काठमाडौँ। कानुन मन्त्री शेरबहादुर तामाङको मन्त्री पद खोसिएको छ ।
बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुका विषयमा मन्त्री तामाङले दिएको गैरजिम्मेवार र आपत्तिजनक भाषणका कारण पद गएको हो । मन्त्री तामाङले भनेका थिए -‘हामीले हाम्रा चेलीहरुलाई पढ्नका लागि बंगलादेशमा पठाउँछौँ, तर उनीहरुले आफूलाई नसुम्पेसम्म सर्टिफिकेट प्राप्त गर्न सक्ने अबस्था छैन् ।’
कानुनमन्त्री तामाङले आफ्ना अभिव्यक्तिको बचाउ गर्दै माफी पनि मागे । तर, त्यो माफी पत्रले काम गरेन । अन्ततः नेकपाभित्र अत्यन्तै इमान्दार र सोझो मानिने तामाङको मन्त्री पद नै गयो ।
मन्त्री तामाङको अभिव्यक्तिले सरकार र पार्टीप्रति नै गलत सन्देश गएको भन्दै नेकपाका शीर्ष नेताहरुले उनलाई राजीनामा दिन निर्देशन दिएका थिए ।
भिडियो हेर्नुस्: