दुबई, १६ फागुन ।  दुबई प्रहरीले भारतीय चर्चित अभिनेत्री श्रीदेवी कपूरको शव उहाँकोे परिवारलाई हस्तान्तरण गरेको छ ।

परिवारलाई मृत शरीर हस्तान्तरण गर्नुपूर्व उहाँको मृत्युको मुद्दा दुबई प्रहरीले बन्द गरेको जनाएको थियो । सुरक्षित राख्ने आवश्यक उपाय गरेपछि उहाँको शवलाई अन्तिम संस्कारका लागि भारत लगिने छ ।

Advertisement

भारतीय सिनेमा जगतमा पहिलो प्रख्यात नायिका श्रीदेवीको शनिबार राति दुबईको एक सुविधासम्पन्न होटेलको कोठाभित्र निधन भएको थियो । 
“दिवङ्गत भारतीय नायिका श्रीदेवीको निधन होटलको एक ‘वाथ टब’मा एक्कासी बेहोस भएपछि डुबेर भएको ठहरिएकोे छ, विधि विज्ञान परीक्षणपछि दुबई प्रहरीको मुख्यालयले सोमबार सार्वजनिक गरेको रिपोर्टलाई उद्धृत गर्दै दुबईको सरकारी सञ्चार संस्था ‘गल्फ न्यूज’ले उल्लेख गरेको छ ।”

वलिउड नायिकाको पूरा नाम, राहदानी नं तथा निधन भएको मिति र मृत्युको कारण खुलाइएको विधिविज्ञान परीक्षण प्रतिवेदनमा संयुक्त अरब इमिरेट्स (युएई) सरकारको स्वास्थ्य मन्त्रालयको छाप तथा दुबईको रोग निरोधक औषधि विभागका निर्देशक तथा वरिष्ठ चिकित्सक सामी वाडीको हस्ताक्षर रहेको छ ।

उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन मानिसहरू श्रीदेवीको मुम्बईस्थित घरबाहिर व्यग्रताका साथ भेला भएका भारतीय टेलिभिजनले देखाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!