एकीकृत सम्पत्ति कर खारेज गर्न माग

एकीकृत सम्पत्ति कर खारेज गर्न माग

भक्तपुर, २० भदौ । नेपाली काँग्रेस भक्तपुरले आज एकीकृत सम्पत्ति कर खारेज गर्न माग गर्दै सूर्यविनायक नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । नगरपालिकाले एकीकृत सम्पत्ति कर लगाएको र अन्य विषयगत कर लगाएर जनतालाई असर परेको भन्दै काँग्रेस जिल्ला सभापति दुर्लभ थापाको नेतृत्वमा ¥यालीसहित गएको टोलीले नगर प्रमुख वासुदेव थापालाई ज्ञापन पत्र बुझाएको हो । नगरपालिकाले दोहोरो कर लगाएको भन्दै एकीकृत सम्पत्ति कर ...
न्यूरोडमा ५ सय गाडी अट्ने ‘स्मार्ट पार्किङ’

न्यूरोडमा ५ सय गाडी अट्ने ‘स्मार्ट पार्किङ’

काठमाडौँ, २० भदौ । काठमाडौँ महानगरपालिकाले न्यूरोडमा एकै पटक ५०० वटा सवारी अट्ने ‘स्मार्ट पार्किङ’ बनाउने भएको छ । महानगरले स्मार्ट र स्थानीयले अपनत्व बोध गर्न सक्ने खालको पार्किङ भवन बनाउन इच्छा राख्ने कम्पनीले एकल वा संयुक्तरुपमै आवेदन दिन बोलपत्र आव्हान गरेको छ । उक्त पार्किङ भवन सात तलाको हुनेछ । प्रवेश मार्गमा ३० प्रतिशत हरियाली तथा सौन्दर्यीकरण हुनुपर्ने प्रावधान छ । कूल क्षेत्रफलको २५ प...
भोजपुरमा आमा बलात्कार गर्नेलाई जन्मकैदको फैसला

भोजपुरमा आमा बलात्कार गर्नेलाई जन्मकैदको फैसला

भोजपुर, २० भदौ । आफ्नै आमा बलात्कार गर्ने छोरालाई जिल्ला अदालत भोजपुरले जन्मकैदको फैसला सुनाएको छ । आमालाई बलात्कार गरेको अभियोगमा साल्पासिलिछो गाँउपालिका दोभानेका २७ बर्षीय एक व्यक्तिलाई अदालतले २७ वर्ष कैद सजाए सुनाएको हो । गत असार ३ गते राति आफ्नै ६२ वर्षीय आमालाई पटक–पटक बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो । जिल्ला न्यायाधीस हरिश्चन्द्र इङ्गनामको इजालसले उनलाई २७ बर्षको कैद फैसल...
जापानमा आँधीबाट ९ जनाको मृत्यु, अमेरिकामा पनि आँधीको त्रास

जापानमा आँधीबाट ९ जनाको मृत्यु, अमेरिकामा पनि आँधीको त्रास

टोक्यो, २० भदौ । विगत पच्चीस वर्ष यताकै सबैभन्दा ठूलो मानिएको सामुद्रिक आँधीका कारण बुधबारसम्म जापानमा नौ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले बताएका छन् । यहाँको प्रमुख विमानस्थलमा भएको ठूलो क्षतिका कारण हजारौं मानिस अलपत्र परेका छन् । जेबी नाम दिइएको आँधी मङ्गलबार दिउँसो जापानको पश्चिमी तटीय क्षेत्रमा प्रवेश गरेको थियो । ठूलो वर्षा सहित आएको सो आँधीको गति २१६ किलोमिटर प्रतिघण्टा रहेको स्थानी...
रोनाल्डो, सलाह र मोड्रिच फिफा सर्वोत्कृष्ट खेलाडीमा मनोनीत, मेस्सी हिस्स

रोनाल्डो, सलाह र मोड्रिच फिफा सर्वोत्कृष्ट खेलाडीमा मनोनीत, मेस्सी हिस्स

लन्डन, २० भदौ । प्रतिभावान फुटबल खेलाडी क्रिस्टियँनो रोनाल्डोको नाम लुका मोड्रिच र मोहम्मद सलाहको नामसँगै फिफा वर्ष खेलाडीको उपाधीका लागि छनोट हुँदा उनका चीर प्रतिद्वन्द्वी लियोनेल मेस्सीको नाम भने एक दशक यता पहिलो पटक छुटेको छ । यस उपाधीमाथि मेस्सी र रोनाल्डोले पछिल्लो दशकमा एकछत्र राज गर्दै आएकोमा बार्सिलोनाका यी नामुद खेलाडी मेस्सीको नाम भने सन् २००६ यता पहिलो पटक अन्तिम तीनको सूचीमा छैन । प...
बिम्स्टेक मुलुकबीच सैन्य अभ्यासको निर्णय भएको छैन: मन्त्री ज्ञवाली

बिम्स्टेक मुलुकबीच सैन्य अभ्यासको निर्णय भएको छैन: मन्त्री ज्ञवाली

काठमाडौँ, २० भदौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथोसम्मेलनको कुनै पनि संयन्त्रमा आपसी सैन्य अभ्यास गर्ने भन्ने विषय समावेश नभएको बताउनुभएको छ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सम्मेलनबाट पारित विषयबारे जानकारी गराउँदै मन्त्री ज्ञवालीले बाहिर सञ्चारमाध्यममा आएजस्तो बिम्स्टेक मुलुकका सैनि...
स्वीट्जरल्याण्डद्वारा नेपाल सरकारलाई दुई अर्ब सहयोग

स्वीट्जरल्याण्डद्वारा नेपाल सरकारलाई दुई अर्ब सहयोग

काठमाडौँ, २० भदौ । सुरक्षित आप्रवासन परियोजना सामी (तेस्रो चरण) कार्यान्वयन गर्न नेपाल सरकारलाई स्वीट्जरल्याण्ड सरकारले रु दुई अर्ब अनुदान सहयोग प्रदान गर्ने भएको छ । अर्थमन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थसचिव डा राजन खनाल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भन क्यापिलर ओस्वाल्डले सो सहयोगसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । चारवर्षे सो परियोजना १६ सेप्टेम्बर २०१८ देखि कार्...
साफ च्याम्पियनसिप फुटबल: नेपाल र भुटानबीच प्रतिस्पर्धा हुने

साफ च्याम्पियनसिप फुटबल: नेपाल र भुटानबीच प्रतिस्पर्धा हुने

काठमाडौँ, २० भदौ । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा भोलि बिहीबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ । बङ्गलादेशमा जारी उक्त प्रतियोगिताको अघिल्लो चरण प्रवेशका लागि पनि नेपाललाई भुटानविरुद्धको खेल जित्नै पर्ने दबाब छ । खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे ढाकाको बङ्गबन्धु नेशनल स्टेडियममा हुनेछ । उपाधि जित्ने लक्ष्यका साथ बङ्गलादेश पुगेका नेपाली टोली अहिलेसम्म सा...
नेपालकै अग्लो मनाङको झोलुङ्गे पुल

नेपालकै अग्लो मनाङको झोलुङ्गे पुल

मनाङ, २० भदौ । मनाङको नाशोङ गाउँपालिका–२ नाचे गाउँ र वडा नं ५ को थोंचे गाउँ जोड्न ड्रोनाखोलामा निर्माण गरिएको ताम्राङ पुल नेपालकै अग्लो भएको प्राविधिकले दाबी गरेका छन् । खोलाको पानीको सतहदेखि ४१२ मिटर उचाइमा रहेको यस पुलको लम्बाई १३५ मिटर रहेको छ । केही दिनअघि नाशोङ गाउँपालिकाका इञ्जिनीयर सुभास पाण्डेयलगायतका टोलीले नाप जाँच गरेपछि पुलको वास्तविक उचाइ पत्ता लागेको हो । चार वर्षअघि नै पुल निर्मा...
बलात्कार आरोपमा मिठार्इ पसले पक्राउ

बलात्कार आरोपमा मिठार्इ पसले पक्राउ

बनेपा, २० भदौ । इलाका प्रहरी कार्यालय बनेपाले किशोरी बलात्कार आरोपमा स्थानीय मिठाई पसलका सञ्चालकलाई पक्राउ गरेको छ । आफ्नै पसलमा काम गर्ने १७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा धुलिखेल–११ घर भई बनेपा, त्रिभुवनचोकमा अरनिको हाइवे स्विट्स एन्ड चाट हाउस सञ्चालन गर्दै आएका २५ वर्षीय रामशरण हुमागाईं पक्राउ परेका हुन् । पीडित किशोरीले दिएको जाहेरीका आधारमा उनलाई सोमबार साँझ पक्राउ गरिए...
सुत्केरीको मृत्युपछि तनाव, आफन्त आन्दोलनमा

सुत्केरीको मृत्युपछि तनाव, आफन्त आन्दोलनमा

पाँचथर, २० भदौ । सुत्केरीको मृत्यु भएपछि यहाँको एउटा स्वास्थ्यचौकीमा तनाव भएको छ । याङवरक गाँउपालिका–३ स्थित स्वास्थ्य चौकीमा सुत्केरीको मृत्यु भएपछि आफन्त आन्दोलनमा उत्रेका छन् । उनीहरुले चिकित्सकको लापर्बाहीका कारण सुत्केरीको मृत्यु भएको आरोप लगाएका छन् । याङवरक गाँउपालिका–३ का सुत्केरी गीता देवान सेलिङको आइतबार स्वास्थ्यचौकीमा मृत्यु भएको थियो । मृतकका आफन्त सन्तोष सेलिङका अनुसार सुत्केरीलाई ...
पाकिस्तानको राष्ट्रपतिमा आरिफ अल्भी निर्वाचित

पाकिस्तानको राष्ट्रपतिमा आरिफ अल्भी निर्वाचित

इस्लामाबाद, २० भदौ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको दल तेहरिक–ए–इन्साफका तर्फबाट उम्मेदवार हुनुभएका आरिफ अल्भी पाकिस्तानको नयाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । पाकिस्तानको दुबै संसद तथा चारवटा प्रान्तीय सभाका सांसदहरुले राष्ट्रपतिका लागि मङ्गलबार मतदान गरेका थिए । पाकिस्तानमा हाल मामून हुस्सैन राष्ट्रपतिमा हुनुहुन्छ । पाकिस्तानको निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनको परिणाम बुधबार...
कर्मचारी बढुवाको आधार : ९० प्रतिशत ज्येष्ठता, १० प्रतिशत क्षमता

कर्मचारी बढुवाको आधार : ९० प्रतिशत ज्येष्ठता, १० प्रतिशत क्षमता

काठमाडौँ, २० भदौ ।  कर्मचारीको बढुवा क्षमताभन्दा बढी उमेरका आधारमा गर्ने तयारीमा सरकार लागेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको संघीय निजामती सेवा ऐनको मस्यौदामा ९० प्रतिशत बढुवा ज्येष्ठताका आधारमा र १० प्रतिशत मात्रै आन्तरिक प्रतिस्पर्धामा गर्ने व्यवस्था राखिएको हो । सरकारको यस्तो निर्णय निजामती प्रशासनको भविष्यका लागि घातक हुने भन्दै कर्मचारीहरूले आपत...
सी चिनफिङद्वारा अफ्रिकालाई ६० अर्ब डलर सहयोगको घोषणा

सी चिनफिङद्वारा अफ्रिकालाई ६० अर्ब डलर सहयोगको घोषणा

बेइजिङ, चीन। अफ्रिकामा अत्यासलाग्दो ऋणबारे विभिन्न क्षेत्रबाट चासो व्यक्त भइरहेका समय चीनका राष्ट्रपति सी चिन फिङले यसबाट अफ्रिकालाई उद्धार गर्ने प्याकेजका रूपमा ६० अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहयोग दिने घोषणा गर्नुभएको छ । राष्ट्रपति सीले उक्त आर्थिक प्याकेजको घोषणा चीन–अफ्रिका सहकार्य (एफओसीएसी) शिखर सम्मेलनको मञ्चबाट घोषणा गर्नुभएको र सम्मेलनमा विभिन्न ५३ अफ्रिकी राष्ट्रहरूको सहभागिता रह...
खान पकाउने ग्यासमा मासिक ८० करोड घाटा

खान पकाउने ग्यासमा मासिक ८० करोड घाटा

काठमाडौँ, २० भदौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धि भएसँगै डलरको मूल्य बढेकाले त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा परेको हो । नेपाल आयल निगमलाई खाना पकाउने एलपी ग्यासमा मासिक ८० करोड रुपैयाँ घाटा छ । अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्य लगातार बढ्दै गएपछि निगमको घाटा बढेर ८० करोड रुपैयाँ पुगेको हो । निगमलाई ग्यासमा घाटा बढेर प्रतिसिलिन्डर ३ सय ३१ रुपैयाँ पुगेको छ । यसअघि २ सय ८०...
बलात्कारीलाई बाह्र वर्ष जेल

बलात्कारीलाई बाह्र वर्ष जेल

उदयपुर, २० भदौ । जिल्ला अदालतले पाँच वर्षीया बालिका बलात्कार आरोपमा एक युवकलाई १२ वर्ष जेल सजाय तोकेको छ । जिल्ला न्यायाधिश तीर्थराज केसीको एकल इजलासले मङ्गलबार त्रियुगा नगरपालिका– ३ मोतीगडाका १९ वर्षीय हेमबहादुर कार्कीलाई १२ वर्ष कैदसँगै रु ५० हजार जरिवानाको फैसला गरेको हो । बालिकाका अभिभावकले अभियुक्त कार्कीविरुद्ध २०७४ भदौ १९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । किटा...
केन्द्रबाट खारेज जिल्लाका कार्यालय प्रदेशले चलाउने

केन्द्रबाट खारेज जिल्लाका कार्यालय प्रदेशले चलाउने

काठमाडौँ, २० भदौ । सरकारले खारेज गरेका जिल्लास्थित विषयगत कार्यालयले अर्कै स्वरुपमा निरन्तरता पाउने भएका छन् । प्रदेश सरकार अन्तर्गत भौगोलोकि बनावटका आधारमा एकदेखि तीन जिल्ला हर्ने गरी कार्यालयले निरन्तरता पाउन लागेका हुन । फरक स्वरुप र भूमिकामा एकदेखि तीन जिल्ला हेर्ने गरी कृषि ज्ञान केन्द्र, तथ्याङ्क कार्यालय, डिभिजन वन कार्यालय, पशु स्वास्थ्य अस्पताल, पूर्वाधार विकास कार्यालय, शिक्षा विकास त...
कक्षा १ मा पढ्दै ७५ बर्षीया हजुर आमा

कक्षा १ मा पढ्दै ७५ बर्षीया हजुर आमा

खोटाङ , २० भदौ । खोटाङकी कोपिलासगढी गाउँपालिका ४ बाक्सिलाकी जुरीमाया राई उमेरले आराम गर्दै घरैमा बसरिहेको हुनुपर्ने हो । तर, ७५ बर्षीया उनको दिनचर्या स्कुल धाईरहेका स—साना विद्यार्थीको भन्दा फरक छैन । जुरीमाया किताबकापी बाकेर नातीनातिनी उमेरका बालबालिकासक्गै विद्यालय पुग्छिन् । पढेर उसैगरी घर फर्किन्छिन् । बाल्यकालमा पढ्न नपाएको धोको पुरा गर्न उनी बुढेसकालमा दिक्तेलस्थित सरस्वती माविमा गत साउन ६...
बलात्कारी जोगाउने एसपीलाई पनि जनसेवाश्री पदक !

बलात्कारी जोगाउने एसपीलाई पनि जनसेवाश्री पदक !

काठमाडौँ, २० भदौ । बलात्कारीलाई जोगाएको आरोपमा कारबाहीमा परेका नेपाल प्रहरीका एसपी विद्यानन्द माझीले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषण पाएका छन् । उनले प्रबल जनसेवाश्री विभूषण पाएका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी प्रमुखका रूपमा कार्यरत रहँदा आर्थिक चलखेलका आधारमा बलात्कार गर्ने समूहसँग मिलेर उनले पीडितलाई मिलापत्र गर्न दबाब दिएका थिए । गृह मन्त्रालयले निलम्बन गरी उ...
भारत लैजाँदै गरेको अवस्थामा दुई सय महिला तथा बालबालिको उद्धार

भारत लैजाँदै गरेको अवस्थामा दुई सय महिला तथा बालबालिको उद्धार

बैतडी, २० भदौ । पछिल्लो तीन वर्षमा नेपाल–भारत सिमानाका झुलाघाटबाट दुई सय १८ महिला तथा बालबालिकाको उद्धार गरिएको छ । विभिन्न बहानामा भारत लैजाँदै गरेको अवस्थामा महिला तथा बालबालिकाको उद्धार गरिएको सीमा प्रहरी चौकी झुलाघाटका इन्चार्ज, प्रहरी नायब निरीक्षक उमेशकुमार पालले जानकारी दिए। आर्थिक वर्ष २०७२ र ७३ मा २३ महिला तथा २७ बालबालिकासहित ६० जनाको उद्धार गरिएको थियो । आव २०७३ र ७४ मा २४ महिला र ४० ...
२०७५ भदौ २० गते बुधबार/आजको राशिफल

२०७५ भदौ २० गते बुधबार/आजको राशिफल

वि.सं. २०७५ साल भदौ २० गते। बुधबार। इश्वी सन् २०१८ सेप्टेम्बर ५ तारिख। नेपाल संवत् ११३८ गुँलागा। भाद्र कृष्णपक्ष। तिथि– दशमी, ११:२२ बजेउप्रान्त एकादशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुप...
कानेपोखरीमा नोबेलको शिविरबाट पाँच सय बिरामीको निःशुल्क उपचार (फोटो फिचरसहित)

कानेपोखरीमा नोबेलको शिविरबाट पाँच सय बिरामीको निःशुल्क उपचार (फोटो फिचरसहित)

विराटनगर, १९ भदौ । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले मंगलवार मोरङको कानेपोखरीमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट पाँच सय भन्दा बढी बिरामी लाभान्वित भएका छन् । ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँने उद्धेश्यले कानेपोखरी गाउँपालिका–६ रमाइलो मंगलवारेमा सञ्चालन गरिएको शिविरबाट ५ सय ७ जनाले निःशुल्क स्वास्थ्य उपचार सेवा पाएका हुन् । शिविरमा ८१ जनाको भिडियो ...
सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) सम्बन्धी विधेयक, २०७५ स्वीकृत

सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) सम्बन्धी विधेयक, २०७५ स्वीकृत

काठमाडौँ, १९ भदौ । राष्ट्रियसभाको आजको बैठकले ‘सार्वजनिक सुरक्षा ९तेस्रो संशोधन विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्तुत गर्नुभएको सो प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।
कर्मचारी समायोजन पुस मसान्तसम्ममा

कर्मचारी समायोजन पुस मसान्तसम्ममा

काठमाडौँ, १९ भदौ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती प्रशासनलाई राष्ट्रप्रति समर्पित, सक्षम र जनताप्रति उत्तरदायी बनाउन नियन्तर प्रयास भइरहेको बताउनुभएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उहाँले निजामति प्रशासनको क्षमतामाथि प्रश्न नभए पनि कार्य क्षमताको उचित प्रयोग र सुशासनको पाटोबाट प्रशस्तै आलोचना हुने गरेको उल्लेख गर्नुभयो । सङ्घीयताको अभ्यास ...
जापानमा २५ वर्षपछिकै शक्तिशाली आँधी, सतर्क रहन आह्वान

जापानमा २५ वर्षपछिकै शक्तिशाली आँधी, सतर्क रहन आह्वान

टोकियो, १९ भदौ । जापानमा गएको करिब २५ वर्षपछिकै ठूलो आँधी आएको छ । सो आँधीका कारण जापानमा ठूलो क्षति पुगेको बताइएको छ । ‘जेबी’ नाम दिइएको सो आँधी प्रतिघन्टा २१६ किलोमिटरको गतिमा आएको मौसमविद्हरुले जनाएका छन् । ठूलो वर्षात्सहितको आँधीको प्रकोपका कारण पश्चिमी जापानका कतिपय ठाउँमा पहिरो पनि गएको सरकारी अधिकारीले जनाएका छन् । यसको प्रकोपले लाखौँ मानिस प्रभावित भएको अनुमान गरिएको छ । तर पनि अहिले...
अर्थमन्त्रीद्वारा भद्रपुर भन्सार कार्यालयको उद्घाटन

अर्थमन्त्रीद्वारा भद्रपुर भन्सार कार्यालयको उद्घाटन

भद्रपुर, १९ भदौ । अर्थमन्त्री डा.  युवराज खतिवडाले भद्रपुर नाकालाई अन्तर्राष्ट्रिय व्यापारको नाका बनाउन सकिने बताएका छन् । आज भद्रपुर भन्सार कार्यालयको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले वस्तु व्यापार मात्र नभई तेस्रो मुलुकसँग बिजुलीको व्यापार गरेर अन्तर्राष्ट्रियस्तरको नाका बनाउन सकिने बताएका हुन। बङ्गलादेशसँग नेपालको विद्युत् व्यापार सम्झौता भइसकेको बताउँदै उनले भने, “नेपालसँग विद्युत् किन्न...
नेपालको क्षेत्रीय कूटनीतिमा थप प्रभावकारिता वृद्धि: प्रधानमन्त्री ओली

नेपालको क्षेत्रीय कूटनीतिमा थप प्रभावकारिता वृद्धि: प्रधानमन्त्री ओली

काठमाडौँ, १९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले क्षेत्रीय सङ्गठनको प्रभावकारी गतिविधिबाट एकार्का राष्ट्रबीच भावनात्मक सम्बन्धको विकास, समस्या समाधानमा एकताको जागृति र सामूहिक काममा सहकार्यको भावना कायम भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिँदै काठमाडौँमा चौथो बिम्स्टेक शिखर सम्मेलन समापनपछि म्यानमा र श्रीलङ्काका राष्ट्रपति तथा भारतका प्...
बिपीलाई ‘नेपालरत्न’, शेरचनलाई ‘महाउज्ज्वल राष्ट्रदीप’

बिपीलाई ‘नेपालरत्न’, शेरचनलाई ‘महाउज्ज्वल राष्ट्रदीप’

काठमाडौँ, १९ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउनुभएका विभिन्न व्यक्तित्वलाई आज विभिन्न विभूषण एवं मानपदवीबाट विभूषित गर्नुभएको छ । गत वर्ष २०७४ को गणतन्त्र दिवसका दिन घोषणा भएका विभिन्न दश प्रकारका मानपदवी ३४५ जनालाई आज प्रदान गरिएको हो । राष्ट्रपति कार्यालय शीतल निवासमा आज गृह मन्त्रालयद्वारा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले ती व्यक्...
नेपाल हङकङसँग ३ विकेटले पराजित

नेपाल हङकङसँग ३ विकेटले पराजित

काठमाडौँ, १९ भदौ ।  मलेसियामा जारी एशिया कप छनोट क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा मङ्गलबार हङकङबिरुद्ध  ३ विकेटले पराजित भए सगै नेपालको एशिया कप खेल्ने  सपना चकनाचुर भएको छ । राजधानी क्वालालम्पुरस्थित वाङ्गी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले हङकङसामु ९६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रेको हङकङले ३२ दशमलव तीन ओभरमा सात विके...
एसियाली पूँजी बजार ओरालो, लगानीकर्ताहरु हतोत्साहित

एसियाली पूँजी बजार ओरालो, लगानीकर्ताहरु हतोत्साहित

सिंगापुर, १९ भदौ । अमेरिकामा श्रम दिवसको अवसरमा भएको बिदा र चिनीया उत्पादनमा भएको कमीका कारण एसियाका प्रमुख सेयरबजारमा मङ्गलबार मन्दी देखिएको छ । जापानको निक्कीमा मङ्गलबार ०.१ प्रतिशतले कमी आई २२,६९७ अङ्कमा रोकिएको छ । त्यस्तै, हङकङको हाङसेङ पनि ०.१ प्रतिशतले घटेर २७,७०१ मा बन्द भयो भने शाङ्घाईको शाङ्घाई कम्पोजिट सूचकमा ०.१ प्रतिशतले कमी भई ३,७१८ मा बन्द भयो । अस्ट्रेलियाको एसएन्डपी२०० मा ०.४ ...
साफ च्याम्पियनसिप: पाकिस्तानविरुद्ध नेपालको प्रतिस्पर्धा

साफ च्याम्पियनसिप: पाकिस्तानविरुद्ध नेपालको प्रतिस्पर्धा

काठमाडौँ, १९ भदौ । साफ च्याम्पियनसिप फुटबलको १२ औँ संस्करण आजदेखि बङ्गलादेशको ढाकामा शुरु हुँदैछ । नेपालले दुई वर्षअघि ‘बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप’को उपाधि जितेको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा पाकिस्तानविरुद्ध आज प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो ३ः४५ बजे शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । दुवै टोली अहिलेसम्म साफमा उपाधिविहीन छन् । साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध ...
error: Content is protected !!