सिमेन्ट जफत गर्दा भिडन्त
रौतहट, १८ माघ । रौतहट जिल्लाको बंकुलबजारको नजिक भारतबाट अवैध रुपमा ल्याइरहेको सिमेन्ट प्रहरी चौकी, बंकुलले जफत गर्दा बुधबार स्थानीयवासी र प्रहरीबीच तनाव सिर्जना भयो ।
जिल्ला प्रहरी कार्यालय, रौतहटबाट थप टोली आएपछि स्थानीयवासीले प्रहरीमाथि ढुंगामुढा गर्दा प्रहरीले तीन राउण्ड हवाई फायर तथा लाठी चार्ज गरेपछि तितर बितर भएको थियो ।
जफत गरिएको ४० बोरा सिमेन्ट आवश्यक कारबाहीका लागि गौर भन्सार कार्य...


























