ब्राह्मण र दलित समुदायले एकैसाथ सामूहिक जमरा राखे

ब्राह्मण र दलित समुदायले एकैसाथ सामूहिक जमरा राखे

बेत्रावती, २४ असोज । दशैँ पर्वका अवसरमा नुवाकोटको बेलकोटगढी नगरपालिका बेलकोटगढीमा १३८ परिवारले आज सामूहिकरुपमा घटस्थापना गरी जमरा राखेका छन् । बेलकोटगढी नगरपालिका– १० स्थित नीरञ्जना भगवति मन्दिरमा बडादशैँका लागि ब्राह्मण र दलित समुदायले एकैसाथ सामूहिक जमरा राखेका हुन् । पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा विसं १८०१ मा नुवाकोटमाथि विजयी हासिल गरेपश्चात् शुरु भएको सामूहिक जमरा राख्ने परम्परा...
बंगलादेशमा १९ जना विरुद्ध मृत्युदण्डको फैसला

बंगलादेशमा १९ जना विरुद्ध मृत्युदण्डको फैसला

ढाका, २४ असोज । बंगलादेशको एक अदालतले सन् २००४ मा वर्तमान प्रधानमन्त्री शेख हसिनामाथि लक्षित एक आक्रमणका दोषी ठहरिएका १९ जनामाथि मृत्युदण्ड दिनेगरी फैसला गरेको छ । तत्कालीन विपक्षी दलकी नेतृ शेख हसिनाको ढाकामा आयोजित र्यालीमा ग्रिनेड आक्रमण गरिएको थियो । आक्रमणबाट शेख हसिना घाइते हुनुका साथै २० जना मारिएका थिए । तत्कालीन प्रधानमन्त्री खालेदा जियाका छोरा तारिक रहमान समेतका ४९ जना विरुद्ध उक्त आ...
हनुमान ढोकासहित देशभर घटस्थापना

हनुमान ढोकासहित देशभर घटस्थापना

काठमाडौँ, २४ असोज । हनुमानढोकास्थित दशैँ घरमा बिहान ७ः१५ को शुभ साइतमा वैदिक विधिपूर्वक घटस्थापना गरिएको छ । हनुमानढोकामा पुरातत्व विभागअन्तर्गतको दरबार हेरचाह अड्डाले दशैँ घरमा दियो, कलश र गणेश स्थापना गरी विधिपूर्वक घटस्थापना गरेको हो । घटस्थापनासँगै आज यहाँ राखिएको जमरा विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि प्रसादका रुपमा राष्ट्रपति कार्यालयमा लैजाने गरिन्छ । गणतन्त्र स्थापना हुनु अघि हन...
दिपिका भइन् ‘फेस अफ प्रान लिच्ची’

दिपिका भइन् ‘फेस अफ प्रान लिच्ची’

काठमाण्डौं, २३ असोज । नायिका दिपिका प्रसाईं बहुराष्ट्रिय कम्पनी प्रानको ‘फेस अफ प्रान लिच्ची’ घोषणा भएकी छन् । चलचित्र ऐश्वर्यबाट नेपाली फिल्ममा डेब्यू गरेकी नायिका प्रसाईंलाई राजधानीमा आज भएको कार्यक्रममा प्रानले यस्तो घोषणा गरेको हो । यो घोषणासँगै अब नायिका प्रसाईंले डेढ वर्षसम्म प्रान लिच्चीको बजार विकास र विस्तारमा काम गर्नेछिन् । प्रानका विज्ञापन, फोटो सुट, म्यूजिकल कार्यक्रम, सोसल मिडिया ...
विश्व हुलाक दिवस: चिठीपत्र घटे पनि पार्सल सेवा बढ्दो

विश्व हुलाक दिवस: चिठीपत्र घटे पनि पार्सल सेवा बढ्दो

काठमाडौँ, २३ असोज ।  कुनै बेला हुलाक सेवा सर्वसाधारणको मन मष्तिष्कमा हुन्थ्यो । सूचनाको एकमात्र माध्यम भएकाले हुलाकका कुनै कर्मचारी देख्दा नयाँ खबर आयो की झै लाग्थ्यो । सूचना र प्रविधिको विकाससँगै घट्दै गएको हुलाकको आकर्षण माथि उठ्न सकेको छैन । प्रविधि र समयको मागअनुसार चल्न नसक्दा नेपालको हुलाक सेवाप्रति सर्वसाधारणको आकर्षण घट्दो छ । विश्वमा हुलाकले उच्चस्तरीय सेवा प्रदान गरे पनि नेपालमा आवश्य...
अस्ट्रेलियामा नयाँ आप्रवासीलाई ग्रामीण क्षेत्रमा पठाइने

अस्ट्रेलियामा नयाँ आप्रवासीलाई ग्रामीण क्षेत्रमा पठाइने

सिड्नी, २३ असोज । अस्ट्रेलिया सरकारले प्रमुख शहरहरुमा मानिसको बढ्दो चापलाई ध्यानमा राखी आप्रवासीहरुलाई अस्थायी रुपमा क्षेत्रीय र ग्रामीण क्षेत्रहरुमा मात्र बस्न दिने नयाँ योजना घोषणा गरेको छ । बिशाल अस्ट्रेलियाको बस्ती छरिएर रहेको भएपनि अस्ट्रेलियाको जनसंख्या वृद्धिदर वार्षिक १।६ प्रतिशत रहेको छ । यो जनसंख्या वृद्धिदर आर्थिक सहयोग तथा विकास संगठन ओईसीडीमा आबद्ध मुलुकको तुलनामा सबैभन्दा बढी हो ।...
युक्रेनी हतियार भण्डारमा बिस्फोट, झण्डै १० हजार स्थानीयबासीलाई सुरक्षितस्थलमा सारियो

युक्रेनी हतियार भण्डारमा बिस्फोट, झण्डै १० हजार स्थानीयबासीलाई सुरक्षितस्थलमा सारियो

कीभ, २३ असोज । युक्रेनको उत्तरी भेगमा रहेको एक सैनिक हतियार भण्डारमा मङ्गलबार बिहानै भएको बिस्फोट र आगलागीका कारण झण्डै १० हजार स्थानीयबासीलाई सुरक्षितस्थलमा सारिएको छ । स्थानीय अधिकारीहरुले राजधानी कीभबाट करिब १७० किलोमिटर उत्तर इचन्या सहर नजिक भएको उक्त दुर्घटनाबाट कसैको मृत्यु वा घाइते भएको विवरण भने प्राप्त नभएको जनाएका छन् । युक्रेनी प्रधानमन्त्री भोलोडीमीर ग्रोइस्म्यानले ट्वीट गर्दै आफू उक...
चीनले दुईवटा रिमोट सेन्सिङ उपग्रह प्रक्षेपण ग¥यो

चीनले दुईवटा रिमोट सेन्सिङ उपग्रह प्रक्षेपण ग¥यो

चीन, २३ असोज । चीनले जिक्वान अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट दुईवटा रिमोट सेन्सिङ उपग्रह सफलतापूर्वक मङ्गलबार प्रक्षेपण गरेको छ । चिनीया अधिकारीहरुका अनुसार यी दुबै उपग्रहहरु लङ मार्च–२सी रकेटको प्रयोग गरी अन्तरिक्षमा प्रक्षेपण गरिएको हो । यी उपग्रहहरु इलेक्ट्रोम्याग्नेटिक वातावरण सर्भेक्षण र यससँग सम्बन्धित अन्य प्रविधि परीक्षणमा उपयोग गरिने छ । लङ मार्च रकेटको यो २८६औं अभियान हो ।
धमाधम कार्यसम्पादन सम्झौता गर्दै प्राधिकरणका कर्मचारी

धमाधम कार्यसम्पादन सम्झौता गर्दै प्राधिकरणका कर्मचारी

काठमाडौँ, २३ असोज । नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखी ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक केन्द्रका प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, सचिव एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष अनुपकुमार उपाध्याय र सञ्चालक भक्तबहादुर पुनको उपस्थितिमा नेपालगञ्ज क्षेत्रीय कार्यालयअन्तर्गतका वितरण केन...
अमेरिकालाई भड्किला कार्यहरु रोक्न चीनको आग्रह

अमेरिकालाई भड्किला कार्यहरु रोक्न चीनको आग्रह

बेइजिङ, २२ असोज । चीनका विदेशमन्त्री वाङ यीले आफ्ना अमेरिकी समकक्षी माइक पोम्पेओलाई चीन–लक्षित भड्किला कार्यहरु रोक्न आग्रह गर्नुभएको छ । चीनको विश्वव्यापी र घरेलु नीतिमाथि संयुक्तराज्य अमेरिकाले कटुतापूर्ण भत्र्सना गरेलगत्तै चीनको यस्तो प्रतिक्रिया आएको हो । बेइजिङमा अमेरिकी विदेशमन्त्री र चिनीया विदेशमन्त्रीबीच भएको वार्तामा दुवै नेताबीच एकअर्काका नीतिमाथि कडा आरोप–प्रत्यारोप भएको बताइएको छ ।...
दशैँमा यात्रु बोक्ने पुराना सवारी अनुगमन गरिने

दशैँमा यात्रु बोक्ने पुराना सवारी अनुगमन गरिने

काठमाडौँ, २२ असोज । दशैँका लागि लामो दूरीका सडकमा सार्वजनिक यातायातको संख्यामा कमी हुन थालेपछि वर्षौंदेखि ग्यारेजमा थन्किएका सवारी बसपार्कमा निकालिएको छ । यातायात व्यवस्था विभागले असोज २४ गते बुधबारदेखि देशभर जुन सवारी जहाँसुकै जान पाउने गरी ‘रुट परमिट’ खारेज गर्ने घोषणा गरिसकेको छ । वर्ष दिनसम्म विभिन्न पेशा व्यवसायमा संलग्न भई राजधानीलगायत ठूला शहरमा बसेका मानिस राष्ट्रिय पर्व मनाउन घर जाने त...
निर्मला हत्याकाण्ड: दुई प्रहरी निलम्वनमा

निर्मला हत्याकाण्ड: दुई प्रहरी निलम्वनमा

काठमाडौँ, २२ असोज । निर्मला पन्तको हत्याबारे अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी नायब निरीक्षक हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्वनमा परेका छन् । प्रहरी प्रधान कार्यालयले कञ्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया पन्तको हत्याबारे छानविन समितिको सिफारिशमा घटनास्थल अनुसन्धान अधिकृतका रुपमा खटिएका धामी र साउदलाई निलम्वन गरेको हो । प्रहर...
न्यूयोर्कमा भयानक सडक दुर्घटना: २० को मृत्यु

न्यूयोर्कमा भयानक सडक दुर्घटना: २० को मृत्यु

अमेरिका । अमेरिकाको न्यूयोर्कमा एक लिमोजिन दुर्घटनाग्रस्त भएको छ । पुलिसका अनुसार उक्त दुर्घटनामा २० को मृत्यु भएको छ । लिमोजिन एउटा लामो गाडी हो जसमा एकसाथ थुप्रै मानिसहरु सवार हुन सक्छन् । दुर्घटना शनिबार दिउँसो शोहारी शहरमा भयो । दुर्घटनाग्रस्त लिमोजिन मानिसहरुलाई लिएर एउटा पार्टीमा गइरहेको थियो । गाडीमा सवार सबैको मृत्यु भएको छ भने दुई पैदलयात्रुलाई समेत गाडीले किचेको छ । प्रत्यक्षदर्शीका ...
पशुबलि रोक्न ‘देशव्यापी अभियान’

पशुबलि रोक्न ‘देशव्यापी अभियान’

काठमाडौँ, २२ असोज । बडादशैँका बेला शक्तिपीठमा हुने पशुबलि रोक्न ७७ वटै जिल्लामा अभियान शुरु गरिएको छ । नवजीवन परोपकार सामाज, मानव कल्याण समाज, बौद्ध निङमा सङ्घ, श्रीकृष्ण प्रणामी युवा परिषद्, अहिंसाप्रेमी शाहाकारी समाजलगायत २८ वटा सामाजिक सङ्घसंस्थाका पहलमा शक्तिपीठ तथा कोतघरमा दशैँका बेलामा हुने बलि रोक्न माग गर्दै अभियान शुरु गरिएको नवजीवन परोपकार सामाजका अध्यक्ष दुर्गानाथ दाहाल बताउनुहुन्छ ।...
काठमाडौँ–लुम्बिनी पर्यटकीय बस सञ्चालन

काठमाडौँ–लुम्बिनी पर्यटकीय बस सञ्चालन

काठमाडौँ, २२ असोज । ट्राभल नेपाल बस सर्भिसेज प्रालिले पहिलोपटक काठमाडौँदेखि मुलुकको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनीसम्म पर्यटकीय बस सञ्चालनमा ल्याएको छ । यसअघि काठमाडौँ–पोखरा बस सञ्चालन गरेको ट्राभल नेपालले आज बिहानदेखि काठमाडौँ–सुनौली हुँदै लुुम्बिनीसम्म बस सञ्चालनमा ल्याएको हो । ट्राभल नेपालले यसअघि नै लुम्बिनी बस सञ्चालन गर्ने भनेपनि मुग्लिङ–नारायणघाटको बाटो र पूर्वाधारका कारण सञ्चालन गर्न ...
निर्मला हत्या प्रकरणः अनुसन्धान जारी,उपलब्धि शून्य

निर्मला हत्या प्रकरणः अनुसन्धान जारी,उपलब्धि शून्य

भीमदत्तनगर, २२ असोज । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सुक्ष्म अनुसन्धानमा खटिएको प्रहरीले हालसम्म घटनामा संलग्न दोषीलाई कारवाहीको दायरामा ल्याउनसकेको छैन । गत साउन १० गते साथीको घरबाट स्कूलको गृहकार्य सकेर घर जाँदै गरेकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो । मुलुककै ध्यान कञ्चनपुरमा केन्द्र...
निर्मला पन्त हत्याकाण्डसम्बन्धी प्रतिवेदन सार्वजनिक, अभियुक्तको पहिचान अझै भएन

निर्मला पन्त हत्याकाण्डसम्बन्धी प्रतिवेदन सार्वजनिक, अभियुक्तको पहिचान अझै भएन

काठमाडौँ, २२ असोज । सरकारले कञ्चनपुरका १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको सम्बन्धमा गठित छानबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गरेको छ । गृह मन्त्रालयले आज साँझ सो प्रतिवेदन सार्वजनिक गरेको हो । गृहमन्त्री रामबहादुर थापाले मन्त्रिस्तरीय निर्णय गरी गत भदौ ७ गते पाँच सदस्यीय छानबिन समिति गठन गर्नुभएको थियो । समितिमा गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा...
भारतीय प्रधानमन्त्री मोदी जन्ती भएर जनकपुर आउँदै

भारतीय प्रधानमन्त्री मोदी जन्ती भएर जनकपुर आउँदै

काठमाडौं, २१ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंसिर २६ गते जनकपुर आउने भएका छन् । नेपाल भारत जोड्ने एकमात्र रेल जनयनगर–जनकपुर रेलको उद्घाटन गर्न प्रधानमन्त्री मोदी जनकपुर आउने भएका हुन् । पशुपतिको यात्रा सिध्राको व्यापार भनेझै प्रधानमन्त्री मोदी रेलको उद्घाटन गर्नुको साथै जनकपुरमा हुने विवाहपञ्चमीमा पनि सहभागी हुने गरी आउन लागेको भारतीय दूतावास स्रोतले जनाएको छ । भारतबाट उनी बराती (जन्...
इन्डोनेसियाको भूकम्प र सुनामीबाट बेपत्ता हुने अझै पाँच हजार

इन्डोनेसियाको भूकम्प र सुनामीबाट बेपत्ता हुने अझै पाँच हजार

इन्डोनेसिया, २१ असोज । इन्डोनेसियाको पालुमा अघिल्लो साता आएको भूकम्प र सुनामीबाट हराइरहेका मानिसको संख्या पाँच हजारसम्म पुग्न सक्ने सरकारी अधिकारीहरुले बताएका छन् । इन्डोनेसियाको प्रकोप नियन्त्रण संस्थाका अनुसार भूकम्प र सुनामीका कारण हालसम्म मृत्यु भएका एक हजार ७६३ जनाको शव भेटिएको छ । गत सेप्टेम्बर २८ मा सुलावेशी टापुलाई लक्षित गरी ७.५ म्याग्नीच्यूडको भूकम्प जानुका साथै पालुमा सुनामीले व्यापक...
अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभाना नियुक्त

अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभाना नियुक्त

वासिङ्टन, २१ असोज । विरोधका बीच अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभाना नियुक्त हुनुभएको छ । अमेरिकी संसदमा भएको मतदानमा क्याभानाको नियुक्तिको पक्षमा ५० र विपक्षमा ४८ मत परेको थियो । न्यायाधीश क्याभानाको संसदीय अनुमोदन लगत्तै सर्वोच्च अदालतमा आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ गराइएको छ । सर्वोच्च अदालतमा उक्त समारोह चलिरहँदा बाहिर क्याभानाको विपक्षमा रहेकाहरुले नाराबाजी गरेका थि...
हइटीमा शक्तिशाली भूकम्प, कम्तीमा १० जनाको मृत्यु

हइटीमा शक्तिशाली भूकम्प, कम्तीमा १० जनाको मृत्यु

मेक्सिको सिटी, २१ असोज । हैटीमा शनिबार राति गएको ५.९ म्याग्नीच्यूडको भूकम्पका कारण कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् । एकजना सरकारी प्रवक्ताले भूकम्प आएलगत्तै आपतकालीन उद्धार टोली खटाइएको जानकारी दिएका छन् । स्थानीय समयअनुसार राति ८ बजेर १० मिनेट जाँदा भूकम्प गएको थियो । अमेरिकी भूगर्भ सर्भेका अनुसार पोर्ट–डि–पाइक्स सहरबाट २० किलोमिटर उत्तरपश्चिममा जमिनको सतहबाट करिब ...
वातावरण संरक्षणमा सिङ्गो समाज नै अग्रसर हुनुपर्छ: राष्ट्रपति

वातावरण संरक्षणमा सिङ्गो समाज नै अग्रसर हुनुपर्छ: राष्ट्रपति

काठमाडौँ, २१ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरण संरक्षण, संवद्र्धन र व्यवस्थापनमा सिङ्गो समाज नै अग्रसर हुनुपर्ने बताउनुभएको छ । एकीृकृत पर्वतीय विकास लागि अन्तर्राष्ट्रिय केन्द्रको सहयोगमा वन तथा वातावरण मन्त्रालय, वातारण विभागद्वारा यहाँ आज आयोजित ‘वातावरण सम्मेलन–२०७५’ को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले बढ्दो जनसङ्ख्या र शहरीकरणका कारण फोहरमैला व्यवस्थापनमा कठिनाइ आइपर्दा वाता...
लुम्बिनी बौद्ध विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरकै बौद्ध अध्ययन केन्द्र बनाउनुपर्ने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरकै बौद्ध अध्ययन केन्द्र बनाउनुपर्ने

काठमाडौँ, २१ असोज । विसं २०६१ मा स्थापना भएको लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापनाको छोटो समयमा प्रकाण्ड बौद्धविद्धान उत्पादन गर्ने महत्वपूर्ण केन्द्रको रूपमा अघि बढेको छ । सरकारबाट सो विश्वविद्यालय स्थापना भएको लामो अवधिसम्म पनि एउटा सानो भवनबाट सञ्चालन भई आएको र थोरै बजेटका बाबजुद पनि यो विश्वविद्यालय १४ वर्षको अवधिमा बौद्धधर्म अध्ययन गरी विद्यावारिधि गर्नेको सङ्ख्या १८ पुगेको छ भने ९३ जनाले ...
कक्षा ११ को परीक्षाफल प्रकाशित, यसरी हेर्नुहोस् नतिजा

कक्षा ११ को परीक्षाफल प्रकाशित, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ, २० असोज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा सार्बजनिक गरेको छ । परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार नतिजा प्रकाशनका लागि सुरु भएको बोर्ड बैठक केहि बेर अगाडी सम्पन्न भएको छ/ बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार नियमिततर्फ ३,३२,८९१ अक्षराङ्कन पद्धतीमो आंशिकतर्फ १,७६,०९५ र अंक प्रणालीमा ३९,५०५ विद्यार्थीले परीक्षामा सहभागि भएका थिए । परीक्षा...
दक्षिण कोरियाली पूर्व राष्ट्रपति लीलाई १५ वर्षको जेल सजाय

दक्षिण कोरियाली पूर्व राष्ट्रपति लीलाई १५ वर्षको जेल सजाय

सिओल । दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्युङ बाकलाई पदमा हुँदा भ्रष्टाचार र शक्तिदुरुपयोग गरेको ठहर गर्दै यहाँको एक अदालतले १५ वर्षको जेल सजाय सुनाएको छ । घुस लिएको, आर्थिक हिनामिना गरेको र शक्तिदुरुपयोग गरेको अभियोग प्रमाणित भएको भन्दै अदालतने उहाँलाई झन्डै एक करोड १५ लाख डलर जरिवाना तिर्न आदेश गरेको छ । सन् २००८ देखि २०१३ सम्म दक्षिण कोरियाली सत्ता सम्हालेका ७६ बर्षीय लीले आफूविरुद्ध लगा...
जुवा अखडामा प्रहरीकाे छापा, छतबाट हाम फालेर भाग्न खाेज्ने २ जनाकाे मृत्यु

जुवा अखडामा प्रहरीकाे छापा, छतबाट हाम फालेर भाग्न खाेज्ने २ जनाकाे मृत्यु

साँखु, काठमाडौँ, २० असोज । कागेश्वरी मनहरा–६ स्थित जुवा खेलाइरहेको एक भवनको तेस्रो तल्लाबाट हाम फालेर भाग्न खाेज्ने २ जनाकाे  शुक्रबार राति उपचारका क्रममा बि एण्ड बी अस्पतालमा मृत्यु भएको छ । काठमाडौँ महानगरीय प्रहरी परिसरले राति १० बजेको समयमा जुवाखालमा छापा मारेको थियो । घर बाहिरको च्यानल गेटमा ताला लगाएर जुवा खेलाइएकोे टेण्डी शेर्पाको घरमा प्रहरीले छापा मार्दा भाग्ने क्रममा स्थानीय ४१ वर्षीय...
‘सरकारको प्रतिपक्षी भनेकै गरिबी हो’: मुख्यमन्त्री शाही

‘सरकारको प्रतिपक्षी भनेकै गरिबी हो’: मुख्यमन्त्री शाही

सुर्खेत, २० असोज । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारको प्रतिपक्षी भनेकै गरिबी भएको बताएका छन् । कालीकोट जिल्ला समन्वय समितिद्वारा शुक्रबार आयोजित ‘मुख्यमन्त्रीसँग जनप्रतिनिको भेटघाट तथा अन्तक्र्रिया’ कार्यक्रममा उनले स्थानीय तथा प्रदेश तहको विकासमा मुख्य बाधक गरिबी नै भएकाले र यसविरुद्ध जुध्नु हामी सबैको साझा दायित्व भएको बताए । मुख्यमन्त्री शाहीले भने, “गरिबी बिर...
मङ्सिरदेखि अनिवार्यरुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने

मङ्सिरदेखि अनिवार्यरुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने

काठमाडौँ, २० असोज । काठमाडौँ उपत्यकामा सञ्चालित माइक्रोबसका चालक तथा सहचालकले मङ्सिर १ गतेदेखि अनिवार्यरुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने भएको छ । शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखामा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको टोलीसँग बसेको बैठकले मङ्सिर १ गतेदेखि अनिवार्यरुपमा उक्त ज्याकेट लगाउनुपर्ने निर्णय गरेको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले चालक...
कक्षा ३ मा ३ विद्यार्थी !

कक्षा ३ मा ३ विद्यार्थी !

पाल्पा, १९ असोज । रिब्दीकोट गाउँपालिका– २, डुम्रेपोखरास्थित गाउँले प्राविमा कक्षा ३ मा तीन विद्यार्थीका भरमा कक्षा सञ्चालन हुँदै आएको छ । कक्षा ३ मा अध्ययन गर्ने विद्यार्थी पुन रुचाल, एजु सारु र सिर्जना रुचाल हुन् । विद्यार्थी नियमित हुन नसक्दा कहिले एक त कहिले दुई मात्र विद्यार्थीलाई पढाउन शिक्षक बाध्य हुन्छन् । कक्षा ३ सम्म पठनपाठन हुने सो विद्यालयमा १२ विद्यार्थी छन् । कक्षा १ मा पाँच र कक्षा ...
विश्वमै अत्यन्त विलासी जीवनशैली भएकी महिलाको रुपमा चिनिएकी पुर्वप्रधानमन्त्रीकी श्रीमतीलाई १७ आरोप

विश्वमै अत्यन्त विलासी जीवनशैली भएकी महिलाको रुपमा चिनिएकी पुर्वप्रधानमन्त्रीकी श्रीमतीलाई १७ आरोप

क्वालालमपुर, १८ असोज । विश्वमै अत्यन्त विलासी जीवनशैली भएकी महिलाको रुपमा चिनिएकी मलेसियाका एक जना पूर्वप्रधानमन्त्रीकी श्रीमतीलाई भ्रष्टाचार गरेको आरोप लागेको छ । पुर्वप्रधानमन्त्री नाजिब रजाककी श्रीमती रोस्मा मनसुरलाई भ्रष्टाचार नियन्त्रण सम्वन्धी निकायले १७ ओेटा आरोप लगाएको हो । पूर्ववर्ती सरकारकी प्रभावशाली महिला मनसुरले करोडौ अमेरिकी डलर बराबरको कालोधनलाई आफ्नो बनाएकोलगायतका आरोपहरू लगाइएक...
‘को बन्छ करोडपति’ कार्यक्रम प्रसारण हुने

‘को बन्छ करोडपति’ कार्यक्रम प्रसारण हुने

काठमाडौँ, १८ असोज । भारतीय टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’को नेपाली संस्करण ‘को बन्छ करोडपति’ आगामी छठपर्वपछि प्रसारण हुने भएको छ । एसआरविएन मिडिया प्रालिले आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी नेपाली पन झल्कने गरी प्रसारण गर्न लागिएकोे सो कार्यक्रमका संयोजक विपिनकुमार आचार्यले जानकारी दिनुभयो । नायक राजेश हमालले कार्यक्रमलाई अन्तर्राष्ट्रिय मापदण्ड कायम गरी नेपाली स्वाद दिनु जरुरी रह...
error: Content is protected !!