सी । वेस्ट इन्डिजका बिस्फोटक ब्याट्सम्यान क्रिस गेलले एकदिवसीय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । गेलले आगामी मे ३० तारिखदेखि १४ जुलाई सम्म इङ्यान्डमा आयोजना हुने विश्वकप पछि एकदिवसीय क्रिकेटबाट सन्यास लिने घोषणा गरको हुन् । अलराउन्डर गेलको सन्यासको विषयमा वेस्ट इन्डिज क्रिकेट बोर्डले ट्वीट मार्फत सार्वजनिक गरेको हो । ३९ बर्षीय गेलले सन् १९९९ मा भारतविरुद्ध खेल्दै एकदिवसीय क्रिकेटमा ...
घडियाल गोहीको संरक्षणमा चुनौती

घडियाल गोहीको संरक्षणमा चुनौती

रत्ननगर, फागुन ६ ।  संसारमै दुर्लभ अवस्थामा रहेको घडियाल गोहीको संरक्षणमा चुनौती देखिएको छ । यसको संरक्षण गर्न चितवन राष्ट्रिय निकुञ्जले कसरामा ४० वर्षदेखि गोही प्रजनन केन्द्र स्थापना गरेको छ । निकुञ्जले प्रजनन केन्द्रमा गोही संरक्षण गर्दै आए पनि प्रकृतिमा छाडिएका गोहीको सङ्ख्यामा भने वृद्धि आउन सकेको छैन । निकुञ्जले वर्षेनी पाँच वर्ष उमेर पुगेका १५० वटाभन्दा बढी घडियालाई राप्ती, नारायणी तथा ब...
‘ट्वाइलेट पेपर’ सर्च गर्दा किन देखिन्छ गुगलमा पाकिस्तानको झण्डा ?

‘ट्वाइलेट पेपर’ सर्च गर्दा किन देखिन्छ गुगलमा पाकिस्तानको झण्डा ?

काठमाडौं । गुगलमा ‘बेस्ट ट्वाइलेट पेपर इन द वर्ल्ड’ सर्च गर्दा पाकिस्तानको झण्डा देखाउँछ । ट्वीटर, फेसबुक, इन्स्टाग्राम जस्ता बिभिन्न सामाजिक सन्जालहरुमा गुगलमा देखिएको यो गडबडीको स्क्रीन सट भाइरल भइरहेको छ । ट्वाइलेट पेपर सर्च गर्दा पाकिस्तानी झण्डाको अलावा यससँग सम्बन्धित बिभिन्न मिडिया रिपोर्ट पनि देखिन्छ । गुगलमा देखिएको यस्तो समस्या कहिले समाधान हुन्छ भन्ने कुराको जवाफ गुगलले दिएको छैन । ...
तेस्रो पटक थपिएको म्याद सकिँदा पनि बनेन्  साप्सु खोलामा निर्माणाधीन पक्की पुल

तेस्रो पटक थपिएको म्याद सकिँदा पनि बनेन् साप्सु खोलामा निर्माणाधीन पक्की पुल

खोटाङ, ६ फागुन । तेस्रो पटक थपिएको म्याद सकिँदा पनि खोटाङको रेग्मीटारस्थित साप्सु खोलामा निर्माणाधीन पक्की पुलको काम सम्पन्न भएको छैन । सगरमाथा राजमार्ग अन्तर्गत दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने ६५ मिटर लम्बाइको पक्की पुलको काम अझै पूरा हुन सकेको छैन । दिक्तेलबाट गाईघाट पुग्ने सबैभन्दा छोटो दूरीको सडक खण्डमा पर्ने पुलको ढलान गत कात्तिकमै गरिए पनि पुल र सडकलाई जोड्ने ग्याबिन पर्खाल हालसम्म बनाइए...
११ महिनामा ११५ किलोग्राम सुन बरामद

११ महिनामा ११५ किलोग्राम सुन बरामद

काठमाडौँ, ६ फागुन । नेपाल प्रहरीले पछिल्लो ११ महिनामा मात्रै विभिन्न स्थानबाट तस्करीको ११५ किलोग्राम तस्करीको सुन बरामद गरेको छ । केहि दिनअघि मात्रै कञ्चनपुरमा झण्डै २४ किलोग्राम सुन बरामद गरेको प्रहरीले त्यसअघि १० महिनामा विभिन्न स्थानबाट ९१ किलोग्राम सुन बरामद गरेको हो । यो अवधीमा सुन तस्करीमा संलग्न १३० जना पक्राउ समेत परेका छन् । तर पक्राउ पर्नेमा अधिकाशं भरिया वा विदेशबाट स्वदेश फर्किने का...
२०७५ फागुन ६ गते सोमबार/ आजको राशिफल

२०७५ फागुन ६ गते सोमबार/ आजको राशिफल

वि.सं. २०७५ साल फागुन ६ गते। सोमबार। इश्वी सन् २०१९ फेब्रुवरी १८ तारिख। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थितिअनुसार चल्न नसक्ता अलि दु:ख पाइनेछ। हतारको निर्णयले तत्काललाई काम रोकिन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। दिग...
‘लुट्न सके लुट’: युट्युवबाट हट्यो , माइतीघरमा घन्कियो

‘लुट्न सके लुट’: युट्युवबाट हट्यो , माइतीघरमा घन्कियो

काठमाडौँ, ५ फागुन । चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट’ बोलको व्यङ्यात्म गीत अहिले युट्युवबाट हटाइएको छ । भ्रष्टाचारको विषयवस्तुमा आयोजित उक्त गीत विवादमा तानिएपछि निर्माण पक्षले अहिललाई यो युट्युवबाट हटाएको हो । गीतमा प्रयोग भएका शब्दले राज्यको उच्च ओहदासम्म तरङ पैदा गरेको थियो । काम केही नगरेको, ठूला–ठूला भाषण मात्र गरेको, स्वर्ग जस्तो देशमा ‘यमराजको शासन’ जस्ता शब्द गी...
यस्ता छन् महका फाइदा

यस्ता छन् महका फाइदा

मह मन नपर्ने सायद कोही नहोला । परापूर्व खाल देखि नै मानिसहरुले महलाई खान मात्र नभई होइन स्वास्थ्य उपचारमा पनि प्रयोग गर्दै आएका छन् । कतिपयले यसलाई घाउमा प्रयोग गर्छन, कतिपय ज्वरोलाई सन्चो गराउँन, कतिले एसिडिटी तथा अन्य रोगहरुको उपचारमा पनि प्रयोग गर्दै आएका छन् । अहिले भने महले क्यान्सर मुटु रोग ठिक गर्ने, अल्सरको सम्भावना क मगर्ने , पाचन प्रक्रियालाई सजिलो बनाउने, रगतमा चिनीको मात्रा नियमन गर...
घुस लिएको अभियोगमा पक्राउ

घुस लिएको अभियोगमा पक्राउ

काठमाडौँ, ५ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुर बेलौरी नगरपालिका कार्यालयका सब–इञ्जिनीयर हृदयराज बजगाईंलाई रु ६० हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । बेलौरी नगरपालिकमा कलभर्ट निर्माण कार्य सम्पन्न भइसकेको ठेक्काको अन्तिम बिल फर फारक गर्ने प्रयोजनका लागि इञ्जिनीयर बजगाईंले घुस माग्दै गरेको भन्ने उजुरीका आधारमा आयोगको टोलीले आज कार्यालय परिसरबाटै पक्राउ गरेको हो । आरोपी बजग...
error: Content is protected !!