जापान सरकारको तीन करोड सहयोगमा बिद्यालय भवन निर्माण

जापान सरकारको तीन करोड सहयोगमा बिद्यालय भवन निर्माण

नुवाकोट, ३२ असार । जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा जापानी सहयोग नियोग (जाइका) मार्फत निर्माण गरिएको तादी गाउँपालिका–२ मैदानस्थित रालुका माध्यमिक विद्यालयको १६ कोठे भवन आइतबार समुदायलाई हस्तान्तरण गरिएको छ । तीन वर्षअघिको विनाशकारी भूकम्पले पूर्ण क्षति पु¥याएको विद्यालयको भवन रु तीन करोड ८९ लाख १७ हजार लगानीमा निर्माण गरिएको भूकम्प प्रतिरोधी पक्की भवन र विद्यालयका लागि आवश्यक पर्ने फर्नि...
छ दिनदेखि बेपत्ता युवतीको हत्या गरिएको अवस्थामा शव फेला

छ दिनदेखि बेपत्ता युवतीको हत्या गरिएको अवस्थामा शव फेला

भीमदत्तनगर, ३२ असार । छ दिनदेखि परिवारको सम्र्पकमा नरहेकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया कविता विष्टको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । कैलालीको गेटास्थित सरस्वती माविमा अध्ययनरत विष्ट गत मंगलबार अत्तरिया बजारमा किनमेलका लागि गएकी थिइन् । सामान किनमेलमा गएकी छोरी सम्र्पकमा नआएपछि आइतबार परिवारका अन्य सदस्यले गुलरिया प्रहरीमा खबर गरेका थिए । खबरपछि खोजीकार्यमा खटि...
कीर्ते नागरिकता बनाउने तीन जना पक्राउ

कीर्ते नागरिकता बनाउने तीन जना पक्राउ

बर्दिया, ३० असार । नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् । बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाएको छ । बडाध्यक्ष तुलप्रसाद गौतमले जन्मदर्ताका आधारमा नागरिकताकोे सिफारिश गरेका थिए ...
भारतीय भन्छन्– पोखराको अगाडि सिंगापुर, थाइल्याण्ड खल्लो

भारतीय भन्छन्– पोखराको अगाडि सिंगापुर, थाइल्याण्ड खल्लो

बनारस,  ३० असार । भारतीयहरुले सिंगापुर, थाइल्याण्ड भन्दा नेपाल आउने बाचा गरेका छन् । नेपाल पर्यटन बोर्डको सहयोगमा बनारस पुगेका पोखरेली पर्यटन व्यवसायीहरुसँग उनीहरुले सिंगापुर, थाइल्याण्डभन्दा नेपाल कयौं गुणा राम्रो भएको बताउँदै पर्यटक बनेर नेपाल आउने बाचा गरेका हुन् । पश्चिमाञ्चल होटल संघको ‘चलिए पोखरा’ अभियान लिएर बनारस पुगेका पर्यटन व्यवसायीहरुले शुक्रबार साँझ गरेको भारतीय पत्रकार तथा पर्यटन ...
पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरीफ र छोरी विमानस्थलबाटै पक्राउ

पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरीफ र छोरी विमानस्थलबाटै पक्राउ

काठमाडौँ, ३० असार ।  पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफ र उनकी छोरी मरियमलाई पक्राउ गरिएको छ । यूएईको आबुधाबीबाट आएको विमानमा लाहोर पुगेका बाबुछोरीलाई विमानस्थलबाट नै नेसनल एकाउन्टीबिलिटी ब्यूरो (एनएबी)का अधिकारीले हिरासतमा लिएको बीबीसीले जनाएको छ । एनएबीका अधिकारीका अनुसार शरीफले कारमा जान नमानेपछि विमानमा राखेर  शरीफ बाबुछोरीलाई विमानमा राखेर रावलपिन्डीको अडियाला जेलमा लगिएको हो । भ्रष...
दशौँ हजार बेलायती ट्रम्प विरोधी प्रदर्शनमा सहभागी

दशौँ हजार बेलायती ट्रम्प विरोधी प्रदर्शनमा सहभागी

संयुक्त अधिराज्य, २९ असार । बेलायतको राजधानी लण्डनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा आयोजना गरिएको प्रदर्शनमा शुक्रबार दशौँ हजार नागरिकले सहभागिता जनाएका छन् । बेलायतको यूरोपेली यूनियन (इयू)बाट हुने बहिर्गमन सम्बन्धमा ट्रम्पले बेलायती प्रधानमन्त्री टरिजा मेलाई आलोचना गरेपछि ट्रम्पको यस पूर्व तयभएको चार दिन लामो बेलायत भ्रमण नै तरङ्गीत हुने देखिएको छ । “ट्रम्पलाई पदबाट हटाऔँ,” “यो ट...
बिम्स्टेक सम्मेलनको तयारी तीव्र गतिमा

बिम्स्टेक सम्मेलनको तयारी तीव्र गतिमा

काठमाडौँ, २९ असार । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिम्स्टेक को चौथो शिखर सम्मेलन काठमाडौँमा गर्न नेपालले प्रस्ताव गरेको मितिमा सबै सदस्य राष्ट्रहरुबाट औपचारिक सहमति प्राप्त भएको छ । शिखर सम्मेलन आगामी भदौ १४ र १५ गतेको मितिमा सबै सदस्य राष्ट्रबाट औपचारिक सहमति प्राप्त भएसँगै सरकारले यसको तयारीलाई तीव्रगतिमा अघि बढाएको परराष्ट्र मन्त्रालयका सहप्रवक्ता रामबाबु ...
कडाइका साथ सुशासन र तीव्रताका साथ विकास: प्रधानमन्त्री

कडाइका साथ सुशासन र तीव्रताका साथ विकास: प्रधानमन्त्री

काठमाडौँ, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक आन्दोलनको चरण समाप्त भएकाले अब कडाइका साथ सुशासन र तीव्र्रताका साथ विकासमार्फत समृद्धितर्फको यात्रा शुरु भएको बताएका छन् । आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत् खण्ड कला साहित्य सम्मिलन २०७५ को आज यहाँ उद्घाटन गर्दै उनले भने, “भौतिक समृद्धि मात्र नभई...
पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफ शुक्रबार स्वदेश फर्किंदै, उनलाई पक्राउ गर्ने तयारी

पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफ शुक्रबार स्वदेश फर्किंदै, उनलाई पक्राउ गर्ने तयारी

इस्लामावाद, २९ असार । भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ शुक्रबार स्वदेश फर्किंदै छन । उनी बेलायतको लण्डन शहरबाट पाकिस्तानको लाहोरका लागि प्रस्थान गर्नुभएको छ । पूर्व प्रधानमन्त्री सरिफ शुक्रबार लाहोर विमानस्थलमा अवतरण गर्दै हुनुहुन्छ । लाहोरबाट प्राप्त समाचारमा जनाइएअनुसार उहाँलाई पक्राउ गर्ने हल्लाका कारण पनि यहाँको सुरक्षा व्यवस्था नि...
निजगढ विमानस्थलको निर्माण ढाँचा टुंगो लगाइँदै

निजगढ विमानस्थलको निर्माण ढाँचा टुंगो लगाइँदै

काठमाडौँ, २९ असार । सरकारले प्राथमिकताको पहिलो सूचीमा राखेको निजगढ विमानस्थलको निर्माण ढाँचा शीघ्र टुंगो लगाउने भएको छ । केही महिनाभित्रै निर्माण ढाँचाको टुंगो लगाएर निर्माण शुरु गर्ने लक्ष्यका साथ काम भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । सबै प्रक्रिया मिलाएर आगामी डेढ वर्षभित्रै निर्माण शुरु गर्ने तयारीमा सरकार रहेको छ । आगामी आर्थिक वर्षको बजेटमा सो विमानस्थलको न...
राष्ट्रपतिसँग फ्रान्सका राजदूतको बिदाइ भेट

राष्ट्रपतिसँग फ्रान्सका राजदूतको बिदाइ भेट

काठमाडौँ, २९ असार ।  राष्ट्रपति विद्यादेवी भण्डारीसँग आफ्नो अढाई वर्षे कार्यकाल पूरा गरी सेवाबाट निवृत्त हुन लाग्नुभएका नेपालका लागि फ्रान्सका राजदूत इभ्स कार्मोनाले आज राष्ट्रपति कार्यालयमा बिदाइ भेट गर्नुभयो । त्यस अवसरमा नेपाल–फ्रान्स सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । भेटमा नेपाल सरकार र यहाँस्थित फ्रान्सेली राजदूतावासका उच्च अधिकारीको उपस्थिति रहेको राष्...
डुबान बस्तीका बासिन्दाको अनिदोमै बित्यो रात

डुबान बस्तीका बासिन्दाको अनिदोमै बित्यो रात

भक्तपुर, २९ असार । हनुमन्ते खोला पसेर बितण्डा मच्चाएको बस्तीका बासिन्दाको रात अनिदोमै बितेको छ । भक्तपुर नगरपालिकाको जगाती, हनुमानघाट, बाराही क्षेत्र, सिर्जनानगर, सल्लाघारी, लिवाली क्षेत्रका बासिन्दा मात्र हैन मध्यपुरथिमि नगरपालिका क्षेत्रका कमेरोटार, राधेराधे क्षेत्र, एसएस चोक, शंखधर साख्वाः चोक, दक्षिण बाराही क्षेत्र र निकोसेरा, बालकोट, कौशल्टार सागबारीका डुबान बस्तीका पीडितले पनि अनिदोमै रात...
रूकुममा बस दुर्घटना, एकको मृत्यु, १६ घाइते

रूकुममा बस दुर्घटना, एकको मृत्यु, १६ घाइते

रुकुम २९ असार । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगामा आज दिउँसो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने १६ जना घाइते भएका छन् । मुसिकोट नगरपालिका– १ सल्लेबाट खलंगा तर्फ आउँदै गरेको ना ५ ख ६५१० नं को बस खलंगाको मूलखोलामा दुर्घटना भएको थियो । दुर्घटनामा परेर मुसिकोट नगरपालिका– १ छिङ्की अन्दाजी २५ वर्षीया सपना मल्ल भण्डारीको मृत्यु भएको प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीले जानकारी दिनुभ...
अझै तीन दिन देशभर वर्षा

अझै तीन दिन देशभर वर्षा

काठमाडौँ, २९ असार । मनसुन वर्षाको प्रभाव देशभरि नै रहेकाले अझै तीन दिनसम्म देशका अधिकांश भेगमा बदली र वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमानबारे आज विज्ञप्ति जारी गर्दै देशभरि नै बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो । आज दिउँसो देशभरि नै बदली रही देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्ष...
जापानमा वर्षाबाट मृत्यु हुने २०४ जना, प्रधानमन्त्री प्रभावित क्षेत्रमा

जापानमा वर्षाबाट मृत्यु हुने २०४ जना, प्रधानमन्त्री प्रभावित क्षेत्रमा

टोकियो, २९ असार । जापानमा भारी वर्षा र बाढीका कारण शुक्रबार बिहानसम्म २०४ जनाको मृत्यु भएको समाचार छ । जापान सरकारका प्रवक्ता यासिहिदे सुगाले शुक्रबार बिहान सो जानकारी गराउनुभएको छ । यसमा परेर २८ जना व्यक्ति हराइरहेका छन् । हराएकाहरुको अवस्था कैयौँ दिनदेखि अज्ञात नै रहेकोले उनीहरु जिवीतै रहने सम्भावना नरहेको पनि प्रवक्ता सुगाले जानकारी दिनुभयो । विशेषगरी जापानको मोतोयामा जिल्लामा बाढीको प्रको...
त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रको उत्पादन बन्द

त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रको उत्पादन बन्द

नुवाकोट, २९ असार । त्रिशूली जलविद्युत् केन्द्रमा मंगलबार अपराह्न लागेको आगोले पु¥याएको क्षतिको मर्मत गर्न अझै एक साता लाग्ने भएको छ । जलविद्युत् गृहबाट उत्पादित विद्युत्लाई टान्सफर्मरसम्म पु¥याउन प्रयोग गरिएको विद्युतीय तारमा जडान गरिएको बसबार र तीनवटा ब्रेकरमा आगोले क्षति पु¥याएपछि २१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् केन्द्र र १४ मेगावाटको देवीघाट जलविद्युत् केन्द्रको उत्पादन बन्द छ । विद...
चीनको औद्योगिक पार्कमा बिस्फोटः कम्तीमा १९ को मृत्यु

चीनको औद्योगिक पार्कमा बिस्फोटः कम्तीमा १९ को मृत्यु

काठमाडौँ, २९ असार । चीनको सिचुवान प्रान्तस्थित एक औद्योगिक पार्कमा बिस्फोट हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने १२ घाइते भएका छन् । चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले यसबारे जानकारी दिएका हुन् । स्थानीयलाई उद्धृत गर्दै रोयटर्सले दिएको जानकारी अनुसार यिबिन हेङ्डा टेक्नोलोजीले चलाएको रासायनिक भट्टीमा बिस्फोट भएको हो ।
बाजुरामा ४ रेक्टरको भूकम्प

बाजुरामा ४ रेक्टरको भूकम्प

बाजुरा २९ असार । बाजुरामा आज बिहान ८ः५८ बजे ४ दशमलव १ रेक्टरको भूकम्प गएको छ । भूकम्पमापन केन्द्रका भूकम्पविद् चिन्तन तिम्सेनाले जिल्लाको उत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिकाको कोल्टीदेखि पूर्वमा केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको जानकारी दिँदै सबैलाई सतर्क रहन आग्रह गरे । भूकम्प गएपछि सदरमुकामका बांसिन्दाले होहल्ला मच्चाएका थिए ।
६६ वर्षदेखि पालिएको विश्वकै लामो नङ्ग काटियो, म्युजियममा राखिने

६६ वर्षदेखि पालिएको विश्वकै लामो नङ्ग काटियो, म्युजियममा राखिने

काठमाडौँ, २९ असार । ‘तिनीहरूलाई बढाउन वर्षौँ लागेको थियो तर काट्नको लागि दुई मिनेट पनि लागेन ।’ बुधबार एउटा हातमा सबैभन्दा लामो नङ्गको लागि गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाएका भारतको पुणे निबासी श्रीधर चिल्ललले अन्ततः आफ्ना नङ्गहरु काटे । अझै ठ्याक्कै भन्ने हो भने अनुहारमा मुखौटा लगाएका एक प्राविधिकले   सावधानीपूर्वक नङ्गलाई हटाए । यो कार्य न्यूयोर्कमा विशेष कार्यक्रममा माझ सम्पन्न ग...
जासुसी क्यामेराबाट चोरी शिकारमा संलग्न पक्राउ

जासुसी क्यामेराबाट चोरी शिकारमा संलग्न पक्राउ

कञ्चनपुर, २९ असार ।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जासुसी क्यामेराको सहायताले चोरी शिकारमा संलग्नलाई पक्राउ गर्न थालेको छ । चोरी शिकार हुन सक्ने सम्भावित नाकामा क्यामेरा जडान गरी निकुञ्ज कार्यालयले संरक्षित वन्यजन्तु, दुर्लभ जडीबुटी र काठ तस्करी रोक्नका लागि काम अगाडि बढाएको छ । निकुञ्जका विभिन्न ठाउँमा क्यामेरा राखिएका छन् । क्यामेराले निगरानी बढाउन थालेपछि चोरी शिकारका घटना न्यूनीकरण गर्न ...
मृतक परिवारलाई एक लाख राहत

मृतक परिवारलाई एक लाख राहत

भक्तपुर, २९ असार । चाँगुनारायण नगरपालिका–७ मझुवामा बिहीबार बिहान आएको पहिराले टहरा पुरेर मृत्यु भएको लामा परिवारलाई तत्काल रु एक लाख राहत दिइने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले प्रकोपपीडित उद्धार र राहतसम्बन्धी मापदण्ड (छैटौँ संशोधन) २०७४ बमोजिम लामा परिवारलाई रु एक लाख राहत दिने निर्णय गरेको हो । टहरा पुरिँदा एकै परिवारका ७० वर्षीय हीरा लामा, ६५ वर्षीया पानमाया र साढे दुई वर्षीय...
पटना– पोखरा सीधा हवाई यात्रा सञ्चालन गर्न सुझाव

पटना– पोखरा सीधा हवाई यात्रा सञ्चालन गर्न सुझाव

पोखरा, २९ असार । पोखरेली पर्यटन व्यवसायीले विहार तथा आसपासका पर्यटकलाई गर्मी छल्न पोखरा आउन निम्तो दिएका छन् । पश्चिमाञ्चल होटेल संघको आयोजना एवं नेपाल पर्यटन बोर्ड पोखराको प्रवद्र्धनमा बुधबारदेखि शुरु ‘चलिए पोखरा’ अभियानसहित बिहीबार पटना पुगेको टोलीले पत्रकार भेटघाटमा गर्मी छल्नका लागि भारतीयको उपयुक्त गन्तव्य पोखरा हुने बताउँदै भारु तीन हजारदेखि १३ हजारसम्मको विवरण सार्वजनिक ग¥यो । नेपाल पर्...
जीप दुर्घटनामा परी सिन्धुपाल्चोकमा ५ जनाको मृत्यु

जीप दुर्घटनामा परी सिन्धुपाल्चोकमा ५ जनाको मृत्यु

चौतारा, २९ असार । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका सल्लेमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । मेलम्चीबाट भोताङ जाँदै गरेको लु १ च ९९९ नम्बरको जीप बिहीबार साँझ थाङपालकोट र थाङपालधापको सिमानामा पर्ने फ्याफुला डाँडामा दुर्घटना भएको थियो । तीन जनाको घटनास्थलमै र दुई जनाको उपचार गर्न लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा भोताङका ७५ वर्...
पक्राउ परेको १२ घण्टा नबित्दै गुण्डा नाइके दावा लामाका सहयोगी सांसद नबिना लामाको जमानीमा रिहा

पक्राउ परेको १२ घण्टा नबित्दै गुण्डा नाइके दावा लामाका सहयोगी सांसद नबिना लामाको जमानीमा रिहा

काठमाडौँ, २८ असार । गुण्डा नाईके दावा लामाका सहयोगी सत्यमान लामालाई महानगरीय प्रहरी परिसर काठमाडौंले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद नविना लामाको जिम्मा लगाएर रिहा गरेको छ । बिहिबार विहान काठमाडौंको बालुवाटारबाट पक्राउ परेका लामा साँझ प्रतिनिधी सभाकी सांसद नविना लामाको दबाबपछि रिहा भएका हुन् । नेपाल प्रहरीको ‘क’ बर्गको सूचीमा रहेका दावा लामाको ‘मुन्सी’को रुपमा काम गर्दै आएका सत्यमान ला...
बाढीले बगाउँदा एकको मृत्यु, चार घरमा क्षति

बाढीले बगाउँदा एकको मृत्यु, चार घरमा क्षति

बनेपा, २८ असार । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–११ स्थित बोहरेदोभानमा बाढीले बगाउँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबारदेखि निरन्तर परेको वर्षाका कारण खोलामा बाढी आएपछि आज बिहान पाँचखालस्थित झिगु खोला तर्नेक्रममा बगाउँदा सोही नगरपालिका–१२ का डोरनाथ कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले बताए । यसैबीच, बाढीका कार...
नेपाली सेनाद्वारा बाढीपहिरो पीडितको उद्धार

नेपाली सेनाद्वारा बाढीपहिरो पीडितको उद्धार

काठमाडौँ, २८ असार । अविरल वर्षाका कारण देशका विभिन्न स्थानहरूमा आएको बाढी तथा पहिरो पीडितहरूको जनधनको क्षतिको न्युनीकरण गर्न उपलब्ध स्रोत साधनलाई अधिकतम प्रयोग गरी नेपाली सेनाले उद्धार कार्य जारी राखेको छ । उद्धारका क्रममा आज विष्णुदल गण, धुलिखेलबाट खटिएको टोलीले काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–२, पुलबजारमा डुबानमा फसेका चारजनाको उद्धार गरेको तथा उक्त गण र फष्ट रेञ्जर बटालियनको डार्टसहि...
स्वतन्त्रता सेनानी पुरस्कारबाट दाहाल सम्मानित

स्वतन्त्रता सेनानी पुरस्कारबाट दाहाल सम्मानित

पाँचथर, २८ असार । यसवर्षको ‘स्वतन्त्रता सेनानी पुरस्कार’बाट नेपाल पत्रकार महासंघका पूर्वसभापति तारानाथ दाहाललाई सम्मान गरिएको छ । नेपाल पत्रकार महासंघ पाँचथर शाखाले आज फिदिममा आयोजना गरिएको समारोहमा उहाँलाई सो सम्मान प्रदान गरिएको हो । उक्त पुरस्कारको राशि रु २२ हजार २२२ तथा सम्मान पत्र रहेको छ । पत्रकारिताको माध्यमबाट नागरिक स्वतन्त्रताका लागि महत्वपूर्ण योगदान पु¥याउने पत्रकारहरुमध्ये महासंघ...
मनाङको फु खोलामा दुईजना बेपत्ता

मनाङको फु खोलामा दुईजना बेपत्ता

मनाङ, २८ असार । रोल्पा घर भएका शीतल पुनमगर र रमेश बुढामगर भोर्दिन खोला नजिकै फुखोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका छन् । नार्पाभूमि गाउँपालिका वडा नं ४ को वडा भवनमा ज्यामी काम गर्दै आएका १९ वर्षीय पुनमगर र २० वर्षीय बुढामगर गत असार २६ गते घरमा फोन गर्न भनी फुको क्याङ भन्ने ठाउँमा आउँदै गर्दा खोला तर्ने क्रममा खोलाले बगाएर उनीहरु बेपत्ता भएका हुन् । विसं २०७४ साल चैतमा ज्यामी काम गर्न म...
राष्ट्रिय परिचयपत्र यथाशीघ्र जारी गर्न प्रधानमन्त्रीको निर्देशन

राष्ट्रिय परिचयपत्र यथाशीघ्र जारी गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको एकीकृत र पूरा विवरण भएको राष्ट्रिय परिचयपत्र यथाशीघ्र जारी गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभएको छ । राष्ट्रिय परिचयपत्र नहुँदा सरकारी सेवा प्रवाहमा प्रभावकारिता नआउने भएकाले यस्तो परिचयपत्र चाँडो जारी गरी अपराधरहित समाज निर्माणमा लाग्न प्रधानमन्त्री ओलीले गृह मन्त्रालयलाई निर्देशन दिनुभएको प्रधानमन्त्री कार्यालयद्वारा जारी...
भक्तपुरका कैयौँ बस्ती डुबानमा, ३ को मृत्यु, १५ घर ढले

भक्तपुरका कैयौँ बस्ती डुबानमा, ३ को मृत्यु, १५ घर ढले

भक्तपुर, २८ असार । अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुरको चारैवटा नगरपालिका क्षेत्रमा विनाश निम्त्याएको छ । बाढीले कतिपय बस्ती डुबानमा पारे भने पहिरो र बाढीका कारण मानवीय क्षतिसमेत भए । घर, टहरा, गोठ, पशुपक्षी र चौपाया बगाइएको मात्र हैन हजारौँ बासिन्दा बिचल्लीमा परेका छन् । राति ३ बजेदेखि बस्तीमा पानी पस्न थालेको र बिहानसम्म घरबाहिर निस्कन नसकेपछि सुरक्षाकर्मीको टोली बिहानैदेख...
नाबालकदेखि ७६ वर्षीय वृद्धसम्म जबर्जस्ती करणीमा संलग्न

नाबालकदेखि ७६ वर्षीय वृद्धसम्म जबर्जस्ती करणीमा संलग्न

रोल्पा, २७ असार । रोल्पामा ११ वर्षीय नाबालकदेखि ७६ वर्षीय वृद्धसम्म जबर्जस्ती करणीमा संलग्न भएको पाइएको छ । यो प्रवृत्तिका कारण यहाँ २ देखि ५६ वर्ष सम्मका महिला जबर्जस्ती करणी तथा करणी उद्योगको शिकार बनेको जिल्ला प्रहरी कार्यालय रोल्पाको तथ्यांकले देखाउँछ । प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलका अनुसार यसरी भएका जबर्जस्ती करणी तथा करणी उद्योगका घटनामा उमेर पुगेका भन्दा उमेर नपुगेका बाल...
error: Content is protected !!