चर्चित अभिनेत्री श्रीदेवीको राजकीय सम्मानका साथ अन्त्यष्टी
मुम्बई, १७ फागुन । गत शनिबार निधन भएकी चर्चित भारतीय अभिनेत्री श्रीदेवीको बुधबार राजकीय सम्मानका साथ अन्त्यष्टी गरिएको छ ।
भारतीय शहर मुम्बइमा उहाँलाई हजारौँ प्रशंसकले अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि अन्त्यष्टी गरिएको हो । अन्त्यष्टीपूर्व निकालिएको शवयात्रामा हजारौँ प्रशंसक सहभागी भएका थिए ।
विशेष रूपमा सिङ्गारिएको एउटा ट्रकमा राखेर उहाँको शवलाई सात किलोमिटर टाढा रहेको अन्त्येष्टि स्थलमा लग...































