तेस्रो चरणको चुनाव सुरक्षाका लागि भारतको सितामाडी र मधुवनी जिल्लासँग जोडिएका महोत्तरीका सीमा तीन दिन बन्द
महोत्तरी, १ अशोज । स्थानीय तह तेस्रो चरणको चुनाव सुरक्षाका लागि भारतको सितामाडी र मधुवनी जिल्लासँग जोडिएका महोत्तरीका सीमा बन्द गरिएको छ ।
दुवै देशका सुरक्षा निकायसँगको समन्वयमा ७२ घण्टा (तीन दिन) का लागि सीमा नाका बन्द गरिएको जानकारी प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले दिए।
महोत्तरीका १५ स्थानीय निकायमध्ये पाँचवटाको सीमा भारतसँग जोडिएको छ । मटिहानी, जलेश्वर, मनरासिस्वा नगरपालिका तथा सम्सी...