नेकपा नेता ऋषिराम ढुंगानालाई मातृशोक

नेकपा नेता ऋषिराम ढुंगानालाई मातृशोक

धनकुटा, ३१ भदौ । नेपाल कम्युनिष्ट पार्टी धनकुटाका नेता ऋषिराम ढुंगानालाई मातृशोक परेको छ । आमा यज्ञकुमारीको ७६ बर्षको उमेरमा गएराति निधन भएपछि नेता ढुंगानालाई मातृशोक परेको हो । निमोनिया भएपछि केहि दिन अघि उनलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको थियो । निमोनियाको औषधि सेवन गर्दै आएकी ढुंगानाको गएराति १२ः४४ बजे धनकुटा–६ कचिडे स्थित घरमा निधन भएको परिवारस्र...
बिहान विद्यार्थी, दिउँसो सफारी चालक

बिहान विद्यार्थी, दिउँसो सफारी चालक

माेरङ, ३१ भदौ । रीता कार्की १४ वर्षकी भइन् । मोरङको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्ग हो घर । नजिकैको लक्ष्मी माविमा कक्षा ९ मा पढ्छिन् । बिहान स्कुल जाने उनी दिनभरि सिटी सफारीको हेन्डिल घुमाउँदै यात्रु ओसार्छिन् । भन्छिन्, ‘पढाइ र परिवारको खर्च जुटाउन सिटी सफारी चलाउँछु ।’ घरछेउकै स्कुलमा बिहान ११ बजेसम्म पढेर फर्किएपछि सफारी चालकमा उनको भूमिका फेरिन्छ । पारिवारिक आर्थिक अवस्था कमजोर छ । सफार...
दसैंमा पाँच अर्बको खसीबोका आयात गरिने

दसैंमा पाँच अर्बको खसीबोका आयात गरिने

काठमाडौँ, ३१ भदौ । दसैंमा ५ अर्ब बढीको खसीबोका आयात हुने भएको छ । स्वदेशमा उत्पादित खसीबोकाले माग धान्न नसकेपछि सो परिमाणमा खसीबोका आयत गरिन लागिएको हो । खसीबोका व्यवसायी दीपक थापाले ५ अर्ब बढीको खसी आयात गरिने बताए । गत वर्षको दसैंमा ४ अर्ब मूल्यबराबरको खसीबोका आयात भएको थियो । वर्षपिच्छे बजारमा माग बढ्दै जाने हुँदा आयात पनि बढ्दै जाने गरेको उनको भनाइ छ । दसैंका लागि खसीबोका १ असोजबाट ल्याउने ...
नागढुंगा सुरुङमार्ग बनाउन ३५ कम्पनी इच्छुक, चिनियाँ कम्पनी मात्रै २० वटा

नागढुंगा सुरुङमार्ग बनाउन ३५ कम्पनी इच्छुक, चिनियाँ कम्पनी मात्रै २० वटा

काठमाडौँ, ३१ भदौ । नागढुंगामा बढ्दो सवारी चापलाई कम गर्न, सवारी दुर्घटनालाई कमी ल्याउनेलगायतका उद्देश्यले निर्माण गर्न लागिएको नागढुंगा सुरुङ मार्गको निर्माणका लागि सडक विभागले एक महिनाअघि ग्लोबल टेन्डर आह्वान गरिसकेको छ । अगस्ट १० मा आह्वान भएको टेन्डरको अवधि अक्टोबर १० सम्म तोकिएको छ । टेन्डर आह्वान भएको १ महिनामा मात्रै ३५ निर्माण कम्पनीले इच्छा देखाएको विभागले जनाएको छ । इच्छा देखाएका ३५ न...
तलब काटिने नयाँ व्यवस्थासँग कर्मचारी असन्तुष्ट

तलब काटिने नयाँ व्यवस्थासँग कर्मचारी असन्तुष्ट

काठमाडौँ, ३१ भदौ । गत साउन १ गतेबाट नियुक्त हुने सबै राष्ट्रसेवकका लागि योगदानमा आधारित ‘योगदानमूलक निवृत्तिभरण प्रणाली’ अनिवार्य रुपमा लागू गरिने भएपछि कर्मचारी विभाजित भएका छन् । अहिले तलबको १० प्रतिशत सञ्चय कोष काटिँदै आएको छ । सरकारको तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा नै यो उल्लेख गर्नुभएको थियो । राष्ट्रसेवकलाई हरेक वर्ष सरकारले पूर्णरुपमा निवृत्तिभरण उप...
निर्मला हत्या प्रकरण : ५२ दिनसम्म पाइएन न्याय, देशभर विरोध प्रदर्शन जारी

निर्मला हत्या प्रकरण : ५२ दिनसम्म पाइएन न्याय, देशभर विरोध प्रदर्शन जारी

काठमाडौँ, ३१ भदौ । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ५२ दिन पुगेको छ । तर, अहिलेसम्म निर्मलाको हत्या कसले गरेको हो भन्ने पुष्टि हुन नसक्दा घटना थप उग्र बन्दै गएको छ । निर्मलाको हत्यामा उच्चस्तरीय अनुसन्धान कमिटीले प्रहरीको लापरबाही भएको निष्कर्ष निकालेपछि र अभिभावकले पनि प्रहरीले प्रमाण नष्ट गरेको आरोप लगाएपछि घटनाले नयाँ रुप लिएको हो । गत साउन ११ गते उक्त नगरपालिकाको वडा...
फेरि कञ्चनपुरमै दुई बालिका बलात्कृत

फेरि कञ्चनपुरमै दुई बालिका बलात्कृत

कञ्चनपुर, ३१ भदौ । बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानले टुंगो पाएकै छैन । कञ्चनपुरमै बलात्कारको अर्को घटना सार्वजनिक भएको छ । बेल्डाँडी गाउँपालिकाका दुई जना बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । दुई साताअघि बलात्कार गरेको भन्दै बालिकाका आफन्तले उजुरी गरेपछि प्रहरीले शनिबार बेल्डाँडी–२ का ५७ वर्षीय राजेन्द्र विष्टलाई पक्राउ गरेको हो । ‘परिवारले दुईवटै बाल...
२०७५ भदौ ३१ गते आइतबार/आजको राशिफल

२०७५ भदौ ३१ गते आइतबार/आजको राशिफल

वि.सं. २०७५ साल भदौ ३१ गते। आइतबार। इश्वी सन् २०१८ सेप्टेम्बर १६ तारिख। नेपाल संवत् ११३८ ञलाथ्व। भाद्र शुक्लपक्ष। तिथि– सप्तमी, १८:२० बजेउप्रान्त अष्टमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) जिम्मेवारीले व्यस्त बनाउनेछ तर शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। आकस्मिक समस्याले चिताएको काम रोकिनेछ भने मनमा निराशा छाउनेछ। गोपनीयता बाहिरिनाले पनि...
सर्लाहीमा बस दुर्घटना: दुईको मृत्यु, २३ घाइते

सर्लाहीमा बस दुर्घटना: दुईको मृत्यु, २३ घाइते

सर्लाही, ३० भदौ । सर्लाही ब्रह्मपुरी गाउँपालिकामा आज साँझ भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । मृत्यु हुनेमा ईश्वरपुर नपा–९ का २६ वर्षीया नथुनी राय यादव र सोहि स्थानका १९ वर्षीया अञ्जु साह रहेको प्रहरीले जनाएको छ । ब्रह्मपुरी गाउँपालिकाको त्रिभुवननगरबाट ईश्वरपुर जाँदै गरेको ना२ख ८००३ नंको बस ब्रह्मपुरी–१ महदेवा पोखरीनजीक साँझ ५ः३० बजे दुर्घटना भएको थियो । दुर...
साफ च्याम्पियनसिपको उपाधि माल्दिभ्सलाई

साफ च्याम्पियनसिपको उपाधि माल्दिभ्सलाई

काठमाडौँ, ३० भदौ । बाह्रौँ साफ च्याम्पियनसिपको उपाधि माल्दिभ्सले जितेको छ । बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा आज भएको फाइलनमा भारतलाई २–१ गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले उपाधि जितेको हो । सेमिफाइनलमा पाकिस्तानलाई ३–१ गोलले पराजित गर्दै भारत फाइनल पुगेको थियो । यस्तै माल्दिभ्सले सेमिफाइनलमा नेपाललाई ३–० ले हराएको थियो । दुवै टोली समूह चरणमा समूह ‘बी’ मा रहेका थिए । समूह चरणमा भार...
५० लाख नेपाली रकमसहित दुई चिनियाँ नागरिक पक्राउ

५० लाख नेपाली रकमसहित दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौँ, ३० भदौ । महानगरीय अपराध महाशाखाले रु ५० लाख नेपाली रकमसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महाशाखाको टोलीले अवैधरुपमा रकम बोकेर हिँडिरहेको अवस्थामा गेसनगेनामु र जिया टालाई शुक्रबार ज्याठा ठमेलबाट पक्राउ गरेको हो । महाशाखाका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले स्रोत नखुलेको रकम अवैधरुपमा बोकेर हिँडिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिए। बरामद रकमसहित दुबैजना...
निजगढ विमानस्थललाई ‘ग्रिनरी एयरपोर्ट’ बनाइने

निजगढ विमानस्थललाई ‘ग्रिनरी एयरपोर्ट’ बनाइने

काठमाडौँ, ३० भदौ । सरकारले निजगढ विमानस्थलाई ‘ग्रिनरी एयरपोर्ट’ बनाउने र बढीभन्दा बढी वातावरण संरक्षणमा ध्यान दिने भएको छ । विमानस्थल निर्माणको नाममा वातावरणको विनाश गर्न लागिएको र त्यसले जैविक विविधताको समेत प्रतिकूल हुने भन्दै आलोचना हुन थालेपछि सरकारको उक्त धारणा सार्वजनिक भएको हो । वार्षिक छ करोड यात्रुको चाप धान्ने गरी विमानस्थल निर्माण गर्न लागिएको र एशिया प्रशान्त क्षेत्रको ‘हव’ विमानस्...
प्रदेश सरकारमा धेरै जटिलता: मन्त्री घिमिरे

प्रदेश सरकारमा धेरै जटिलता: मन्त्री घिमिरे

धनकुटा, ३० भदौ । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकार सञ्चालन गर्नु नयाँ अभ्यास भएकाले यसको ब्यवस्थापन लगायत बिषयमा धेरै जटिलता देखिएको बताएका छन् । धनकुटामा शनिवार गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालयको सातौं वार्षिक साधारणसभा, श्रष्टा सम्मान, स्मारिका विमोचन एवं काव्य गोष्ठी उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै मन्त्री घिमिरेले यस्तो बताएका हुन् । तीन तहको सरकारको ...
पन्त हत्याबारे प्रारम्भिक प्रतिवेदन गृहमन्त्रीसमक्ष पेश

पन्त हत्याबारे प्रारम्भिक प्रतिवेदन गृहमन्त्रीसमक्ष पेश

काठमाडौँ, ३० भदौ । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय निर्मला पन्तको हत्याको प्रारम्भिक प्रतिवेदन गृहमन्त्री रामबहादुर थापासमक्ष पेश गरिएको छ । हत्या र त्यसपछि विकसित घटनाका सम्बन्धमा विस्तृत अध्ययन तथा छानबिन गरी प्रतिवेदन पेश गर्न गृह मन्त्रालयबाट सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठन भएको उच्चस्तरीय छानबिन समितिले आज गृहमन्त्रीलाई प्रारम्भिक प्रतिवेदन पेश गरेको हो । प्रतिवेदनले हत्यापछि...
तपस्वी रामबहादुर बम्जनमाथि बलात्कारको आरोप

तपस्वी रामबहादुर बम्जनमाथि बलात्कारको आरोप

काठमाडौँ, ३० भदौ । बाराको जंगलमा तपस्या बसेर चर्चामा आएका रामबहादुर बम्जनमाथि बलात्कारको आरोप लागेको छ । महिला अधिकारकर्मीहरुको सहयोगमा शनिबार ललितपुरमा पत्रकार सम्मेलन गरी १८ वर्षीया एक युवतीले आफूलाई धर्मगुरु बम्जनले पटक पटक बलात्कार गरेको बताएकी हुन् । बम्जनले बलात्कार गरेको भनिएकी किशोरी आनी हुन् । धर्मगुरु बम्जनको गुम्बामा उनी आनी बन्न गएकी थिइन । पत्रकार सम्मेलनमा बोल्दै ती किशोरीले २ वर्...
पद्मरत्न तुलाधरलाई नागरिक अभिनन्दन

पद्मरत्न तुलाधरलाई नागरिक अभिनन्दन

काठमाडौँ, ३० भदौ । वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपालको शान्ति प्रक्रियाका एक सहजकर्ता पद्मरत्न तुलाधरलाई अभिनन्दन गर्नुभएको छ । यहाँ आज आयोजित कार्यक्रमा जोशीले उहाँलाई भगवान् बुद्धको मूर्ति प्रदान गर्नाका साथै उहाँको सम्मानमा ‘झी पद्मरत्न अभिनन्दन ग्रन्थ’ नामक पुस्तक पनि विमोचन गर्नुभयो । तत्कालीन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताको भूमिका निर्वाह गर्नुभएका वामपन्थी नेता ...
ट्याङ्कर चालक र हेल्परको तलब वृद्धिको माग

ट्याङ्कर चालक र हेल्परको तलब वृद्धिको माग

काठमाडौँ, ३० भदौ । नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले चालक र हेल्परको तलब वृद्धि नगरेको भन्दै आइतबार सबै ट्याङ्करको साँचो नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घलाई बुझाउने भएको छ । नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घका अध्यक्ष ईश्वर लामाले आज एक विज्ञप्ति जारी गरी भदौ ३ गते श्रमिकका सेवा सुविधाका बारेमा १८ बुँदे मागपत्र राखेर नेपाल आयल निगम र ढुवानी व्यवसायी महासङ्घलाई ज्ञापनपत्र बुझाउँदा पन...
‘ग्रासरुट’ फुटबल कार्यक्रम ४५ जिल्लामा शुरु

‘ग्रासरुट’ फुटबल कार्यक्रम ४५ जिल्लामा शुरु

काठमाडौँ, ३० भदौ । तल्लो तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले आजदेखि ४५ जिल्लामा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु भएको छ अखिल नेपाल फुटबल सङ्घ एन्फाको सहयोगमा शुरु गरिएको सो कार्यक्रममा ६ देखि १३ वर्षसम्मका बालबालिका सहभागी हुने एन्फा प्रवक्ता किरण राईले जानकारी दिए । ‘ग्रासरुट’ फुटबल कार्यक्रमअन्तर्गत खेलाडीले खेल्ने फुटबल नियम लागू हुँदैन । बालबालिकालाई मनोरञ्जनात्मक तरिकाले फुटबल खेल...
अन्तराष्ट्रिय लोकतन्त्र दिवस: विश्वमा लोकतन्त्रको अवस्था

अन्तराष्ट्रिय लोकतन्त्र दिवस: विश्वमा लोकतन्त्रको अवस्था

काठमाडौँ ३० भदौ । संयुक्त राष्ट्रसंघले सन् २००७ को महासभामार्फत् हरेक बर्षको सेप्टेम्बर १५ तारिखलाई अन्तराष्ट्रिय लोकतन्त्र दिवसका रुपमा मनाउने निर्णय गरेपछि अहिले विश्वभरी यो दिवस मनाउन थालिएको छ । पर्याप्त प्रचारप्रसार नभएर हो वा हरेक मुलुकको आफ्नो देशमा लोकतन्त्र आएको दिनलाई लोकतन्त्र दिवसका अवसरमा मनाउने गरेर हो अन्य दिवस जस्तो प्राथमिकतामा भने यो दिवस परेको देखिएको छैन । साथै यो दिवस बनाउन...
सन्दर्भः संविधान दिवस-ऐन कानूनको अभावमा संविधान कार्यान्वयनले गति लिन सकेन

सन्दर्भः संविधान दिवस-ऐन कानूनको अभावमा संविधान कार्यान्वयनले गति लिन सकेन

पोखरा, ३० भदौ । नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट निर्मित संविधानको कार्यान्वयन यतिखेर चासो र चर्चाको विषय बनेको छ । संविधानसभाबाट नेपालको संविधान औपचारिकरुपमा २०७२ असोज ३ गते घोषणा भएको भन्दै प्रत्येक वर्षको असोज ३ गतेलाई राष्ट्रिय पर्वकै रुपमा संविधान दिवस मनाउने गरिएको छ । नेपालको संवैधानिक इतिहासमा पहिलो संविधान नेपाल सरकार वैधानिक कानून, २००४ घोषणा भएयता वर्त...
स्वाइन फ्लु र हङकङ फ्लुग्रस्त कञ्चनरुपलाई विपद् क्षेत्र घोषणा

स्वाइन फ्लु र हङकङ फ्लुग्रस्त कञ्चनरुपलाई विपद् क्षेत्र घोषणा

राजविराज, ३० भदौ । प्रकोप नियन्त्रण नहुन्जेलसम्मका लागि सप्तरीको कञ्चनरुप नगरपालिका क्षेत्रलाई विपद् क्षेत्र घोषणा गरिएको छ । जिल्ला दैवी प्रकोप उद्धार समिति सप्तरीको आकस्मिक बैठकले स्वास्थ्य सेवा विभागको इपिडीमियोलोजी तथा महामारी रोग नियन्त्रण शाखाको टोलीले बिरामीको ¥याल परीक्षण गरी उनीहरूमा स्वाइन फ्लु र हङकङ फ्लु भएको पुष्टि गरेपछि कञ्चनरुप नगरपालिकालाई विपद् क्षेत्र घोषणा गरिएको नगरपालिका प्र...
नेकपाका अध्यक्ष प्रचण्ड अाज चीन जाँदै

नेकपाका अध्यक्ष प्रचण्ड अाज चीन जाँदै

काठमाडौँ, ३० भदौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड ) चीन भ्रमणका लागि अाज प्रस्थान गर्दै छन् । चीनमा राखिएको ‘विश्व शान्ति दिवस’ कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्न प्रचण्ड जान लागेका हुन् । प्रचण्डको यसअघि सेप्टेम्बर १७ मा चीन जाने तय भएपनि उनि शनिवार नै चीन जान लागेका हुन् । पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष प्रचण्डको चीन भ्रमण निजी भ्रमण भए...
बलात्कारीको आँखा फुटाउने तालिम दिँदै प्रहरी

बलात्कारीको आँखा फुटाउने तालिम दिँदै प्रहरी

कञ्चनपुर, ३० भदौ । बलात्कारका घटनाको अनुसन्धानमा संवेदनशील नभएको आरोप खेपिरहेको नेपाल प्रहरीले बलात्कारीविरुद्ध देशव्यापी रूपमा तालिम दिने तयारी गरेकोछ । तालिममा बलात्कारीको आँखा फुटाउनेसम्मको ‘कोर्स’ समावेश छ । रोकथामका लागि पहल नगरेको आलोचनापछि प्रहरीले नयाँ अभियान सुरु गर्न लागको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । हाल दैनिक औसत तीनवटा बलात्कारका उजुरी प्रहरीमा दर्ता हुन्छन्। गत आर्थिक वर्...
रोकियो सरकारी खर्चमा विदेशी उपचार

रोकियो सरकारी खर्चमा विदेशी उपचार

काठमाडौँ, ३० भदौ । सरकारी खर्चमा विदेशमा उपचार गर्न जान नपाउने व्यवस्थासहितको जनस्वास्थ्य विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिबाट आएको प्रतिवेदनलाई प्रतिनिधिसभाले पारित गरेको हो । सो विधेयक राष्ट्रिय सभाबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भई राजपत्रमा सूचना प्रकाशित भएपछि ऐनको रूप लिई लागू हुनेछ । विधेयकमा प्रचलित कानुनमा जे लेखिएको भए पनि कुनै पनि व्यक्तिल...
पार्टीपिच्छे संगठन खोल्न पाउनुपर्ने कर्मचारीको माग

पार्टीपिच्छे संगठन खोल्न पाउनुपर्ने कर्मचारीको माग

काठमाडौँ, ३० भदौ । विभिन्न कर्मचारी संगठनले पार्टीपिच्छे कर्मचारी संगठन खोल्न पाउनुपर्ने माग गर्दै प्रस्तावित संघीय निजामती सेवाको मस्यौदा विधेयकको विरोध गरेका छन् । हालै प्रस्तावित मस्यौदा विधेयकमा राखिएको एकल ट्रेड युनियनको प्रावधानप्रति असन्तुष्टी जनाउ“दै उनीहरूले कडा विरोध गरेका हुन् । स्मरणीय छ, विद्यमान निजामती ऐनअनुसार पार्टीपिच्छे टे«ड युनियन खोल्न पाइन्छ भने प्रस्तावित मस्यौदामा एकल ट्र...
सरकारलाई कारबाही गर्ने सर्वोच्च अदालतको कडा चेतावनी

सरकारलाई कारबाही गर्ने सर्वोच्च अदालतको कडा चेतावनी

काठमाडौँ, ३० भदौ । आफुले दिएको आदेश पटक पटक उल्लघन गरेको भन्दै सर्बोच्च अदालतले सरकारलाई कारवाही गर्ने कडा चेतावनी दिएको छ । सर्वोच्च अदालतले सरकारलाई संविधानको धारा १२८(४) अनुसार आफ्नो आदेश अवहेलना गरेकाले कारबाही गर्ने चेतावनी दिएको हो । संविधानको धारा १२८ को उपधारा ४ मा ‘अदालतको आदेश वा फैसला अवज्ञा गरेमा कानुन बमोजिम अवहेलनामा कारबाही चलाई सजाय गर्न सक्ने’ उल्लेख छ । सर्वोच्च अदालतले चारपटक...
२०७५ भदौ ३० गते शनिबार/आजको राशिफल

२०७५ भदौ ३० गते शनिबार/आजको राशिफल

वि.सं. २०७५ साल भदौ ३० गते। शनिबार। इश्वी सन् २०१८ सेप्टेम्बर १५ तारिख। नेपाल संवत् ११३८ ञलाथ्व। भाद्र शुक्लपक्ष। तिथि– षष्ठी, १७:४० बजेउप्रान्त सप्तमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) सामान्य काममा धन र श्रम खर्चनुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। गोपनीयता बाहिरिनाले अप्ठ्यारो पर्न सक्...
पहिरोमा परेका दुई जनाको मृत्यु

पहिरोमा परेका दुई जनाको मृत्यु

लमजुङ, २८ भदौ । मस्र्याङ्दी गाउँपालिका–३ खुदी पल्लोटारीमा पहिरोमा परेका दुई जनाको मृत्यु भएको छ । पहिरोमा पुरिका एर एकै परिवारका ६० वर्षीया अभिरुपा थापा र १० वर्षीय सिरक थापालाई उद्धार गरेर उपचार गराउने क्रममा उनीहरूको मृत्यु भएको हो । वर्षाका कारण ठाउँ–ठाउँमा सडक अवरोध हुँदा उनीहरुलाई थप उपचारका लागि सदरमुकामसम्म पनि ल्याउन सकिएको थिएन । पहिरो चलेपछि घर छोडेर भाग्दाभाग्दै उनीहरू पुरिएका थिए ।...
उदयपुरको कटारी अस्पतालमा चिकित्सक अभाव हुँदा उपचारमा समस्या

उदयपुरको कटारी अस्पतालमा चिकित्सक अभाव हुँदा उपचारमा समस्या

गाईघाट, उदयपुर, २८ भदौ । जिल्लाको पश्चिम क्षेत्र कटारी बजारमा अवस्थित कटारी अस्पतालका तीन चिकित्सक एकैचोटी अन्यत्र हिँडेपछि अहिले अस्पतालमा आउने बिरामीको उपचारमा समस्या भएको छ । दैनिक ५० देखि १०० को हाराहारीमा उपचारका लागि कटारी अस्पतालमा चिकित्सकलाई दिनभर कुरेर बस्नुपर्ने नत्र अन्यत्र निजी क्लिनिक जान बाध्य हुनुपरेको बिरामीका आफन्त बताउँछन् । कटारी–८ सिरीसेका रामप्रसाद पौडेल भन्नुहुन्छ, “एक म...
विशेष अभियानबाट ३ सय ३७ ट्याक्सी परे कारबाहीमा

विशेष अभियानबाट ३ सय ३७ ट्याक्सी परे कारबाहीमा

काठमाडौँ, २८ भदौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चलाएको विशेष अभियानअन्तर्गत ३३७ ट्याक्सी कारबाहीमा परेका छन् । भनेको स्थानमा जान नमान्ने, तोकिएको भन्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने र मिटर बिगार्नेलगायत कार्य गर्ने ट्याक्सी चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो । महाशाखाले यही भदौ २१ गतेदेखि उक्त अभियान सञ्चालन गर्दै आएकोे छ । भदौ २१ मा ७१, २२ मा ६१, २३ मा ५१, २४ मा ४०, २५ मा ४१, ...
पूर्वी पहाडी जिल्लामा विद्युत् सेवा अवरुद्ध

पूर्वी पहाडी जिल्लामा विद्युत् सेवा अवरुद्ध

पशुपतिनगर, २८ भदौ । केन्द्रीय विद्युत् प्रसारण लाइनमा समस्या आएपछि पूर्वी पहाडी जिल्लामा २४ घण्टादेखि विद्युत् सेवा ठप्प भएको छ । नेपाल विद्युत् प्राधिकरणका दुई प्रसारण लाइनको तार चुँडिएपछि इलाम, पाँचथर र ताप्लेजुङमा विद्युत् सेवा ठप्प भएको हो । इलामको रोङ गाउँपालिकास्थित किटेनीमा चार दिनअघि गएको पहिरोका कारण झापाको विर्तामोडदेखि ताप्लेजुङ जोड्ने ३३ केभीको विद्युतीय लाइनको चार पोलमा क्षति पुगेक...
error: Content is protected !!